यस्तो छ पहिलो सिपिएएन् क्रिकेट अवार्डको तिन विधाको मनोनयन

  • विकेटनेपाल – १९ फाल्गुन, आइतवार

क्रिकेट खेलाडी संघ नेपाल ( सिपिएएन् ) र एनसिसिएसको आयोजनामा हुन लागेको पहिलो  एनसिसिएस सिपिएएन् क्रिकेट अवार्डको तिन विधाको मनोनयन सार्वजनिक सार्वजनिक गरिएको छ।

आउँदो मंगलवार आयोजना हुने अवार्ड समारोहका लागि तिन विधातर्फ को मनोनयन सार्वजनिक गरिएको हो। बर्ष खेलाडी पुरुष, बर्ष खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडीको लागि १५ खेलाडीको नाम सार्वजनिक भएको छ।

राष्ट्रिय टोलीका खेलाडीको बर्चस्व रहेको बर्ष खेलाडी पुरुषको मनोनयन तर्फ राष्ट्रिय टोलीका कप्तान पारस खड्कासंगै सन्दिप लामिछाने, करन केसी, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरी रहेका छन्।

Sompal Kami
Sompal Kami ( Photo – Thanational.ae ) 

यस्तै बर्ष खेलाडी महिला तर्फको मनोनयनमा महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रिसंगै इन्दु बर्मा, करुना भण्डारी, सरिता मगर र सिता राना मगर रहेका छन्।

उता उदयीमान क्रिकेट खेलाडीको मनोनयनमा अभिनाश बोहरा, सुन्दिप जोरा, ललित राजबंशी, रोहित कुमार पौडेल र कबिता कुँवर रहेका छन्।

वर्ष खेलाडी पुरुषले १ लाख ३२ हजार अन्य दुई विधाका विजेताले ६६ हजार प्राप्त गर्नेछन्। यस बाहेक क्रिकेटसँग सम्बन्धित एक व्यक्तिगतलाई क्रिकेटमा पुर्‍याएको योगदानको आधारमा लाइफटाइम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिनेछ।

मनोनयन छनोट गर्नका लागि ७ सदस्यीय प्राविधिक छनोट समिति गठन गरि सो समितिले तयार गरेको मापदण्डका आधारमा मनोनयन सार्वजनिक गरिएको हो।

प्राविधिक समितिमा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत बहादुर टमाटा, महिला राष्ट्रिय टोली तथा यू-१९ युवा टोलीका प्रशिक्षक बिनोद दास, अम्पाएर बिनय कुमार झा, अम्पाएर दुर्गानाथ सुबेदी, राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटी र नेपाल खेलकुद पत्रकार मंचबाट सुबाश हुमागाईं र सरिता श्रेष्ठ सम्मिलित थिए।

अवार्ड समारोह आउने मंगलवार दिउँसो १:३० बजेबाट कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ।

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]