मुनरोको आक्रमक इनिंगले सीपीएल टि-२० को उपाधि नाइट राइडर्सलाई

  • विकेटनेपाल , असोज – १ 

छैठौं संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० को उपाधि ट्रिनिबागो नाइट राइडर्सले लगातार दोश्रो पटक जितेको छ। सोमबार बिहान सम्पन्न फाइनलमा नाइट राइडर्सले गायाना एमाजन वारियर्सलाई ८ विकेटले पराजित गर्यो।

यो संगै गायाना एमाजन वारियर्स ४ पटक फाइनलमा पुगे पनि उपाधि जित्न पुनः असफल रह्यो। यस अघि सन् २०१३, २०१४ र २०१६ मा पनि वारियर्स फाइनलमा चुकेको थियो।

पहिलो इनिंग 

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको गायानाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन जोडेको थियो। उसका लागि ल्युक रोंकीले सर्वाधिक ४४ रनको योगदान दिए। ३५ बलको सामना गरेका किवी ब्याट्सम्यान रोंकीले ६ चौका र १ छक्का प्रहार गरे।

नाइट राइडर्सका बलरहरुको अनुशाशित बलिङ्गका अगाडि गायानाका ब्याट्सम्यानहरुले खुलेर रन जोड्न विफल रहे। इनिंगको पहिलो बलमानै ओपनर क्यामरुन डेलपोर्टलाई गुमाएको उसलेले लगातार अन्तरालमा विकेट गुमाउँदा ठुलो लक्ष्य बनाउन चुकेको थियो।

नाइट राइडर्सको बलिंगतर्फ खरी पियरेले सर्वाधिक ३ विकेट आफ्नो नाम गरेका थिए। यस्तै कप्तान ड्वेन ब्राभोको नाममा २ विकेट रह्यो।

मुनरोको आक्रमक ब्याटिंग 

उपाधि जित्नका लागि १४८ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

नाइट राइडर्सको जितमा कोलिन मुनरोले अविजित ६८ रनको इनिंग खेले। मात्र ३९ बलमा मुन्रोले ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै ब्रेन्डन म्याकलमले ३९ तथा दिनेश राम्दीनले २४ रन बनाए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी ट्रिनिबागो नाइट राइडर्सका कोलिन मुनरो घोषित भए। उनले १३ खेलमा ५१.५४ को औशतले ५६७ रन बनाए।

सन् २०१३ बाट सुरु भएको प्रतियोगिताको उपाधि ट्रिनिबागो नाइट राइडर्सले सर्वाधिक ३ पटक जितेको छ।

सीपीएल टि-२० बिजेता सुची – 

सन् २०१५, २०१७ र २०१८  – ट्रिनिबागो नाइट राइडर्स
सन् २०१४ – बार्बाडोस ट्रीडेन्टस्
सन् २०१३ र २०१६ – जमाईका तल्लावाज





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]