अन्ततः बिक्रि भए क्रिस गेल, बिकेनन् मालिंगा

  • विकेटनेपाल, १४ माघ- आइतबार 

टि-२० क्रिकेटका सबैभन्दा सफल खेलाडी क्रिस गेलका फ्यानहरुले तब राहतको स्वास फेरे जब आईपीएल अक्सनको तेश्रो राउण्डमा क्रिस गेललाई किंग्स ११ पन्जाबले लिने निर्णय गर्यो।

आईपीएलमा १०१ वटा खेल खेलेका गेलले ५ शतक र २१ अर्धशतक बनाएका छन् भने ४१.२ को औसतले २३९८ रन बनाएका छन्। तर खस्केको फर्म, फिटनेस र ढल्कदो उमेरको कारण टि-२० क्रिकेटका बादशाह गेललाई आईपीएल अक्सनको २ वटा चरणसम्म कुनै पनि टिमले लिएनन्।

सन् २०१३ को आईपीएलमा पुने वारियर्स बिरुद्ध मात्र ३० बलमै शतक प्रहार गर्दै सबैभन्दा छिटो आईपीएल शतक प्रहार गर्ने रेकर्ड बनाएका गेल ५ शतक सहित आईपीएलको धेरै शतक प्रहार गर्ने खेलाडी समेत हुन्। गेल पछि बिराट कोहलीको ४ वटा तथा डेभिड वार्नर र एबि डी भिल्लर्सको २/२ वटा शतक रहेको छ।

अक्सनको अन्तिम तिर तेश्रो राउण्डमा किंग्स-११ पन्जाबले प्रारम्भिक मूल्य ( बेस प्राइस ) २ करोड भारु. मा किन्ने निणर्य गरेपछि गेलको आँधीबेहरी आईपीएलमा फेरी आउने भएको छ।

किन बिक्न गार्हो भए गेल ? 

सन् २००९ देखि रोयल च्यालेंजर्स बैंगलोरको लागि आईपीएल खेलेका गेलले पछिल्लो २ सिजन खास प्रदर्शन गर्न सकेका थिएनन्। २०१७ को सिजनमा ९ खेलमा मात्र २०० रन बनाएका गेलले मात्र एउटा अर्धशतक बनाउन सकेका थिए। यस्तै २०१६ मा गेलले १० खेलमा २२७ रन बनाउने क्रममा २ वटा अर्धशतक बनाएका थिए। पछिल्लो २ सिजन खराब प्रदर्शन गरेपछि बैंगलोरले उनलाई नलिने निर्णय गरेको थियो।

३८ वर्ष उमेर पुगेका गेल यो भन्दा अघि भर्खरै वेस्ट इन्डिजको न्युजिल्याण्ड टुरमा पनि फ्लप साबित भएका थिए जहाँ उने ४ खेलमा मात्र २२ रन बनाएका थिए।

तर बंगलादेशमा डिसेम्बरमा सम्पन्न बंगलादेश प्रिमियर लिगमा भने गेलले उत्कृस्ट ब्याटिंग गरेका थिए। रंगरपुर राईडर्सको लागि खेल्ने क्रममा उनले ११ खेलमा ४८५ रन बनाउदा १७६ को स्ट्राइक रेटमा रन बनाएका थिए। त्यस क्रममा गेलले २ वटा शतक र २ अर्धशतक समेत प्रहार गरेका थिए।

बिकेनन् मलिंगा 

इन्डियन प्रिमियर लिगलाई ‘इन्डियन पैसा लिग’ त्यसै भनिन्न यहाँ ठुला नामको लागि हैन प्रतिस्पर्धा उपाधिको लागि हुन्छ। त्यसैले त आईपीएलमा मुम्बई इण्डियन्सका आइकोनिक बलर लासिथ मालिंगा अक्सनमा कसैको आकर्षण बनेनन्। फिटनेससंग जुझ्दै आएका मालिंगा जुन धारिलो बलिंगको लागि जनिने गर्थे त्यो धार पछिल्लो समय उनिसंग नरहेपछि श्रीलंकन टिममा समेत उनि पर्न छोडेका छन्।

नबिकेका स्टार खलाडीहरु :- 

लासिथ मालिंगा, डेल स्टेन, इशान्त शर्मा, मोर्ने मोर्केल, थिसारा परेरा, जेसन होल्डर, मिचेल म्याक्लेनघन, जोश हेजलवुड, जेम्स फल्कनर, हाशिम अमला, जोए रुट, आएन मोर्गन, कोलिन इन्ग्राम

यो पनि पढ्नुस :- 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]