क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

तेस्रो संस्करणको सीई कर्पोरेट टि-टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ।

काठमाण्डौ बुढानिलकण्ठ, चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा शनिवार राति सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले रास्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो।

फाइनल जित्न पाएको ७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले १ बल बाँकी हुँदा ९. ५ ओभरमा ३ विकेट गुमाएर भेटायो।

क्लाउड फ्याक्ट्रीको लागि ओपनर जुलेन महर्जनले सर्वाधिक २७ रन बनाए। यस्तै सुबोध ढुंगेलले १५, चन्द्र कुमार राईले अविजित ११ तथा सबिन डीसीले अविजित ५ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको रास्ट्रिय बाणिज्य बैंकले निर्धारित १० ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो।

बाणिज्य बैंकको लागि ओपनर बिबेक श्रेष्ठले सर्वाधिक ३१ रन बनाए भने कप्तान सुशील देवकोटाले अविजित २८ रन बनाए।

उपाधि विजेता क्लाउड फ्याक्ट्रीले १ लाख १ हजार रुपैयाँ तथा उप-विजेता राष्ट्रिय बाणिज्य बैंकले ५० हजार ५ सय रुपैयाँ पुरस्कार पायो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी क्लाउड फ्याक्ट्रीका सुबोध ढुंगेल घोषित भए। उनले १० हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट ब्याटर सलिकोका स्पन्दन न्यौपाने, उत्कृस्ट बलर सिद्धार्थ बैंकका सन्जिब मदैया, उत्कृस्ट विकरकिपर सिद्धार्थ बैंकका ब्रिज नन्दन तिवारी घोषित भए जसले समान ५ हजार रुपैयाँ पाए। मस्ट चियर्ड टिमको अवार्ड एनएलजी इन्सुरेन्सले पायो। यस्तै फेयर प्ले टिमको अवार्ड हिमालयन एभरेष्ट इन्सुरेन्सले पायो। यस्तै इनर्जेटिक टिमको अवार्ड सानिमा जीआईसी इन्सुरेन्सले पायो।

सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा दुई दिन चलेको प्रतियोगितामा १२ कर्पोरेट टिमको सहभागी रहेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy