रुट बने इंग्ल्यान्डको सर्वाधिक अन्तर्राष्ट्रिय रनकर्ता

इंग्ल्यान्ड टेस्ट कप्तान जो रुट इंग्ल्यान्ड क्रिकेट टिमको इतिहासकै सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान बनेका छन्।

भारत बिरुद्ध घरेलु मैदानमा जारि पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा रुटले ठूलो कीर्तिमान आफ्नो नाम गर्ने क्रममा पूर्व इंग्ल्यान्ड ओपनर एलेस्टर कुकलाई पछि छाडेका हुन्। २००६ देखी २०१८ सम्म इंग्ल्यान्डको लागि खेलेका कुकले २५७ खेलमा ३८ शतक र ७६ अर्धशतक मद्दतले १५ हजार ७ सय ३७ रन बनाएका थिए। जारि टेस्टमा ६४ रन बनाएर आउट भएका रुटको कुल अन्तर्राष्ट्रिय रन १५ हजार ७ सय ८० पुगेको छ। ३० वर्षीय दायाँ हाते ब्याट्सम्यान रुटले २९० औं खेल खेल्ने क्रममा ३६ शतक र ९० अर्धशतक प्रहार गरेका छन्।

इंग्ल्यान्डको लागि २०१२ मा टेस्ट डेब्यु गरेका रुटले टेस्टमा २० शतक र ५० अर्धशतक मद्दतले ८ हजार ७ सय ७८ रन बनाएका छन्। यस्तै १५२ एकदिवसीय अन्तर्राष्ट्रियमा १६ शतक र ३५ अर्धशतक मद्दतले ६ हजार १ सय ९ रन तथा ३२ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ५ अर्धशतक मद्दतले ८ सय ९३ रन बनाएका छन्।

इंग्ल्यान्डको सर्वाधिक अन्तर्राष्ट्रिय रनकर्ताहरु :  जो रुट – १५,७८० रन, एलेस्टर कुक – १५,७३७ रन, केभिन पिटरसन – १३,७७९ रन, इयान बेल – १३,१९० रन, ग्राहम गुच – १३,१९० रन, एलेक स्टिवार्ट – १३,१४० रन, डेभिड गोवर – ११,४०१ रन, एन्ड्रयु स्ट्रस – ११,३१५ रन, मार्कस थ्रेस्कोठिक – १०,३२६ रन , ओएन मोर्गन – १०,०१७ रन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy