सिसिएल : दिनेश आग्रीको ह्याट्रिक विकेटमा केसीसीको जित

काठमाडौं – एडिया कान्तिपुर सिटि कलेज (केसीसी) र काठमाडौं विश्वविद्यालयले गोल्डेन गेट कलेज क्रिकेट लिगको पहिलो दिन जित हासिल गरेका छन् ।

किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा एडिया केसीसीले अर्किड इन्टरनेसनल कलेजलाई ५ विकेटले हरायो । टस जितेर ब्याटिङको निम्तो पाएको अर्किडले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमात्र जोड्न सक्यो ।

केसीसीका दिनेश आग्रीले ह्याट्रिकसहित ४ विकेट लिएपछि अर्किड सामान्य स्कोरमा समेटिएको थियो । अर्किडका सचिन अधिकारीले २८ बलमा ३ चौका र १ छक्कसहित ३० रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

Dinesh Agri
Dinesh Agri

शीर्षक्रममा हेमन्त ओली १४ र निश्चल अर्याल १६ रन जोडेपनि तल्लोक्रमले राम्रो प्रदर्शन गर्न सकेनन् । अर्किडका दिनेशले १७ औं ओभरको तेस्रो चौथो र पाँचौ बलमा महेश खत्री, चन्द्रकान्त पौडेल र सुमन हुमागाईंलाई लगातार आउट गर्दै ह्याट्रिक लिए । उनले समग्रमा २२ रन खर्चेर ४ विकेट हात पारे । सुवास बुढाले २ तथा नगेन्द्र उपाध्याय, ध्रुब पन्थी र संजय यादवले १-१ विकेट लिए ।

जवाफमा केसीसीले १८.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । दिनेश आग्रीले सातौं नम्बरमा आएर १४ बलमा नटआउट २३ रन जोडेपछि जितसम्म पुगेको थियो । दिनेशले २ चौका र विजयी छक्का प्रहार गरे । विरेन्द्र बम १३ रनमा नटआउट रहँदा ओपनर रमेश भट्टले २२ रनको योगदान दिए । केसीसीका सन्तोष साह ९, नगेन्द्र उपाध्याय ८ र दीपेन्द्र एरि ११ रनमा आउट हुँदा लोकेन्द्र चन्दले खाता खोल्न सकेनन् । सुमन हुमागाईंले २ तथा चन्द्रकान्त पौडेल र विज्ञान गौतमले १-१ विकेट लिए ।

केयुको फराकिलो जित 

त्यस्तै दोस्रो खेलमा काठमाडौं विश्वविद्यालय (केयु) ले नेपाल बन कलेजमाथि १ सय १७ रनको फराकिलो जित दर्ता गर्यो ।

Dinesh Budha Magar

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको केयुले दुई अर्धशतकको मदतले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८८ रनको विशाल योगफल तयार पार्यो । केयुका लागि प्रविन रिजाल र दिनेश बुढामगरले अर्धशतक प्रहार गरे ।

ओपनर प्रविनले ५१ बलमा ६ चौकाको मदतले ५१ रन जोडे । उनले दोस्रो विकेटका लागि ५० रन जोडेका दिनेशसँग ९६ रनको साझेदारी गरे । दिनेशले ३७ बलमा ६ चौका र १ छक्कासहित ५० रन जोडे । कप्तान इशान पाण्डेले १४ बलमा ३ चौका र २ छक्कासहित ३२ रन जोड्दा रविन जोशीले १४ रन जोडे । बनका जय साउदले ३ तथा युन्तेन लामाले २ विकेट लिए ।

विशाल लक्ष्य पछ्याउने क्रममा बन कलेज १२.५ ओभरमा ७१ रन जोड्दै अलआउट भयो । बनका लागि अहमदले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । केयुको घातक बलिङसामु ५ ब्याट्सम्यान खाता नखोल्दै पेभेलियन फर्किए ।

रुपेश श्रीवास्तव र सोमु देवकोटाले २-२ विकेट लिए । नविन यादवले २ तथा अर्पण क्षेत्री र सागर शर्माले १-१ विकेट हात पारे ।

Dinesh Budha Magar of Kathamandu University

उपत्यकाका १२ कलेज सहभागी प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिरिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रायोजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् ।८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको अनुमानित लागत रु ३० लाख रहेको छ ।

प्रतियोगिताको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाले गरेका थिए । उद्घाटन समारोहमा हिसानका अध्यक्ष रमेश सिलवाल, त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्ली उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

सहभागि कलेजहरुलाई चार समुहमा विभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।

समुह ‘क’ मा अर्किड इन्टरनेशनल कलेज, कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् भने समुह ‘बी’ मा काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन्। यस्तै समुह सी मा नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस रहेका छन् । समुह डी मा गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]