सन्दिपलाई बिश्वभरबाट बधाईको ओईरो , पढ्नुस कसले के भने

  • विकेटनेपाल, माघ १४ – आइतबार

सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल खेल्न छनौट भएपछि सम्पूर्ण नेपालीहरु खुसिले झुमेका छन्। आईपीएल टिम दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा नेपाली शेन वार्नलाई किनेको हो जसपछि उनि आईपीएल खेल्ने पहिलो नेपाली भएका हुन्।

आईपीएल खेल्ने भएपछि सन्दिपलाई बधाईको ओइरो लागेको छ । बधाईको ओइरो नेपाली क्रिकेट समर्थकबाट मात्र नभएर अन्तर्राष्ट्रिय क्रिकेट समुदायबाट आएको छ ।

सन्दिप लामिछाने आइपिएल मा दिल्ली डेयरडेभिल्सबाट खेल्ने जानकारी आइपिएलको अफिसियल ट्वीटर एकाउन्टले सार्बजनिक गरेको थियो ।

यस्तै उनि आबद्द भएको टिम दिल्ली डेयरडेभिल्सले सन्दिपको प्रोफाइल बनाएर काठमाण्डौबाट दिल्लीसम्मको यात्रा र ईतिहास बनाएको भन्दै ट्वीट गरेको छ ।

इंग्ल्याण्डका पुर्व कप्तान माइकल भनले सन्दिप लामिछाने आइपिएलमा लिलामी भएपछी आईसीसीलाई आगामी विश्वकपमा १० टिम बनाएको मा व्यंग्यात्मक शैलीमा घोंचेका छन ।

सन्दिप छनौट हुँदा माइकल क्लार्क खुसि ब्यक्त गर्न कहाँ पछि पर्छन् र। क्लार्ककै मद्दतमा सन्दिप लामिछानेले अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्ने मौका पाएका थिए भने लामिछाने आईपिएल खेल्न पाउनुमा पनि उनको भूमिका देख्न सकिन्छ। केहि दिन अघि लामिछाने लिलामी सुचिमा परेपछि यदि  आफु कुनै टिमसँग सम्बन्धित भएको भए बिना हिच्किचाहट किन्ने बताएका थिए ।

मुख्य कुरा त के भने दिल्लीको प्रशिक्षकमा क्लार्ककै पुर्व अस्ट्रेलियन टिमका सहपाठी रिक्की पोंटिंग रहेका छन् ।

चर्चित क्रिकेट वेबसाइट क्रिकइन्फोका प्रधान सम्पादक समित बलले पनि बधाई ब्यक्त गरेका छन् ।

भारतीय चर्चित वेबसाइट क्रिकेटकन्ट्री का लेखक चिनमे जवालेकरले दिल्लीले २० लाखमा सन्दिपलाई किनेको मात्रै नभएर उसले नयाँ ३ करोड समर्थक पाएको जनाएका छन् ।

क्रिकइन्फोका पत्रकार टिमले सन्दिप लामिछानेलाई किनेर उत्कृस्टता जनाएको बताएका छन् ।

नेपाली क्रिकेट टिमका पुर्वकप्तान बिनोद दासले पनि बधाई ब्यक्त गरेका छन् ।

 

अन्य ट्वीटहरु

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy