‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट

किंग्स-११ पन्जाबको आईपीएल २०२० सुरुवात बिर्सनलायक छ। ५ खेल खेल्दा केएल राहुल कप्तानीको टिम ४ वटा खेलमा पराजित भैसकेको छ। केएल राहुल र मायाँक अग्रवालले टिमको लागि ओपनिंग गर्दै राम्रो सुरुवात दिलाइरहेका छन् र प्रशस्त रन पनि बनाएका छन्। दुई खेलाडी फर्ममा रहंदा पन्जाबले अझै सम्म ‘युनिभर्स बोस’ क्रिस गेललाई खेल्ने मौका दिएको छैन। गेलको खेल हेर्न आतुर फ्यानहरु कहिले विस्फोटक ब्याट्सम्यानले मौका पाउनेछन् पर्खीरहेका छन्। फ्यानहरुमा गेलले मौका नै नपाउने हो कि भन्ने चिन्ता पनि पलाएको छ।

किंग्स-११ पन्जाबका ब्याटिंग प्रशिक्षक तथा पूर्व भारतीय क्रिकेटर वासिम जाफरलाई गेल बारे सोध्दा गेल र अफगानिस्तान अफ स्पिनर मुजिब उर् रहमानले अन्तिम-११ मा छिट्टै मौका पाउने बताएका छन्।

“यो चाडै सम्भव हुनसक्छ। यो कुरा ढिलो हुनु भन्दा छिट्टै भएको राम्रो। हामि उनीहरुलाई त्यस्तो अवस्थामा ल्याउन चाहदैनौ जब सबै खेल जित्ने पर्ने दबाब हुन्छ। आशा गर्छु, दुवै क्रिकेटरले छिट्टै खेल्नेछन्।” जाफरले पिटीआईलाई बताए।

गेल खेल्नको लागि तयार रहेको र राम्रो अभ्यास गरिरहेको उनले बताए – “क्रिस खेल्न तयार देखिएका छन् र मैदान प्रवेश गर्न आतुर छन्। उनि राम्रो अभ्यास गरिरहेका छन् र नेटमा उत्कृस्ट देखिएका छन्।”

“उनि खेलमा ठूलो प्रभाव पार्न सक्ने खेलाडी हुन्। हामीलाई थाहा छ उनि के गर्न सक्छन्। म आशा गर्छु उनि आएर हाम्रो लय परिवर्तन गर्नेछन्। उनि भोको देखिएका छन् जुन फ़्रेन्चाइजको लागि निकै राम्रो संकेत हो।”

“हामीलाई म्याच विनरको आवस्यकता रहेको छ , जति सक्दो धेरै। अर्को खेलको लागि मात्र हैन प्रतियोगिताभर , किनकि उनले सजिलै ४-५ वटा खेल आफ्नै दममा जिताएर दिन सक्छन्। म आशा गरिरहेको छु कि उनि छिट्टै खेल्नेछन्। ” जाफरले थपे।

गेल टिममा आउदा टिमको संयोजन कस्तो हुन्छ भन्ने प्रश्नमा जाफरले थप बताए –

“राहुल र अग्रवालले ब्याटिंगमा हाम्रो लागि धेरै काम गरेका छन्। पुरनले पनि राम्रो ब्याटिंग गरिरहेका छन्। करुण नायरले पनि मौका पाए जसले राम्रो गर्न नसक्दा मन्दिप सिंह भित्र आए।”

“हामिलाई म्याक्सवेल लयमा आउनु पनि जरुरि छ। त्यसैले ४ वटा विदेशी खेलाडी रोज्न गार्हो काम छ। हामिले केहि समय पाएका छौँ जसमा गेल र मुजिबलाई मौका दिने उपाय सोच्ने छौँ।”

“पुरन विकेटकिपर पनि हुन् त्यसैले कसलाई प्रतिस्थापन गर्ने बारे म राहुल र अनिल भाइ ( प्रमुख प्रशिक्षक ) लाई धारणा बताउनेछु। मलाई विश्वास छ उनीहरुलाई थाहा छ अगाडी के गर्दा राम्रो हुन्छ।” उनले थपे।

गत सिजन राम्रो लयमा देखिएका गेलले १३ खेलमा ४९० र बनाएका थिए र सर्वाधिक रन बनाउने सूचीमा छैठौं स्थानमा थिए। गेल लिग इतिहासकै आठौँ सर्वाधिक रनकर्ता हुन् जसले १२५ खेलमा ४,४८४ रन बनाएका छन् जुन क्रममा सर्वाधिक ६ शतक र २८ अर्धशतक प्रहार गरेका छन्। लिग इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर अव्जित १७५ रन पनि गेलकै नाममा रहेको छ। यस क्रममा उनले २०११ र २०१२ मा लगातार २ सिजन अरेन्ज क्याप जितेका थिए।

लिग अंकतालिकाको पुछारमा रहेको पन्जाबले आगामी खेल बिहिबार हैदरावाद बिरुद्ध खेल्ने तालिका रहेको छ। रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध दोश्रो खेलमा ९७ रनको जित बाहेक टिम चेन्नाई, मुम्बई, राजस्थान र दिल्लीसंग पराजित भएको छ। दिल्लीसंगको खेलमा टिम सुपर ओभरमा पराजित भएको थियो।

क्यानको साधारणसभा भर्चुअल हुने

प्रशिक्षक पोन्टिङले बताए पृथ्वी शको आक्रामक लयको कारण

को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए

लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”

IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy