बिश्वस्तरीय प्रशिक्षकले नेपाली टिमको प्रशिक्षण गर्ने पक्का, पढ्नुस को हुन्, के छ कार्यक्रम

nepal cricket team

विकेटनेपाल , माघ  -७ 

यही  फाल्गुन २८ र ३० गते नेपालमै आयोजना हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाली क्रिकेट टिमलाई प्रशिक्षण गर्न पुर्ब अस्ट्रेलियन टेस्ट क्रिकेटर तथा बिभिन्न टेस्ट रास्ट्रका सफल प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आउने पक्का भएको छ l

दुई साता भन्दा बढी नेपाली टिमलाई प्रशिक्षण गर्ने ह्वाटमोरलाई ‘ब्याट एण्ड बल फाउन्डेसन’ले नेपाल ल्याउन लागेको हो l ‘ब्याट एण्ड बल फाउन्डेसन’ को उद्घाटन ह्वाटमोरले नेपाल आएपछि गर्ने फाउन्डेसनका अध्यक्ष पारस शाक्यले जानकारी दिएका छन् l

सगग्र क्रिकेटलाई सहयोग गर्ने उदेश्यले स्थापना गरिएको फाउन्डेसनले ह्वाटमोरको सम्पूर्ण खर्च बेहोर्ने छ l जनवरी २५ देखि फेब्रुअरी ७ सम्म नेपाल रहंदा ह्वाटमोरले नेपाली टिमलाई प्रशिक्षण दिने र त्यसअघि २ दिन स्थानीय नेपाली प्रशिक्षकहरुलाई प्रशिक्षित समेत गर्ने जानकारी गराईएको छ l

Dave Whatmore ( Pic : dailymail.co.uk )

ह्वाटमोर नेपाल आउनु नेपाली क्रीकेटको लागि फलदायी हुने र भबिष्यमा फाउन्डेसनले अन्य बिभिन्न कार्यक्रमहरु सार्बजनिक गर्ने अध्यक्ष शाक्यले बताएका छन् l बल एण्ड ब्याट फाउन्डेसन बसन्त चौधरी फाउन्डेसन नजिकको भएपनि स्वतन्त्र तरिकाले चल्ने समेत शाक्यले जानकारी गराएका छन् l

आईसीसीको अनुमतिमा र क्रिकेट खेलाडी संघको सहकार्यमा ह्वाटमोरले नेपाली टिमलाई सघाउने छन् l

पुर्ब अस्ट्रेलियन टेस्ट क्रिकेटर तथा श्रीलंकालाई १९९६ को बिश्वकप जिताईसकेका प्रशिक्षक ह्वाटमोरले पाकिस्तान, बंगलादेश र जिम्बाबे क्रीकेट टिम तथा आईपीएलमा कोलकाता नाइट राइडर टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालीसकेका छन् l भर्खरै मात्रै जिम्बाबे रास्ट्रिय टिम प्रशिक्षण गरेका ६२ बर्षिय प्रशिक्षक उनले अस्ट्रेलियाको लागि सात टेस्ट र एउटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल समेत खेलेका छन् l

भारतलाई २००७ को बिश्वकपमा बंगलादेशले पराजित गर्दा ह्वाटमोरनै प्रशिक्षक थिए भने त्यसै बर्ष बंगलादेशले पहिलो टेस्ट जित्दा, अस्ट्रेलिया र दक्षिण अफ्रीकालाई पराजित गर्दा पनि उनले प्रशिक्षण गरेका थिए l पाकिस्तान क्रिकेट टिमलाई प्रशिक्षण गर्ने सफल प्रशिक्षकको नाम लिंदा पनि ह्वाटमोरकै नाम अघि आउने गर्छ l

यो पनि पढ्नुहोस् : 





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]