इपिएल : विस्फोटक न्युजिल्यान्ड ब्याट्सम्यान एण्डरसन काठमाडौँमा आबद्ध

२०७६ फाल्गुन १९, सोमबार १२:३८

इपिएल टिम काठमाडौँ किंग्स-११ ले न्युजिल्याण्डका विस्फोटक ब्याट्सम्यान कोरे एण्डरसनलाई दोश्रो विदेशी खेलाडीको रुपमा आवद्ध गरेको छ।

इपिएल आगामी महिना मार्च १४ देखि काठमाडौँमा सुरु हुँदैछ।

यस अघि काठमाडौँले अघिल्लो सिजन खेलेका आयरल्याण्ड क्रिकेटर केभिन ओ ब्रायनलाई पुनः आबद्ध गरेको घोषणा गरिसकेको छ।

२९ वर्षीय एण्डरसनले न्युजिल्याण्डको लागि १३ टेस्ट, ४९ एकदिवसीय र ३१ टि-२० खेलीसकेका छन्। टेस्टमा ३२ को औशतले ६ सय ८३ रन, एकदिवसीयमा २७ को औशतले १ हजार १ सय ९ रन तथा टि-२० मा २४ को औशतले ४ सय ८५ रन बनाएका छन्। टेस्ट र एकदिवसीयमा १/१ शतक उनको नाममा रहेको छ।

२०१४ मा वेस्ट इन्डिज बिरुद्ध ३६ बलमा शतक बनाउदै उनले शहिद अफ्रिदीले १९९६ मा बनाएको सबैभन्दा छिटो एकदिवसीय शतकको रेकर्ड तोडेका थिए। एबि डी भिल्लीएर्सले २०१५ मा वेस्टइन्डिज बिरुद्ध ३१ बलमा शतक बनाउदै उक्त रेकर्ड तोडेका थिए।

अन्तिम पटक २०१८ मा एण्डरसनले न्युजिल्याण्डको लागि पाकिस्तान बिरुद्ध टि-२० मा प्रतिनिधित्व गरेका थिए।

इपिएलको गत सिजन अंकतालिकामा दोश्रो स्थानमा रहँदै प्लेअफ पुगेको काठमाडौँले क्वालीफायरमा ललितपुरसंग तथा दोश्रो क्वालीफायरमा भैरहवासंग पराजित हुन पुगेको थियो।

यस्तो छ काठमाडौँ टिम :- 

यो पटक काठमाडौँले सिद्धान्त लोहनी, बिक्रम भुसाल र पुरन बिकलाई रिलिज गर्दै राष्ट्रिय क्रिकेटर अमृत भट्टराई , यु-१९ राष्ट्रिय क्रिकेटर शेर मल्ल तथा दिपेन्द्र रावतलाई टिममा भित्र्याएको छ।

केभिन ओ ब्रायन पुनः यो सिजन काठमाडौँको लागि खेल्दैछन्

यस्तै यो पटक काठमाडौँले आफ्नो मार्की खेलाडी समेत रहेका सोमपाल कामि चितवन टाइगर्सलाई ‘ट्रेड’ गर्दै चितवन टाइगर्सका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरीलाई टिममा भित्र्याएको छ। यस्तै खेलाडीहरु रिप्लेसमेन्टको नियम अनुसार यो पटक काठमाडौँ किंग्स-११ ले हाल क्यानडामा रहेका आफ्नो ब्याट्सम्यान नरेश बुढायरको सट्टा सुबास खकुरेललाई टिममा लिएको छ। यस्तै हाल जापानमा रहेका देब्रे हाते स्पिनर सुशील कंडेलको सट्टा अन्डर-१९ राष्ट्रिय क्रिकेटर तिब्र गति बलर आकाश चन्दलाई टिममा भित्र्याएको छ।

काठमाडौँ किंग्स-११ टिम : सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, अमर सिंह रौटेला, सुबास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, दिपेन्द्र रावत, विदेशी खेलाडी –  केभिन ओ ब्रायन, कोरे एण्डरसन ( अन्य विदेशी खेलाडी घोषणा हुन बाँकी )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy