कनवे चम्किदा अस्ट्रेलिया बिरुद्ध न्युजिल्यान्डको सहज जित

२०७७ फाल्गुन १०, सोमबार १८:५८

डेभोन कनवेको उत्कृस्ट ब्याटिंग प्रदर्शन मद्दतले भ्रमण टोलि अस्ट्रेलियालाई ५३ रनले सहजै पराजित गर्दै न्युजिल्यान्डले ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

हग्ले ओभल, क्राइस्टचर्चमा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १७.३ ओभरमा सबै विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

अस्ट्रेलियाको लागि मिचेल मार्शले सर्वाधिक ४५ तथा एस्टन एगरले २३ रन बनाए। अस्ट्रेलियाको शिर्ष क्रमका अन्य ब्याट्सम्यानहरु म्याथु वेडले १२, कप्तान आरोन फिन्चले १ जोश फिलिपेले २, ग्लेन म्याक्सवेलले १ तथा मार्कस स्टोइनिसले ८ रन मात्र बनाउन सके। लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गर्ने क्रममा उसले पहलो ४ विकेट १९ रनको योगफलमै गुमाएको थियो। त्यसपछि घरेलु टोलि खेलमा निरन्तर हावी रह्यो।

न्युजिल्यान्डको बलिंगमा लेग स्पिनर इश सोढ़ीले सर्वाधिक ४ विकेट ( ४-०-२८-४ ) लिए भने टिम साउदी ( ३-०-१०-२ ) र ट्रेन्ट बोल्ट ( ३-०-२२-२ ) ले समान २ विकेट लिए। कायल जेमिसन र मिचेल स्यान्टनरले १/१ विकेट लिए।


यस अघि टस हारेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट क्षेतिमा १८४ रन बनाएको थियो। उसको लागि करियरको सातौँ टि-२० खेलेका देब्रे हाते ब्याट्सम्यान डेभोन कनवेले सर्वाधिक ९९ रन बनाए जुन क्रममा उनले ५९ बलमा १० चौका र ३ छक्का प्रहार गरे। इनिंग्सको अन्तिम बलमा ९८ रनमा रहेका उनले अन्तिम बलमा १ रन मात्र लिन सके पछि शतकबाट चुके। कनवे टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ रनमा अविजित रहने न्युजिल्यान्डको पहिलो तथा विश्वको चौथो ब्याट्सम्यान बनेका छन्। यस अघि लुक राइट, दविड मलान र मोहम्मद हफिज ९९ रनमा अविजित रहेका थिए।

ग्लेन फिलिप्सले ३० रन, जेम्स निशमले २६ रन तथा कप्तान केन विलियमसनले १२ रन योगदान दिए।

पहिलो ३ विकेट १९ रनको योगफलमा गुमाएपछि कनवेले ग्लेन फिलिप्ससंग ७४ रनको, जिम्मी निशमसंग ४७ रनको तथा मिचेल स्यान्टनरसंग ४४ रनको साझेदारी गरे।

अस्ट्रेलियाको बलिंगमा ड्यानियल स्याम्स ( ४-०-४०-२ ) र झाई रिचर्डसन ( ४-०-३१-२ ) ले समान २ विकेट तथा मार्कस स्टोइनिसले १ विकेट लिए। सिरिज अन्तर्गत दोश्रो खेल फेब्रुअरी २५ तारिख बिहिबार खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy