इंग्ल्यान्डको क्लिन स्विप यात्रामा वर्षा वाधा

वर्षाको कारण तेश्रो खेल नतिजाविहिन रहंदा भ्रमण टोलि श्रीलंका इंग्ल्यान्डसंग ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा क्लिन स्विप हुनबाट जोगिएको छ। सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल इंग्ल्यान्डले ५ विकेट र ८ विकेटले जितेको थियो।

ब्रिस्टोल स्थित काउन्टी ग्राउण्डमा टस हारेर ब्याटिंग गरेको श्रीलंकाले ४१.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १६६ रन बनाएको थियो। दोश्रो इनिंग्सको खेल अघि वर्षाले खेल रोकिनपुग्यो जसपछि खेल पुनः सुचारु हुन नसक्दा नतिजाविहिन रह्यो।

श्रीलंकाको ब्याटिंगमा दासुन शनाकाले सर्वाधिक ४८ रन बनाए जुन क्रममा ६५ बलमा २ चौका र २ छक्का प्रहार गरे। वानिन्दु हसरंगाले २० रन, ओशाडा फर्नान्डोले १८ रन, दुश्मन्था चमिराले १६ रन योगदान दिए।

६३ रनमा ५ विकेट गुमाएपछि आठौँ नम्बरमा ब्याटिंग गर्न आएका शनाकाले तल्लो क्रमका ब्याट्सम्यानहरुसंग साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। १५ औं ओभरमा क्रिजमा आएका शनाका अविजित रहे।

इंग्ल्यान्डको बलिंगमा टम करनले सर्वाधिक ४ विकेट ( १०-०-३५-४ ) लिए भने क्रिस वोक्स ( १०-३-२८-२ ) र डेभिड विले ( ७-०-३६-२ ) ले समान २ विकेट र आदील रशिदले १ विकेट ( ८-०-३५-१ ) लिए।

यस अघि सम्पन्न तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज पनि इंग्ल्यान्डले ३-० ले आफ्नो पक्षमा पारेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy