आयरल्याण्ड, नेदरल्याण्ड र स्कटल्याण्ड बीच आयरल्याण्डमा जारि त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत चौथो खेलमा नेदरल्याण्डले आयरल्याण्डलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
डब्लिनमा सम्पन्न खेलमा आयरल्याण्डले दिएको १८२ रनको लक्ष्य नेदरल्याण्डले १९.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। पहिलो खेलमा नेदरल्याण्ड स्कटल्याण्डसंग पराजित भएको थियो भने आयरल्याण्डले स्कटल्याण्डलाई पराजित गरेको थियो। आयरल्याण्ड र नेदरल्याण्ड बीच पहिलो खेल वर्षाले नतिजाविहिन रहेको थियो।
नेदरल्याण्डको जितमा बेन कुपरले अविजित ९१ रन बनाए। उनले ५६ बलमा ५ चौका र ७ छक्का प्रहार गरे। यस्तै म्याक्स ओडोडले ४५ बलमा ४ चौका र ५ छक्का मदतले ६९ रन बनाए। कुपर र ओडोडले दोश्रो विकेटको लागि १४४ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। जर्ज डकरेलले ३ विकेट लिंदै आयरल्याण्डलाई खेलमा फर्काए पनि कुपरले अविजित इनिंग खेल्दै जित निकाल्यो।
यस अघि टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो। उसको लागि ह्यारी टेकरले सर्वाधिक ४० बलमा २ छक्का र ६ चौका मदतले ६० रन प्रहार गरे। यस्तै एन्ड्रु बालबर्नीले ४५ तथा केभिन ओ ब्रायनले ३० रन बनाए। टेकर र बालबर्नीले तेश्रो विकेटको लागि ७९ रनको साझेदारी गरेका थिए।
नेदरल्याण्डको बलिंगमा शेन स्यान्टनर र ब्रेण्डन टेलरले २/२ विकेट लिए।
सिरिजको नतिजाहरु र बाँकी खेल
पहिलो खेल – आयरल्याण्ड Vs नेदरल्याण्ड – खेल बराबरी
दोश्रो खेल – स्कटल्याण्ड Vs नेदरल्याण्ड – स्कटल्याण्ड ५८ रनले विजयी
तेश्रो खेल – आयरल्याण्ड Vs स्कटल्याण्ड – आयरल्याण्ड ४ विकेटले विजयी
चौथो खेल – आयरल्याण्ड Vs नेदरल्याण्ड – नेदरल्याण्ड ६ विकेटले विजयी
पाँचौ खेल – स्कटल्याण्ड Vs नेदरल्याण्ड – सेप्टेम्बर १९
छैठौं खेल – आयरल्याण्ड Vs स्कटल्याण्ड – सेप्टेम्बर २०