क्लार्कले भने “सन्दिपको भबिष्य उज्ज्वल छ”

Michael clarke & sandeep

अस्ट्रेलियामा माईकल क्लार्कको निम्तोमा क्रिकेट सिक्न पुगेका नेपाली लेगस्पिनर सन्दिप लामिछानेको क्लार्कले खुलेर प्रशंशा गरेका छन् l

आफ्नो जीवनी समेटिएको किताबको अनावरण गर्ने क्रममा आफ्नो फेसबुक पेजमा फ्यानहरु संग प्रत्यक्ष कुराकानी गर्नेक्रममा क्लार्कले सन्दिप लामिछानेको तारिफ गरेका हुन् l

फेसबुक अन्तर्क्रियाको सुरुवातमै फ्यानहरुले सन्दिपको बारे जिज्ञासा राखेपछि क्लार्कले उत्साहित हुँदै भने-

“सन्दिप मेरो जवान नेपाली साथी निकै राम्रो गर्दै छ l वेस्टर्न सबर्बबाट खेल्दै छ र निकै राम्रो गर्दै छ, सन्दिपलाई सहयोग गर्न पाउनु मेरो अहोभाग्य हो र आशा गर्छु वेस्ट सबर्बको जितमा सहयोग गर्नेछन्”

त्यति भनेर क्लार्कले पुनः अन्य प्रश्नको जवाफ दिए र नेपाल बाट धेरै प्रश्न आएको उल्लेख गरे l तर पुनः सन्दिपको बारे प्रश्न देखेपछि क्लार्कले कार्यक्रम स्थलमै उपस्थित सन्दिपलाई बोलाएका थिए l capture

सन्दिपलाई बोलाउदै क्लार्कले आफ्ना फ्यानहरुलाई हेल्लो भन्न लगाएका थिए l सन्दिप लामिछानेले “नमस्ते” गर्दै अभिबादन गरेका थिए l सन्दिपले आफु अस्ट्रेलियामा रमाइलो महसुस गरेको र आफ्नो बारे कुनै चिन्ता नलिन अनुरोध गरेका थिए –

“माईकल म संग हुनुहुन्छ जो निकै राम्रो अभिभावक हुन् र मलाई वहाँ असाध्यै मन पर्छ, मलाई अस्ट्रेलिया मन पर्छ ”

सन्दिपलाई क्लार्कले आफ्नो किताबको बारेमा सोध्दा नेपालीमै बोल्छु भन्दै क्लार्क संग अनुरोध गरेका थिए l क्लार्कको अनुमति पाएपछि सन्दिपले अस्ट्रेलियामा मजा आईरहेको र राम्रो गरिरहेको बताउदै सम्पूर्ण नेपाली फ्यानहरुलाई सहयोगको लागि धन्यवाद दिएका थिए l उनले क्लार्कको किताबको केहि पेज पढेको र सबैलाई पढ्न आग्रह गरे l

“नेपालको नाम सधै माथि राख्नेछु मात्र मलाई बिश्वास गर्नुहोला ”

क्लार्कले सन्दिपलाई निकै राम्रो मान्छे भएको र सन्दिपको भविष्य बारे सोधिएको प्रश्नमा उनको भविष्य उज्ज्वल देखेको बताए-

“उनको भबिष्य उज्ज्वल छ, उनलाई म धेरै दबाब दिन चाहन्न l अहिले सन्दिप क्रिकेटमा रमाउनु धेरै जरुरि छ र नियमित रुपमा सिक्न पर्छ l

अस्ट्रेलियामा खेल्दै छन् जुन नेपाल भन्दा छुट्टै बातावरण हो तर पनि उनको भविष्यको लागि सहयोग गर्नेछ l मलाई लाग्छ उनि संग निकै धेरै प्रतिभा छ र बिश्वको कुनै पनि स्थानमा प्रदर्शन गरें क्षमता छ”

क्लार्कले आफ्नो किताबमा क्रिकेट मात्रै नभई जीवनको धेरै पाटो समेटेको बताएका छन् l





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]