सन्दिपलाई बिश्वभरबाट बधाईको ओईरो , पढ्नुस कसले के भने

  • विकेटनेपाल, माघ १४ – आइतबार

सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल खेल्न छनौट भएपछि सम्पूर्ण नेपालीहरु खुसिले झुमेका छन्। आईपीएल टिम दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा नेपाली शेन वार्नलाई किनेको हो जसपछि उनि आईपीएल खेल्ने पहिलो नेपाली भएका हुन्।

आईपीएल खेल्ने भएपछि सन्दिपलाई बधाईको ओइरो लागेको छ । बधाईको ओइरो नेपाली क्रिकेट समर्थकबाट मात्र नभएर अन्तर्राष्ट्रिय क्रिकेट समुदायबाट आएको छ ।

सन्दिप लामिछाने आइपिएल मा दिल्ली डेयरडेभिल्सबाट खेल्ने जानकारी आइपिएलको अफिसियल ट्वीटर एकाउन्टले सार्बजनिक गरेको थियो ।

यस्तै उनि आबद्द भएको टिम दिल्ली डेयरडेभिल्सले सन्दिपको प्रोफाइल बनाएर काठमाण्डौबाट दिल्लीसम्मको यात्रा र ईतिहास बनाएको भन्दै ट्वीट गरेको छ ।

इंग्ल्याण्डका पुर्व कप्तान माइकल भनले सन्दिप लामिछाने आइपिएलमा लिलामी भएपछी आईसीसीलाई आगामी विश्वकपमा १० टिम बनाएको मा व्यंग्यात्मक शैलीमा घोंचेका छन ।

सन्दिप छनौट हुँदा माइकल क्लार्क खुसि ब्यक्त गर्न कहाँ पछि पर्छन् र। क्लार्ककै मद्दतमा सन्दिप लामिछानेले अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्ने मौका पाएका थिए भने लामिछाने आईपिएल खेल्न पाउनुमा पनि उनको भूमिका देख्न सकिन्छ। केहि दिन अघि लामिछाने लिलामी सुचिमा परेपछि यदि  आफु कुनै टिमसँग सम्बन्धित भएको भए बिना हिच्किचाहट किन्ने बताएका थिए ।

मुख्य कुरा त के भने दिल्लीको प्रशिक्षकमा क्लार्ककै पुर्व अस्ट्रेलियन टिमका सहपाठी रिक्की पोंटिंग रहेका छन् ।

चर्चित क्रिकेट वेबसाइट क्रिकइन्फोका प्रधान सम्पादक समित बलले पनि बधाई ब्यक्त गरेका छन् ।

भारतीय चर्चित वेबसाइट क्रिकेटकन्ट्री का लेखक चिनमे जवालेकरले दिल्लीले २० लाखमा सन्दिपलाई किनेको मात्रै नभएर उसले नयाँ ३ करोड समर्थक पाएको जनाएका छन् ।

क्रिकइन्फोका पत्रकार टिमले सन्दिप लामिछानेलाई किनेर उत्कृस्टता जनाएको बताएका छन् ।

नेपाली क्रिकेट टिमका पुर्वकप्तान बिनोद दासले पनि बधाई ब्यक्त गरेका छन् ।

 

अन्य ट्वीटहरु





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]