यस्तो छ यो सिजन IPL मा कमेन्टेटरहरुको सूची, छैनन् मंज्रेकर

आईपीएलको १३ औं सिजन सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ जसको लागि लगभग तयारी पुरा भैसकेको छ। क्रिकेट फ्यानहरु लामो समय पछि रोमान्चक क्रिकेटको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्। लिगको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। १० नोभेम्बरसम्म चल्ने प्रतियोगिता युएईको दुबई, शारजाह र आबुधाबीमा संचालन हुनेछ। लिगमा उल ५६ खेल खेलिनेछन्। लिग सुरु हुने दिन नजिकिँदै गर्दा लिगमा आफ्नो टिमको प्रदर्शन बारे फ्यानहरुको चासो बढ्दै गर्दा धेरै फ्यानहरुलाई कमेन्ट्रि प्यानलमा को-को हुनेछन् भन्ने पनि छुट्टै चासो हुने गरेको छ।

लिगको अधिकारिक प्रशारक स्टार इन्डियाको स्टार स्पोर्ट्स स्पोर्ट्स च्यानलका अनुसार लिगमा हिन्दि कमेन्टेटरको रुपमा इरफान पठान, आकाश चोपरा, आशिष नेहरा, जतिन सप्रु, निखिल चोपरा, अजित अगरकर, किरन मोरे र संजय बांगर गरि ८ जना रहेका रहनेछन्।


यस्तै अंग्रेजी कमेन्टेटरको रुपमा सुनिल गावस्कर, हर्षा भोगले, रोहन गावस्कर, दिप दासगुप्ता, लक्ष्मन शिभरामाकृष्णन, अन्जुम चोपरा, मुरली कार्तिक, मार्क निकोलस, केभिन पिटरसन, कुमार संगाकारा, जेपी डुमिनि, साइमन डुल, लिसा स्थालेकर, इयान बिशप, पोमी एमबांग्वा, डेरन गङ्गा, ड्यानी मोरिसन र माइकल स्लेटर गरि १८ जना रहेका छन्। यस्तै ‘सेलेक्ट डगआउट’  कमेन्टेटरको रुपमा ब्रेट लि, डीन जोन्स, स्कट स्टाइरिस र गरेम स्वान रहनेछन्।

स्टार स्पोर्ट्सले भारतमा आईपीएलको प्रशारण हिन्दि, अंग्रेजी, तामिल, तेलुगु, कनाडा गरि ५ भाषामा गर्नेछ।

संजय मंज्रेकर पहिलो पटक बाहिर 

कमेन्ट्रि र सामाजिक संजालमा आफ्नो अभिव्यक्तिबाट चर्चा र विवादमा पर्ने मंज्रेकर आईसीसी २०१९ विश्वकपको दौरान विवादमा फसेका थिए। पुर्व भारतीय क्रिकेट समेत रहेका मंज्रेकरले विश्वकपको दौरान रबिन्द्र जडेजालाई ‘बिट्स एण्ड पिसेज प्लेयर’ भनेपछि उनको सर्वत्र आलोचना भएको थियो। यस्तै उनले भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी, मोहम्मद शामी र केएल राहुल जस्तो खेलाडीहरुको पनि ट्वीटमार्फत आलोचना गरेका थिए।

त्यसपछि पनि मंज्रेकरले आफ्नो रवैया परिवर्तन गरेनन् र गत वर्ष कोलकातामा खेलिएको पिंक बल टेस्टको दौरान साथी कमेन्टेटर हर्षा भोगलेलाई क्रिकेट नखेलेको कमेन्टेटरको रुपमा टिप्पणी गरेका थिए। बारम्बार विवादमा फस्ने गरेका मंज्रेकरलाई यसै वर्ष मार्चमा बिसीसीआईले उनलाई आफ्नो कमेन्टेटरको अनुबन्धबाट हटाएको थियो।

मंज्रेकरले आईपीएलमा आफुलाई कमेन्ट्रिको अवसर दिनको लागि बिसीसीआईलाई अनुरोध गरेका थिए। उनले लेखेका थिए – “मैले पहिले पनि इमेल गरिसकेको छु कि जहाँ मैले कमेन्टेटरको रुपमा आफ्नो इच्छाको बारेमा लेखेको छु। आईपीएलको मिति सार्वजनिक भैसकेको छ। यस्तोमा बिसीसीआईले चाडै कमेन्ट्रि प्यानलको घोषणा गर्नेछ। म बिसीसीआईद्वारा निर्धारित नियम अनुसार काम गर्न पाउदा खुसि हुनेछु।”

यो पनि पढ्नुस 

क्रिकेटर भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

आईपीएलमा यी ४ वटा रेकर्ड नजिक छन् रोहित

IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

IPL 2020 : ८ कप्तान मध्ये कोहलीको कमाइ सबैभन्दा धेरै, कुन कप्तानको तलब कति

IPL इतिहासमा पर्पल क्याप जित्ने १० बलर





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]