काठमान्डु गुर्खाजको ‘लोकल आइकोनिक प्लेयर’ मा क्रिस कार्की

Krish Karki

क्रिस कार्कीले काठमान्डु गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

शनिबार वा डे क्रिकेट एकेडेमी का“डाघारीमा भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा काठमाडौं गुर्खाजमा स्थान पक्का गरेका हुन् ।

काठमान्डु गुर्खाजले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) बालुवाटार, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) भक्तपुर र द ग्रेट हिमालय क्रिकेट एकेडेमी ललितपुरमा यसअघि तीन दिन प्रारम्भिक चरणको छनोट गरेको थियो । त्यसका लागि झन्डै ५ सय खेलाडीले दर्ता गरेका थिए । शनिबारको अन्तिम छनोटमा ३२ खेलाडी रहेका थिए । त्यसमध्येबाट उत्कृष्ट खेलाडी बन्दै क्रिस काठमान्डु गोर्खाजको टोलीमा समेटिएका हुन् ।

एनपीएलको नियमनुसार हरेक टोलीले आफ्नो प्रदेश अन्तर्गत रहेका एक खेलाडी लिनु पर्ने प्रावधान थियो । सोहि अनुरुप क्रिस काठमान्डु गुर्खाजको टोलीमा छनोट भएका हुन् । ट्यालेन्ट हन्टबाट काठमान्डु गुर्खाजले विपिन न्यौपाने, असिम श्रेष्ठ, अथर्व पौडेल, शारदुल भट्ट, राजेन्द्र बम र कमल गुप्ता गरी अन्य ६ खेलाडी पनि लिएको छ । काठमान्डु गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाहीका अनुसार क्रिस बाहेक अन्य ६ टोलीले पनि टोलीस“गैं बसेर प्रशिक्षण गर्नेछन् र उनीहरुलाई प्रत्सोहान स्वरुप जनही २५ हजार उपलब्ध गराइने छ ।

काठमान्डु गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी छन् । त्यसबाहेक टोलीले अक्सनबाट शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश क“डेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजले विदेशी खेलाडीको रुपमा यसअघि नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुवन्ध गरिसकेको छ ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]