दोश्रो खेलमा पनि सन्दिपले लिए १ विकेट, क्याच छुट्दा दोश्रो विकेट लिन चुके

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत लगातार दोश्रो खेलमा नेपाली स्पिनर सन्दिप लामिछानेले राम्रो बलिंग गरेका छन्। ट्रिनबागो नाइट राइडर्स बिरुद्ध दोश्रो खेल खेल्ने क्रममा सन्दिपले १ विकेट लिए।

खेलमा पहिले ब्याटिंग गर्दै जमैकाले १३५ रन मात्र बनाउन सकेपछि १३६ रनको लक्ष्य रक्षा गर्ने क्रममा ट्रिनबागो सहज जिततर्फ अघि बढ्दा सन्दिपले महत्वपूर्ण १ विकेट दिलाए र कुनै पनि महँगो ओभर गरेनन्।

कस्तो रह्यो सन्दिपको प्रदर्शन

पहिलो खेलमा १ विकेट लिएका सन्दिपले दोश्रो खेलमा पनि १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे।

सन्दिपको पहिलो ओभर : ४ रन ( ० , १ लेगबाई, १ , १ लेगबाई , १ , ० )

नवौं ओभरमा पहिलो ओभर लिएर आएका सन्दिपले उत्कृस्ट सुरुवात गर्ने क्रममा पहिलो ओभरमा मात्र २ रन खर्चिएका थिए। लगातार आक्रामक ब्याटिंग गरिरहेका सुनिल नारायण र कोलिन मुनरोलाई सन्दिपले ओभरमा नियन्त्रणमा राखे। ओभरमा कुल ४ रन मात्र आयो जसमध्ये २ रन लेग बाइमार्फत आएको थियो।

सन्दिपको दोश्रो ओभर :- ११ रन दिएर १ विकेट ( २ , १ , ६ , १ , विकेट , १ )

लगत्तै स्पेलमा ११ औं ओभरमा बलिंग गरेका सन्दीपले पाँचौ बलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणलाई पाँचौ बलमा क्याच आउट गराउदै महत्वपूर्ण सफलता दिलाए। स्लग स्विप खेल्ने क्रममा ब्याटको माथिल्लो किनारा लागेपछि सन्दिपले ५३ रन बनाएका नारायणलाई शान्त गराएका थिए। यस अघि ओभरको तेश्रो बलमा सन्दिपलाई कोलिन मुनरोले छक्का प्रहार गरेका थिए। ११ रन खर्चेर सन्दिपले मुनरो र नारायण बीचको ७५ रनको साझेदारी तोड्दै जमैकालाई खेलमा फर्काए।

सन्दिपको तेश्रो ओभर :– ७ रन ( ० , ४ , १ , ० , १ , १ )

१३ औं ओभरमा सन्दिपलाई दोश्रो बलमा डेरेन ब्राभोले चौका प्रहार गरे। त्यस बाहेक सन्दिपले ओभरमा नियन्त्रित बलिंग गरे र २ डट बल गर्दै कुल ७ रन खर्चिए। एक किनारमा लगातार दबाब दिने काम सन्दिपले निरन्तर गरे।

सन्दिपको चौथो ओभर :- १० रन ( १ , ४ , २ , ० , १ , २ ) 

१५ औं ओभरमा सन्दिपले दोश्रो विकेट लिन चुके। तेश्रो बलमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउन पुग्दा सन्दिप निरास भए। त्यसको ठिक अघिको बलमा मुनरोले चौका हिर्काएका थिए। ओभरमा सन्दिपले कुल १० रन खर्चिए र स्पेल अन्त्य गरे।

https://wicketnepal.com/trinbago-2nd-win-cpl-wn20/

पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध सदिपको प्रदर्शन 

यस अघि सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध सन्दिपले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। पहिलो खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएका थिए। यस क्रममा २५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराएका थिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/19-mahina-dekhi-talab-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/rajasthan-punjab-prasthan-uae-wn20/

https://wicketnepal.com/cpl-t20-m3-report-wn20/

https://wicketnepal.com/sa-cricket-2-play-covid-19-wn20/

https://wicketnepal.com/aaron-finch-target-2023-wc-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy