यी हुन् विश्वकै मोटा क्रिकेटर जो भारत बिरुद्ध वेस्टइन्डीज टेस्ट टिममा छन्

वेस्टइन्डिजले भारत बिरुद्ध आगामी २ टेस्टको सिरिजको लागि १३ सदस्यीय टिमको घोषणा गरेको छ। अगस्ट २२ देखि पहिलो टेस्ट एन्टीगुवामा खेलिनेछ।

विन्डीज टिमको घोषणा हुँदा स्पिन बलिंग अल-राउण्डर रखिम कर्नवालले पनि मौका पाएका छन्। टिममा क्रिस गेलले भने मौका पाएनन् जो भारतको जारि वेस्टइन्डिज टुर पछि सन्यास लिने तयारीमा रहेका छन्।

को हुन् कर्नवाल 

पहिलो पटक विन्डीज टिममा मौका पाएका २६ वर्षीय कर्नवालले वेस्टइन्डिज ए टिमको लागि निरन्तर राम्रो प्रदर्शन गरेपछि टिममा स्थान बनाएका हुन्। उनि ब्याट र बल दुवैबाट समर्थकहरुको मन जित्ने क्षमता राख्नछन्।

भर्खरै सम्पन्न भारत ए र वेस्टइन्डीज ए टिम बीच खेलमा कर्नवालए राम्रो प्रदर्शन गरेका थिए। २ वटा टेस्टमा उनले २ वटा अर्धशतक तथा ४ विकेट समेत लिए। विन्डीजको पछिल्लो ४ दिने क्रिकेट प्रतियोगितामा उनि सबैभन्दा बढी विकेट लिने खेलाडी रहेका थिए जसले ९ खेलमा ५४ विकेट लिएका थिए।

कर्नवालको चर्चा हुनुको सबैभन्दा मुख्य कारण उनको प्रदर्शन त छदैछ उनको तौल र उचाई हो। उनको तौल झन्डै १४० केजी रहेकोछ भने उचाई ६ फिट ६ इन्च रहेको छ। उनले भारत बिरुद्ध डेब्यु गरे विश्वकै सर्वाधिक तौल भएका क्रिकेटर बन्नेछन्।

२०१७ मा भारतीय टिमले वेस्टइन्डिज टुर गर्दा अभ्यास  खेलमा उनले बिराट कोहली, चेतेश्वर पुजारा र अजिंक्या रहानेको सहित ५ विकेट लिएर चर्चामा आएका थिए। एन्टीगुवामा जन्मिएका कर्नवालको अजंगको शरीर भारत बिरुद्ध उत्रिएमा उनको चर्चा अझ चुलिनेछ।

वेस्टइन्डिज क्रिकेट बोर्डका प्रमुख छनौटकर्ता रोबर्ट हेनसका अनुसार रखिमको बलमा निकै राम्रो टर्न संगै बाउन्स समेत रहेको छ। यस्तै उनमा ब्याटिंग क्षमता समेत राम्रो रहेको छ-

“रखिमले लामो समय देखि राम्रो प्रदर्शन गर्दै आएका छन् र आफुलाई म्याच विनरको रुपमा प्रमाणित गरिसकेका छन्। हामिले विश्वास गरेका छौँ टेस्ट टिममा रहंदा उनको क्षमताको परिक्षा हुनेछ।” रोबर्टले बताए “उनको बलिंगमा धारिलो टर्न र अतिरिक्त बाउन्स रहेको छ भने उनि टिममा हुँदा ब्याटिंग गहिराइ समेत बढ्नेछ त्यसैले हामि उनको प्रदर्शन हेर्न उत्साहित रहेका छौँ”

क्रिकेटलाई फिटनेसको खेल मानिदै गर्दा कर्नवालले क्रिकेटको सबैभन्दा लामो फर्म्याटमा आफुलाई कसरि उभ्याउलान् पनि हेर्न रोचक मानिएको छ।

वेस्टइन्डिजले कर्नवालको तौल घटाउने प्रयास पनि गत वर्ष गरेको थियो र उनको लागि विशेष प्लान समेत बनाईएको थियो। त्यसले खासै काम नगरे पनि विन्डीज टिम उनको तौल भन्दा लगातार राम्रो प्रदर्शनले खुसि रहेको छ।

कर्नवालले हालसम्म ५५ प्रथम श्रेणी क्रिकेटमा १ शतक र १३ अर्धशतक मदतले २ हजार २ सय २४ रन बनाएका छन् भने २३.६ को औशतमा २६० विकेट समेत लिईसकेका छन्। यस्तै लिस्ट ए क्रिकेटमा ४८ खेलमा १,२४० रन बनाउदा ५६ विकेट पनि लिएका छन्।

भारतबिरुद्ध वेस्टइन्डिज टेस्ट टिम 

जेसन होल्डर ( कप्तान ) , क्रेग ब्राथवेट, डेरेन ब्राभो, शामाराह ब्रुक्स, जोन क्याम्पवेल, रोस्टन चेज, रखिम कर्नवाल, शेन डोरिच, श्यानोन ग्याब्रीयल, शिमरोन हेटमायर, शाइ होप, केमो पौल, केमर रोच

फोटोहरुमा हेर्नुस कर्नवाल कस्ता छन् 

 





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]