मुनरोको आक्रमक इनिंगले सीपीएल टि-२० को उपाधि नाइट राइडर्सलाई

२०७५ आश्विन १, सोमबार १०:१२

  • विकेटनेपाल , असोज – १ 

छैठौं संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० को उपाधि ट्रिनिबागो नाइट राइडर्सले लगातार दोश्रो पटक जितेको छ। सोमबार बिहान सम्पन्न फाइनलमा नाइट राइडर्सले गायाना एमाजन वारियर्सलाई ८ विकेटले पराजित गर्यो।

यो संगै गायाना एमाजन वारियर्स ४ पटक फाइनलमा पुगे पनि उपाधि जित्न पुनः असफल रह्यो। यस अघि सन् २०१३, २०१४ र २०१६ मा पनि वारियर्स फाइनलमा चुकेको थियो।

पहिलो इनिंग 

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको गायानाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन जोडेको थियो। उसका लागि ल्युक रोंकीले सर्वाधिक ४४ रनको योगदान दिए। ३५ बलको सामना गरेका किवी ब्याट्सम्यान रोंकीले ६ चौका र १ छक्का प्रहार गरे।

नाइट राइडर्सका बलरहरुको अनुशाशित बलिङ्गका अगाडि गायानाका ब्याट्सम्यानहरुले खुलेर रन जोड्न विफल रहे। इनिंगको पहिलो बलमानै ओपनर क्यामरुन डेलपोर्टलाई गुमाएको उसलेले लगातार अन्तरालमा विकेट गुमाउँदा ठुलो लक्ष्य बनाउन चुकेको थियो।

नाइट राइडर्सको बलिंगतर्फ खरी पियरेले सर्वाधिक ३ विकेट आफ्नो नाम गरेका थिए। यस्तै कप्तान ड्वेन ब्राभोको नाममा २ विकेट रह्यो।

मुनरोको आक्रमक ब्याटिंग 

उपाधि जित्नका लागि १४८ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

नाइट राइडर्सको जितमा कोलिन मुनरोले अविजित ६८ रनको इनिंग खेले। मात्र ३९ बलमा मुन्रोले ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै ब्रेन्डन म्याकलमले ३९ तथा दिनेश राम्दीनले २४ रन बनाए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी ट्रिनिबागो नाइट राइडर्सका कोलिन मुनरो घोषित भए। उनले १३ खेलमा ५१.५४ को औशतले ५६७ रन बनाए।

सन् २०१३ बाट सुरु भएको प्रतियोगिताको उपाधि ट्रिनिबागो नाइट राइडर्सले सर्वाधिक ३ पटक जितेको छ।

सीपीएल टि-२० बिजेता सुची – 

सन् २०१५, २०१७ र २०१८  – ट्रिनिबागो नाइट राइडर्स
सन् २०१४ – बार्बाडोस ट्रीडेन्टस्
सन् २०१३ र २०१६ – जमाईका तल्लावाज

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy