सिएमसी इण्डोर कर्पोरेट कप भदौ १४ गतेदेखि, ट्रफी सार्वजनिक

चितवन, भदौ १२– चितवन जिल्ला क्रिकेट संघ (क्याक) को आयोजना र चितवन मेडिकल कलेज (सिएमसी)को मुख्य प्रायोजनामा भदौ १४ गतेदेखि प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट हुने भएको छ ।

आयोजक क्रिकेट संघले आज भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिताको सबै तयारी पूरा भएको र चितवन र नवलपुरसहितका कुल १६ वटा कर्पोरेट टिमले सहभागिता जनाउने जानकारी दिए । उनले संघ र यहाँका कर्पोरेट संस्थाहरुसंग सम्बन्ध मजबुत बनाउनुका साथै चितवनको टिमलाई मुम्बई लैजाने बाटोको रुपमा प्रतियोगिता आयोजना गरिएको बताए ।

सो क्रममा बोल्दै चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई सार्थकता तुल्याउन क्रिकेटमा सहयोग गरिएको बताए । उनले विगतमा पनि अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न खेलकुदका कार्यक्रममा सहभागिता जनाएको भन्दै यसलाई निरन्तरता दिने स्वरुप यो प्रतियोगितामा सहकार्य गरिएको बताए । सिएमसीले यसअघि चितवनमा पहिलोपटक नारायणी इभेन्ट्सको सहकार्यमा चितवन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै चितवन जिल्ला क्रिकेट संघका सल्लाहकार एवं सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि.का प्रिन्सिपल वाइबी पौडेलले खेलकुद क्षेत्रमा मेडिकल क्षेत्रबाट पनि सहकार्य हुनु राम्रो पक्ष रहेको बताए । उनले आगामि दिनमा पनि यस्तै सहयोग र सहकार्य हुन आवश्यक रहेको औल्याए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेता र उपविजेताले पाउने आकर्षक ट्रफी सार्वजनिक गरिएको थियो । विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता आयोजनाका लागि सिएमसी र चितवन क्रिकेट संघबीच सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । संघका सचिव सुरज ज्ञवालीले प्रेश विज्ञप्ती बाचन गरेका थिए ।

यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण नारायणी खेल लाइभले गर्ने छ । संघ र नारायणी खेल लाइभबीच प्रत्यक्ष प्रशारणका लागि यसअघि नै सम्झौता भइसकेको छ । प्रतियोगिता भरतपुर–३, स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा प्रतियोगिता हुन लागेको हो ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]