गेलको विस्फोटक शतक बाबजुद जमैका पराजित, २४२ रन पछ्याउदै सेन्ट किट्सको शानदार जित

क्रिस गेलको शतक बाबजुद करेबियन प्रिमीयर लिग अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा जमैका तल्लावाहलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सले ४ विकेटले पराजित गरेको छ।

हाइस्कोरिंग खेलमा जमैकाले दिएको २४२ रनको विशाल लक्ष्य सेन्ट किट्सले १८.५ ओभरमा पुरा गर्दै उत्कृस्ट जित निकाल्यो। तेश्रो खेल खेल्दा सेन्ट किट्सको यो पहिलो जित हो भने जमैकाले खेलेको दुवै खेलमा हार बेहोरेको छ।

अंकतालिका 

सेन्ट किट्सको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा जमैकाले क्रिस गेलको २२ औं टि-२० शतक पुरा गर्ने क्रममा विस्फोटक ११६ रन र चण्डिक वाल्टनको ७३ रनको मद्दतमा ४ विकेट गुमाएर २४१ रन बनाएको थियो। गेल र वाल्टनले दोश्रो विकेटको लागि मात्र ७८ बलमा १६२ रनको साझेदारी गरे। गेलले ६२ बलमा ७ चौका र १० छक्का तथा वाल्टनले ३६ बलमा ३ चौका र ८ छक्का प्रहार गरे।

बलिंगतर्फ प्यट्रियट्सका अल्जारी जोसेफले समान २/२ विकेट लिए।

जवाफमा उत्कृस्ट ओपनिंग साझेदारीले प्रेरित पेट्रिएट्सले मात्र १८.५ ओभरमै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

ओपनर डेभोन थोमसले सर्वाधिक ७१ र एभिन लुइसले ५३ रन बनाउदै जितको आधार तयार गरे। दुवैले पहिलो विकेटको लागि ५.३ ओभरमा ८५ रनको साझेदारी गरे। थोमसले ४० बलमा ८ चौका र ३ छक्का तथा लुइसले १८ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। थोमसले १७ बलमा अर्धशतक पुरा गर्दै करेबियन प्रिमियर लिगको छिटो शतक प्रहार गर्ने रेकर्ड समेत बनाए।

थोमसले दोश्रो विकेटको लागि लौरी इभान्ससंग ७६ रनको साझेदारी गरे। इभान्सले २० बलमा ४ चक्का र २ चौका प्रहार गरे।

ओसेन थोमसले १४ औं ओभरमा कार्लोस ब्राथवेट र जेसन मोहम्मदलाई आउट गर्दै खेलमा जमैकालाई फर्काउने प्रयास गरेका थिए। तर फाबीयन एलेन र शम्राह ब्रुक्सले आक्रामक ब्याटिंग गर्दै टिमलाई जित दिलाए। ब्रुक्सले १५ बलमा २७ तथा एलेनले अविजित ३७ रन बनाउन १५ बलमा २ छक्का र ५ चौका मदतले ३७ रन बनाए। फलस्वरूप ७ बल बाँकी छदै सेन्ट किट्सले खेल जित्यो।

जमैकाको लागि ओशेन थोमसले ४ तथा आन्द्रे रसेलले २ विकेट लिए।

Devon Thomas

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy