डब्लुडब्लुएफ र ईसेवाको दोहोरो जित : कर्पोरेट इन्डोर क्रिकेट

  • विकेटनेपाल, भदौ ९ 

कोटेश्वर स्थित अल्टिमेट इन्डोर क्रिकेटमा जारि पाँचौ कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन ७ वटा खेलहरु सम्पन्न भएका छन् जसमा डब्लुडब्लु एफ, ईसेवा, मुक्तिनाथ विकास ब्यांक , सिटिजन्स ब्यांक र जनता ब्यांकले जित हात पारेका छन्।

दिनको पहिलो खेलमा जित दर्ता गर्ने क्रममा डब्लुडब्लुएफले वर्ल्डलिंकलाई ३२ रनले पराजित गर्यो। यस्तै आजैको खेलमा डब्लुडब्लु एफले दोश्रो जित हात पार्ने क्रममा माछापुच्छ्रे ब्यांकलाई ७१ रनले पराजित गर्यो। डब्लुडब्लु एफको लागि पहिलो खेलमा दिपक उपाध्याय तथा दोश्रो खेलमा शैलेश भट्टराई एक्सप्रेस मार्ट म्यान अफ द म्याच घोषित भए।

यस्तै दिनको दोश्रो खेलमा मुक्तिनाथ विकास ब्यांकले प्रभु म्यानेजमेन्टलाई ५४ रनले पराजित गर्यो। खेलको म्यान एक्सप्रेस मार्ट म्यान अफ द म्याच केशब गिरि घोषित भए। शनिबारै सम्पन्न अर्को खेलमा जनता ब्यांकले सानिमा हाइड्रोलाई ६५ रनले पराजित गर्यो।खेलको म्यान एक्सप्रेस मार्ट म्यान अफ द म्याच निशील ढकाल घोषित भए।

दिनको अर्को खेलमा ईसेवाले मुक्तिनाथ बिकाश ब्यांक र मेगा ब्यांकलाई पराजित गर्यो। पहिलो खेलमा अशरफ दिन तथा दोश्रो खेलमा पवन मान मालेगो एक्सप्रेस मार्ट म्यान अफ द म्याच घोषित भए।

दिनको अन्तिम खेलमा सिटिजन्स ब्यांकले अन्नपूर्ण मिडिया हाउसलाई ४५ रनले पराजित गर्यो। खेलमा रजत श्रेष्ठ एक्सप्रेस मार्ट म्यान अफ द म्याच घोषित भए।

अल्टिमेट इन्डोर क्रिकेटको आयोजनामा जारि प्रतियोगितामा १५ टिम सहभागी छन्। प्रतियोगितामा अघिल्लो संस्करणको बिजेता सेन्चुरी ब्यांक सहित मुक्तिनाथ विकास ब्यांक, ई-सेवा, मेघा ब्यांक, प्रभु म्यानेजमेन्ट, जनता ब्यांक, सानिमा हाइड्रो, सिटिजन्स ब्यांक, अन्नपूर्ण पोस्ट, माछापुच्छ्रे ब्यांक, डब्लुडब्लुएफ, एनएमबि ब्यांक, वर्ल्डलिंक, सेन्चुरी ब्यांक, श्री एअरलायन्स, एनआईबिएल एस क्यापिटल सहभागी छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy