CPL : जमैकाको नवौं खेल आज बार्बेडोस बिरुद्ध, यसकारण छ महत्वपूर्ण

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित जमैका तलावाजले आफ्नो नवौं खेलमा शनिवार बार्बेडोस ट्राइडेन्ट्स बिरुद्ध खेल्दैछ। जमैका लिगको सेमीफाइनल प्रवेश गरिसकेको छ भने बार्बेडोस सेमीफाइनल दौडबाट बाहिरीसकेको छ। लिगको सेमीफाइनलमा ट्रिनबागो २ खेल खेल्न बाँकी रहँदै पहिलो स्थानमा रहँदै प्रवेश गरिसकेको छ। गायना, सेन्ट लुसिया र जमैका सेमीफाइनल पुगीसके पनि अंकतालिकामा दोश्रो, तेश्रो र चौथो स्थानमा कुन टिम हुने टुंगो लाग्न बाँकी रहेको छ।

खेल : जमैका तलावाज VS बार्बेडोस ट्राइडेन्ट्स

मिति र समय : सेप्टेम्बर ५ , १२:०० बजे राति ( नेपाली समय )

मैदान : ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एण्ड टोबागो

अन्तिम ५ खेलको नतिजा : जमैका ३ – २ बार्बेडोस

लाइभ कहाँ हेर्ने : नेपालमा सिपिएल टि-२० को खेल टिभीमा स्टार स्पोर्ट्समा हेर्न सकिन्छ। यस्तै सीपीएल टि-२० को Faebook तथा Youtube मा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, भिरास्यामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

बार्बेडोस ट्राइडेन्ट्स टिम :  राशिद खान, जेसन होल्डर, कोरे एण्डरसन, शम्राह ब्रुक्स, मिचेल स्यान्टनर, जोन्सन चार्ल्स, शाइ होप, हेडन वाल्स, यसले नर्स, जोनाथन कार्टर, रेमन रिफर, कल मेयर्स, जोशुवा बिशप, नईम योंग, जस्टिन ग्रेभ्स, केन हार्रडिंग, शायाँ जहाँगिर

जमैकाको लागि यसकारण महत्वपूर्ण छ खेल

लिगको सेमीफाइनलमा अंकतालिकामा पहिलो र चौथो स्थानमा रहने टिम तथा दोश्रो र तेश्रो हुने टिम बीच प्रतिस्पर्धा हुनेछ। यदी जमैका अंकतालिकामा चौथो रह्यो भने उसले सेमीफाइनलमा ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्नुपर्नेछ। लिगमा ८ वटै खेल जितेर अपराजित ट्रिनबागोसंग सेमीफाइनलमा भेट्न कुनै पनि टिम चाहनेछैन। जमैका तलावाज लिग चरणमा खेलेको दुवै खेलमा ट्रिनबागोसंग पराजित भएको थियो। पहिलो खेलमा ७ विकेटले तथा दोश्रो खेलमा १९ रनले पोलार्ड कप्तानीको ट्रिनबागोले जमैकालाई पराजित गरेको थियो।

जमैका अंकतालिकामा चौथो स्थानबाट तेश्रो स्थानमा उक्लने हो भने डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सले बाँकी दुवै खेलमा हार्नु पर्नेछ भने त्यसको साथै जमैकाले दुवै खेलमा जित्नु पर्नेछ। त्यसो भएको खण्डमा जमैकाको ११ अंक हुनेछ भने सेन्ट लुसियाको १० अंक हुनेछ। यस्तो भए सेमीफाइनलमा जमैकाले तुलनात्मक रुपमा ट्रिनबागो भन्दा कमजोर गायनासंग प्रतिस्पर्धा गर्नेछ। जमैकाले लिगमा गायनालाई १ खेलमा पराजित गरेको थियो भने १ खेलमा हार बेहोरेको थियो।

लिगमा जमैकाको हालसम्मको नतिजा  ( ८ खेलमा ३ जित, ४ हार, १ नतिजाविहिन )

पहिलो खेल Vs सेन्ट लुसिया – ५ विकेटले विजयी 

दोश्रो खेल Vs ट्रिनबागो – ७ विकेटले पराजित

तेश्रो खेल Vs गायना – १४ रनले पराजित

चौथो खेल Vs गायना – ५ विकेटले विजयी 

पाँचौ खेल Vs बार्बेडोस – ३६ रनले पराजित 

छैठौं खेल Vs सेन्ट किट्स – ३७ रनले विजयी 

सातौँ खेल Vsट्रिनबागो – १९ रनले पराजित 

आठौँ खेल Vs सेन्ट किट्स – नतिजाविहिन 

बार्बेडोस ट्राइडेन्ट्सको हालसम्मको नतिजा ( ९ खेलमा २ जित र ७ हार ) 

पहिलो खेल Vs सेन्ट किट्स – ६ रनले विजयी 

दोश्रो खेल Vs सेन्ट लुसिया – ७ विकेटले पराजित

तेश्रो खेल Vs ट्रिनबागो – १९ रनले पराजित 

चौथो खेल Vs सेन्ट किट्स – ६ विकेटले पराजित 

पाँचौ खेल Vs जमैका  – ३६ रनले विजयी 

छैठौं खेल Vs बार्बेडोस –२ विकेटले पराजित 

सातौँ खेल Vs सेन्ट लुसिया – ३ रनले पराजित 

आठौँ खेल Vs गायना – ८ विकेटले पराजित

नवौं खेल Vs गायना – ६ विकेटले पराजित 

जमैकाको लयमा रहेका २ खेलाडी 

१. ग्लेन फिलिप्स : प्रतियोगिताकै सर्वाधिक रनकर्ता फिलिप्सले ७ खेलमा ४१.३३ को स्ट्राइक रेटले २४८ रन बनाएका छन्। यस क्रममा २ अर्धशतक बनाएका न्युजिल्यान्डका दायाँ हाते विकेटकिपर ब्याट्सम्यानले सेन्ट किट्स बिरुद्ध अघिल्लो खेलमा अविजित ७९ रन बनाएका थिए। ओपनिंग ब्याटिंग गर्दै लामो समय क्रिजमा जम्न सक्ने फिलिप्सले सेन्ट लुसिया बिरुद्ध ४४, ट्रिनबागो बिरुद्ध पहिलो खेलमा ५८ तथा दोश्रो खेलमा ४१ रन बनाएका थिए।

ग्लेन फिलिप्स र सन्दिप लामिछाने

२. सन्दिप लामिछाने : लिगमा शानदार लयमा रहेका नेपाली गुग्ली ब्वाईले ७ खेलमा १० विकेट लिईसकेका छन्। लिगकै चौथो सर्वाधिक विकेटकर्ता सदिपले यस क्रममा ४.८५ प्रतिओभर रन खर्चेका छन्। लिगमा सन्दिप पाँचौ सबैभन्दा किफायती बलर हुन्। सन्दिपले लिगमा गायना, बार्बेडोस र सेन्ट किट्स बिरुद्ध खेलमा २/२ विकेट लिएका थिए। गायना बिरुद्ध खेलमा सन्दिपले मात्र ८ रन खर्चेर २ विकेट लिएका थिए जुन जारि लिगकै तेश्रो किफायती स्पेल हो।

बार्बेडोसको लयमा रहेका २ खेलाडी 

राशिद खान : लिगमा ९ खेलमा १० विकेट लिएका लेग स्पिनर सर्वाधिक विकेटकर्ताको सूचिमा पाँचौ स्थानमा सन्दिप लामिछाने, केसरिक विलियम्स र रायद इम्रिटसंगै रहेका छन्। यसक्रममा राशिदले लगातार किफायती बलिंग गरेका छन् र ६.७१ रन प्रतिओभर खर्चेका छन्। जमैका बिरुद्ध लिग चरणको खेलमा उनले ३३ रन खर्चेर २ विकेट लिएका थिए।

जोन्सन चार्ल्स र राशिद खान

जोन्सन चार्ल्स : सर्वाधिक रनकर्ताको सूचीमा छैठौं स्थानमा रहेका विलियम्सले ९ खेलमा २३.७७ को औशतले २१४ रन बनाएका छन्। उनले सर्वाधिक ५२ रन ट्रिनबागो बिरुद्ध बनाएका थिए। ट्रिनबागो बिरुद्धनै दोश्रो खेलमा उनले ४७ रन बनाएका थिए। सेन्ट लुसिया बिरुद्ध उनले ३९ र ३५ रन बनाएका थिए। दायाँ हाते ओपनिंग ब्याट्सम्यानले जमैकासंग भने मात्र ३ रन बनाउन सकेका थिए।

लिगमा सन्दिप लामिछानेको हालसम्मको प्रदर्शन 

लिगमा शानदार लय देखाइरहेका नेपाली लेग स्पिनरले ८ खेलमा ७ इनिंगमा बलिंग गर्दै १० विकेट लिईसकेका छन्। प्रतियोगिताकै सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप पाँचौ स्थानमा राशिद खान, केसरिक विलियम्स र रायद इम्रिटसंगै रहेका छन्। यस क्रममा सन्दिपले मात्र ४.८५ प्रतिओभर रन खर्चेका छन् जुन लिगकै पाँचौ उत्कृस्ट हो। सन्दिपले गायना बिरुद्ध ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिएका थिए जुन लिगकै तेश्रो किफायती बलिंग स्पेल हो।

मध्यम ओभरहरुमा बलिंग गरिरहेका सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध १ विकेट, तेश्रो खेलमा गायना अमेजन वारियर्स बिरुद्ध २ विकेट, चौथो खेलमा गायना बिरुद्धनै १ विकेट, पाँचौ खेलमा बार्बेडोस बिरुद्ध २ विकेट तथा छैठौं खेलमा सेन्ट किट्स बिरुद्ध २ विकेट तथा सातौँ खेलमा ट्रिनबागो बिरुद्ध १ विकेट लिएका थिए। सेन्ट किट्स बिरुद्ध नतिजाविहिन रहेको खेलमा सन्दिपले बलिंग गर्नपाएनन्।

पहिलो खेल ( सेन्ट लुसिया बिरुद्ध, ४-०-२३-१ )  खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएका थिए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। २५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

दोश्रो खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-३०-१ ) सन्दिपले दोश्रो खेलमा पनि मात्र १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे। १५ औ ओभरमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउदा उनि दोश्रो विकेट लिन चुकेका थिए।

तेश्रो खेल ( गायना बिरुद्ध , ४-०-८-२ ) मुजिब उर् रहमानले लगातार विकेट लिएपछि दबाबमा रहेको गायनालाई सन्दिपले नवौं ओभरमा मात्र २ रन खर्चेर झनै दबाब थपेका थिए। त्यसपछि दोश्रो ओभरको दोश्रो बलमा शरफेन रथरफोर्डको विकेट लिएका उनले मात्र १ रन खर्चिए। तेश्रो ओभरमा रस टेलर र किमो पौललाई रन बनाउन रोक्ने क्रममा ३ रन खर्चिएपछि स्पेलको अन्तिम ओभरमा सन्दिपले कप्तान क्रिस ग्रिनलाई बोल्ड गर्दै दोश्रो विकेट लिए। चौथो ओभरमा पनि उनले २ रन मात्र खर्चे।

सन्दिपले लिगमा कुल १० विकेट लिएका छन्

चौथो खेल ( गायना बिरुद्ध, ४-०-१२-१ ) लगातार दोश्रो खेल गायना बिरुद्ध खेल्ने क्रममा सन्दिपले पुनः कन्जुस्याइँपूर्ण बलिंग गरे। ४ ओभरमा १२ रन खर्चेका सन्दिपले दोश्रो खेलमा पनि शरफेन रथरफोर्डलाई क्याच आउट गराए। १० औं ओभरमा बलिंग सुरु गरेका सन्दिपले पहिलो ओभरमा ३ रन, दोश्रो ओभरमा ४ रन , तेश्रो ओभरमा १ रन तथा चौथो ओभरमा ४ रन खर्चे। यस क्रममा १६ वटा डट बल फालेका सन्दिपले दोश्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए।

पाँचौ खेल ( बार्बेडोस बिरुद्ध, ४-०-१६-२ ) पाँचौ खेलमा अझ राम्रो बलिंग गर्ने क्रममा सन्दिपले १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले राशिद खान र एसले नर्सको विकेट लिए। खेलमा सन्दिपले मात्र एउटा चौका दिए। स्पेलको चौथो ओभरमा मिचेल स्यान्टनरले हिर्काउनु अघि सन्दिपले ७४ बलमा चौका/छक्का नै दिएका थिएनन्। अघिल्लो २ खेलमा सन्दिपको स्पेल बाउन्ड्रीविहिन रहेको थियो। स्पेलको सुरुवात शानदार गरेका सन्दिपले पहिलो ओभरमा ३ रन, दोश्रो ओभरमा १ रन , तेश्रो ओभरमा ४ रन तथा चौथो ओभरमा ८ रन खर्चेका थिए।

छैठौं खेल ( सेन्ट किट्स बिरुद्ध, ४-०-२७-२ ) सेन्ट किट्स बिरुद्ध टिमले जित हात पार्दा सन्दिपले २ विकेट लिए। पछिल्लो खेलहरु भन्दा बढी रन खर्चेका सन्दिपले स्पेलको तेश्रो र चौथो ओभरमा इभिन लुइस र इश सोढ़ीको विकेट लिए। पहिलो ओभरमा ७ रन तथा दोश्रो ओभरमा १० रन खर्चिएका उनले तेश्रो ओभरमा २ रन खर्चेर १ विकेट तथा चौथो ओभरमा ८ रन खर्चेर १ विकेट लिए।

सातौँ खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-२०-१ ) लगातार राम्रो बलिंग गर्ने क्रममा सन्दिपले १ विकेट लिन ४ ओभरमा २० रन खर्चिए। यस क्रममा उनले लेन्डल सिमोन्सको महत्वपूर्ण विकेट लिएका थिए। अन्य बलरहरु महँगो सावित हुँदा सन्दिपले सबैभन्दा किफायती बलिंग गरेका थिए।

आठौ खेल ( सेन्ट किट्स बिरुद्ध ) : बलिंग गरेनन्

IPL : आईपीएलबाट नाम फिर्ता लिएका ७ खेलाडीहरु र सट्टामा खेल्ने खेलाडीहरु

सनसनीपूर्ण खेलमा इंग्ल्यान्डद्वारा अस्ट्रेलिया २ रनले पराजित

आलोचना पछि बाबरले अल्कोहल ब्राण्ड अंकित जर्सी नलगाउने

चेन्नाईका भेट्रान स्पिनर हरभजनले आईपीएल नखेल्ने, कारण यस्तो

IPL : स्टेनको नाममा छ आईपीएलमा सबैभन्दा तिब्र गतिको बलिंगको रेकर्ड, जान्नुस कति थियो गति

नेपाली टिमको मुख्य प्रशिक्षक सहित १० पदको लागि क्यानद्वारा आवेदन माग

बिग ब्यास टिममा लिन स्टुवार्ट म्याकगिलको सिफारिसले सुनम उत्साहित

लंका प्रिमियर लिगको मिति घोषणा

IPL : सबैभन्दा सफल बलर मलिंगाले आईपीएल नखेल्ने, अस्ट्रेलियन बलरले प्रतिस्थापन गर्ने

जन्मदिन विशेष : प्रदिप ऐरीको सम्झनलायक १० प्रदर्शन

आरिफ शेखको ६ उत्कृस्ट ब्याटिंग प्रदर्शन





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]