सिपिएल पुरा सिजन नखेली सन्दिप फर्किदै

करेबियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेका सन्दिप लामिछानेले दोश्रो सिजन पनि पुरा सिजन खेल्न नपाउने भएका छन्।

बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गर्ने क्रममा मंगलबार छैठौं खेल खेल्ने क्रममा नेपाली लेग स्पिनरले १७ रन खर्चेर २ विकेट लिएका थिए। यो सिजन कुल ६ खेल खेल्दा सन्दिपले कुल ८ विकेट लिए। पहिलो खेलमा खुट्टामा मेडिकल क्रिमको नकारात्मक असरको कारण १ ओभर मात्र बलिंग गरेका उनले त्यसलगत्तैको खेलमा आफ्नै पुर्व टिम सेन्ट किट्स बिरुद्ध २२ रन खर्चेर ३ विकेट लिंदै पहिलो पटक सीपीएलमा प्लेयर अफ द म्याच चुनिएका थिए। त्यसपछि जमैका, सेन्ट लुसिया र गुएना बिरुद्ध उनले समान १/१ विकेट लिंदै किफायती बलिंग समेत गरे।

पाली रास्ट्रिय टिमले सेप्टेम्बर २७ देखि सिंगापुरमा खेल्ने त्रिकोणात्मक सिरिज र त्यसपछि ओमानमा ५ देश सहभागी टि-२० सिरिज खेल्नको लागि सन्दिपले सिपिएल टि-२० पुनः बिचैमा छोड्नु परेको हो।

सन्दिपले यो सिजन ६ खेल खेल्दा कुल ८ विकेट लिए

गत सिजन सीपीएलमा पनि सेन्ट किट्सको लागि सन्दिपले पुरा सिजन खेल्न पाएका थिएनन्। एसिया कप छनौट प्रतियोगिता रहेको कारण उनले मात्र ५ खेल मात्र खेलेका थिए जुन क्रममा कुल ७ विकेट लिएका थिए। गत सिजन अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, र ग्लोबल टि-२० क्यानडामा पनि सन्दिपले नेपाली टिमको खेल परेकाले पुरा सिजन खेल्न पाएका थिएनन्।

सन्दिप सेप्टेम्बर २६ तारिक विहान सिंगापुर पुग्ने नेपाली राष्ट्रिय टिम तथा सन्दिपका समेत व्यवस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका छन्। नेपाली टिम पनि बिहिबार बिहान सिंगापुर पुग्ने शिवाकोटीले बताए।

करेबियन प्रिमियर लिग अक्टोबर १२ सम्म संचालन हुनेछ। बार्बेडोस फाइनल पुगेको खण्डमा पनि ओमान सिरिजको अन्तिम खेल अक्टोबर १० मा रहेका कारण सन्दिप फर्किने सम्भावना अत्यन्त न्यून रहेको हो। लिग अंकतालिकामा चौथो स्थानमा रहेको बार्बेडोसले ६ खेल खेल्दा मात्र २ जित हात पारेको छ।

सिंगापुरमा नेपालले टेस्ट राष्ट्र जिम्बाबे र सिंगापुरसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप छनौट प्रतियोगिताको तयारीको लागि सिंगापुरले सिरिजको आयोजना गरेको हो।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सेप्टेम्बर २७ मा जिम्बाबे र २८ मा सिंगापुरसंग खेल्नेछ। त्यसपछि अक्टोबर १ मा जिम्बाबे र अक्टोबर ३ मा सिंगापुरसंग खेल्ने तालिका रहेको छ। नेपालले टेस्ट रास्ट्र समेत सहभागी सिरिजमा खेल्न लागेको यो नै पहिलो पटक हो।

बिग ब्यास, बिपीएल, ग्लोबल टि-२०, अफगानिस्तान प्रिमियर लिग जस्ता प्रतियोगिताको पनि सन्दिपले पुरा सिजन खेल्न पाएका थिएनन्।

त्रिकोणात्मक सिरिज खेलेपछि नेपाल सिंगापुर बाटै ओमान प्रस्थान गर्नेछ जहाँ नेपालले आयोजक ओमान सहित, हंगकंग, नेदरल्याण्ड, आयरल्याण्ड गरि कुल ५ टिम सहभागी हुने टि-२० सिरिज खेल्नेछ। यो सिरिज पनि ओमानले टि-२० विश्वकप छनौटको तयारीको लागि आयोजना गरेको हो।

सिंगापुर र ओमान सिरिजको लागि नेपालले बायाँ हाते ब्याट्सम्यान इशान पाण्डे र कुशल मल्ललाई पहिलो पटक टिममा मौका दिएको छ। यस्तै टिममा देब्रे हाते स्पिनर सुशन भारिले पनि कम्ब्याक गरेका छन्। यो पटक शरद भेसावकर र बसन्त रेग्मीलाई टिममा समावेश गरिएको छैन। ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण देखाउदै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए जसको स्थानमा दिपेन्द्र ऐरीले टिमको उपकप्तनी गर्नेछन्।

ओमान र सिंगापुर सिरिजको लागि १५ सदस्यीय नेपाली टोलि : १. पारस खड्का ( कप्तान ) , २. दिपेन्द्र एरि ( उपकप्तान ) , ३. सोमपाल कामि, ४. करन केसी , ५. बिनोद भण्डारी, ६. ललित राजबंशी, ७. पवन सर्राफ, ८. सन्दिप जोरा, ९. सन्दिप लामिछाने, १०. अविनाश बोहरा, ११. कुशल मल्ल , १२. रोहित पौडेल , १३. आरिफ शेख, १४. सुशन भारि , १५. इशान पाण्डे

सिंगापुर सिरिजमा नेपालको खेल तालिका : असोज १० : नेपाल Vs जिम्बावे , असोज ११ : नेपाल Vs सिंगापुर
असोज १४ : गते नेपाल Vs जिम्बावे , असोज १५ : गते नेपाल Vs सिंगापुर

ओमान सिरिजमा नेपालको खेल तालिका : असोज १९ : नेपाल Vs हङकङ , असोज २० : नेपाल Vs नेदरल्यान्ड्स , असोज २२ : नेपाल Vs आयरल्यान्ड , असोज २३ : नेपाल Vs ओमान

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]