तेस्रो अभ्यास खेलमा नेपाललाई २१७ रनको बिजय लक्ष्य : श्रीलंका अभ्यास भ्रमण

२०७५ भाद्र १०, आईतवार १४:१०

  • विकेटनेपाल – १० भदौ, आइतवार

श्रीलंका अभ्यास भ्रमण अन्तर्गत अन्तिम अभ्यास खेलमा नेपालले कोल्ट्स क्रिकेट क्लबको सामना गर्दैछ। टस जित्दै ब्याटिंग गरेको कोल्ट्सले नेपाललाई जितका लागि २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोल्ट्स क्रिकेट मैदानमापहिले ब्याटिंग गर्न उत्रिएको घरेलु टोलीले इनिंग सकिन १ बल बाँकीहुँदा सबै विकेट गुमाएर २१६ रन जोड्न सक्यो। उसको इनिंगमा हसन् हेवानायाकेले सर्वाधिक ५९ रनको इनिंग खेले। यस्तै अयाना सिरिवर्दनाले ३६ तथा मदुरा लक्मलले व्यक्तिगत ३१ रनको योगदान गरे।

| स्कोरकार्ड |

Sompal Kami
सोमपालले सर्वाधिक ३ विकेट लिए (File Photo)

नेपालको बलिंग तर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट हात पारे। आफ्नो ९.५ ओभरको स्पेलमा सोमपालले १ मेडन सहित ३४ रन खर्चेर ३ विकेट आफ्नो नाम गरे। यस्तै सागर पुन र करन केसीको नाममा समान २-२ विकेट रह्यो। ललित राजबंशीले १ विकेट प्राप्त गर्दा कोल्ट्सको २ विकेटभने नेपालले रन आउटको रुपमा हात पारेको थियो।

अन्तिम ११ – पारस खड्का ( कप्तान ), ज्ञानेन्द्र मल्ल, बिनोद भन्डारी, दिपेन्द्र ऐरी, करन केसी, सोमपाल कामी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन र सुबास खकुरेल

नेपालले यस अघि खेलेका ३ वटा नै अभ्यास खेलमा जित हात पारेको थियो। बुधबार भएको पहिलो खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। यस्तै नेपालले आफ्नो दोश्रो खेलमा ब्लुमफिल्ड क्लबलाई १७६ रन ( डीएलएस मेथड ) को बिशाल अन्तरले पराजित गर्न सफल भएको थियो।

एसिया कप छनौटमा नेपाली टिम :- पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल

अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।

एसिया कपमा नेपालको खेल तालिका :- २९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान ) , १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) , २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) , ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) , ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy