बिश्वस्तरीय प्रशिक्षकले नेपाली टिमको प्रशिक्षण गर्ने पक्का, पढ्नुस को हुन्, के छ कार्यक्रम

विकेटनेपाल , माघ  -७ 

यही  फाल्गुन २८ र ३० गते नेपालमै आयोजना हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाली क्रिकेट टिमलाई प्रशिक्षण गर्न पुर्ब अस्ट्रेलियन टेस्ट क्रिकेटर तथा बिभिन्न टेस्ट रास्ट्रका सफल प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आउने पक्का भएको छ l

दुई साता भन्दा बढी नेपाली टिमलाई प्रशिक्षण गर्ने ह्वाटमोरलाई ‘ब्याट एण्ड बल फाउन्डेसन’ले नेपाल ल्याउन लागेको हो l ‘ब्याट एण्ड बल फाउन्डेसन’ को उद्घाटन ह्वाटमोरले नेपाल आएपछि गर्ने फाउन्डेसनका अध्यक्ष पारस शाक्यले जानकारी दिएका छन् l

सगग्र क्रिकेटलाई सहयोग गर्ने उदेश्यले स्थापना गरिएको फाउन्डेसनले ह्वाटमोरको सम्पूर्ण खर्च बेहोर्ने छ l जनवरी २५ देखि फेब्रुअरी ७ सम्म नेपाल रहंदा ह्वाटमोरले नेपाली टिमलाई प्रशिक्षण दिने र त्यसअघि २ दिन स्थानीय नेपाली प्रशिक्षकहरुलाई प्रशिक्षित समेत गर्ने जानकारी गराईएको छ l

Dave Whatmore ( Pic : dailymail.co.uk )

ह्वाटमोर नेपाल आउनु नेपाली क्रीकेटको लागि फलदायी हुने र भबिष्यमा फाउन्डेसनले अन्य बिभिन्न कार्यक्रमहरु सार्बजनिक गर्ने अध्यक्ष शाक्यले बताएका छन् l बल एण्ड ब्याट फाउन्डेसन बसन्त चौधरी फाउन्डेसन नजिकको भएपनि स्वतन्त्र तरिकाले चल्ने समेत शाक्यले जानकारी गराएका छन् l

आईसीसीको अनुमतिमा र क्रिकेट खेलाडी संघको सहकार्यमा ह्वाटमोरले नेपाली टिमलाई सघाउने छन् l

पुर्ब अस्ट्रेलियन टेस्ट क्रिकेटर तथा श्रीलंकालाई १९९६ को बिश्वकप जिताईसकेका प्रशिक्षक ह्वाटमोरले पाकिस्तान, बंगलादेश र जिम्बाबे क्रीकेट टिम तथा आईपीएलमा कोलकाता नाइट राइडर टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालीसकेका छन् l भर्खरै मात्रै जिम्बाबे रास्ट्रिय टिम प्रशिक्षण गरेका ६२ बर्षिय प्रशिक्षक उनले अस्ट्रेलियाको लागि सात टेस्ट र एउटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल समेत खेलेका छन् l

भारतलाई २००७ को बिश्वकपमा बंगलादेशले पराजित गर्दा ह्वाटमोरनै प्रशिक्षक थिए भने त्यसै बर्ष बंगलादेशले पहिलो टेस्ट जित्दा, अस्ट्रेलिया र दक्षिण अफ्रीकालाई पराजित गर्दा पनि उनले प्रशिक्षण गरेका थिए l पाकिस्तान क्रिकेट टिमलाई प्रशिक्षण गर्ने सफल प्रशिक्षकको नाम लिंदा पनि ह्वाटमोरकै नाम अघि आउने गर्छ l

यो पनि पढ्नुहोस् : 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy