इपिएल : विस्फोटक न्युजिल्यान्ड ब्याट्सम्यान एण्डरसन काठमाडौँमा आबद्ध

इपिएल टिम काठमाडौँ किंग्स-११ ले न्युजिल्याण्डका विस्फोटक ब्याट्सम्यान कोरे एण्डरसनलाई दोश्रो विदेशी खेलाडीको रुपमा आवद्ध गरेको छ।

इपिएल आगामी महिना मार्च १४ देखि काठमाडौँमा सुरु हुँदैछ।

यस अघि काठमाडौँले अघिल्लो सिजन खेलेका आयरल्याण्ड क्रिकेटर केभिन ओ ब्रायनलाई पुनः आबद्ध गरेको घोषणा गरिसकेको छ।

२९ वर्षीय एण्डरसनले न्युजिल्याण्डको लागि १३ टेस्ट, ४९ एकदिवसीय र ३१ टि-२० खेलीसकेका छन्। टेस्टमा ३२ को औशतले ६ सय ८३ रन, एकदिवसीयमा २७ को औशतले १ हजार १ सय ९ रन तथा टि-२० मा २४ को औशतले ४ सय ८५ रन बनाएका छन्। टेस्ट र एकदिवसीयमा १/१ शतक उनको नाममा रहेको छ।

२०१४ मा वेस्ट इन्डिज बिरुद्ध ३६ बलमा शतक बनाउदै उनले शहिद अफ्रिदीले १९९६ मा बनाएको सबैभन्दा छिटो एकदिवसीय शतकको रेकर्ड तोडेका थिए। एबि डी भिल्लीएर्सले २०१५ मा वेस्टइन्डिज बिरुद्ध ३१ बलमा शतक बनाउदै उक्त रेकर्ड तोडेका थिए।

अन्तिम पटक २०१८ मा एण्डरसनले न्युजिल्याण्डको लागि पाकिस्तान बिरुद्ध टि-२० मा प्रतिनिधित्व गरेका थिए।

इपिएलको गत सिजन अंकतालिकामा दोश्रो स्थानमा रहँदै प्लेअफ पुगेको काठमाडौँले क्वालीफायरमा ललितपुरसंग तथा दोश्रो क्वालीफायरमा भैरहवासंग पराजित हुन पुगेको थियो।

यस्तो छ काठमाडौँ टिम :- 

यो पटक काठमाडौँले सिद्धान्त लोहनी, बिक्रम भुसाल र पुरन बिकलाई रिलिज गर्दै राष्ट्रिय क्रिकेटर अमृत भट्टराई , यु-१९ राष्ट्रिय क्रिकेटर शेर मल्ल तथा दिपेन्द्र रावतलाई टिममा भित्र्याएको छ।

केभिन ओ ब्रायन पुनः यो सिजन काठमाडौँको लागि खेल्दैछन्

यस्तै यो पटक काठमाडौँले आफ्नो मार्की खेलाडी समेत रहेका सोमपाल कामि चितवन टाइगर्सलाई ‘ट्रेड’ गर्दै चितवन टाइगर्सका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरीलाई टिममा भित्र्याएको छ। यस्तै खेलाडीहरु रिप्लेसमेन्टको नियम अनुसार यो पटक काठमाडौँ किंग्स-११ ले हाल क्यानडामा रहेका आफ्नो ब्याट्सम्यान नरेश बुढायरको सट्टा सुबास खकुरेललाई टिममा लिएको छ। यस्तै हाल जापानमा रहेका देब्रे हाते स्पिनर सुशील कंडेलको सट्टा अन्डर-१९ राष्ट्रिय क्रिकेटर तिब्र गति बलर आकाश चन्दलाई टिममा भित्र्याएको छ।

काठमाडौँ किंग्स-११ टिम : सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, अमर सिंह रौटेला, सुबास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, दिपेन्द्र रावत, विदेशी खेलाडी –  केभिन ओ ब्रायन, कोरे एण्डरसन ( अन्य विदेशी खेलाडी घोषणा हुन बाँकी )





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]