क्यारेबियन प्रिमियर लिग ड्राफ्टमा ४ नेपाली खेलाडी

  • विकेटनेपाल – १ जेष्ठ, बुधवार

क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) को २०१९ संस्करणको खेलाडी ड्राफ्टमा ४ नेपाली खेलाडीको नाम परेको छ। सिपिएलले बुधवार सार्वजनिक गरेको खेलाडीको सुचिमा कुल ५३६ खेलाडी रहेका छन्।

यो सिजन क्यारेबियन प्रिमियर लिग अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्टइन्डिजमा आयोजना हुने बताईएको छ। अघिल्लो सिजन सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सबाट खेल्दै सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए।

सन्दिपसंगै यस सिजनको सिपिएल ड्राफ्टमा दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र सोमपाल कामीले समेत आफ्नो नाम दर्ता गराएका छन्।

खेलाडी छनोटका लागि ड्राफ्टमा रहेका खेलाडीको सुची सिपिएलले हरेक टोलीलाई बुधवारनै पठाइसकेको छ।  खेलाडी ड्राफ्टभने आउँदो मे २२ तारिकमा संचालन हुनेछ।

क्यारेबियन प्रिमियर लिगको ड्राफ्टबाट सन्दिप ५ हजार डलरमा छनौट भएका थिए। त्यस सिजन खेल्ने क्रममा नेपाली लेग स्पिनरले ५ खेलमा कुल ७ विकेट लिएका थिए।

Sompal Kami , Rohit Poudel
Sompal Kami , Rohit Poudel

कुनैपनि बिदेशी लिगको ड्राफ्ट सुचिमा ४ नेपाली खेलाडी परेको यो पहिलो समय हो। यसअघि पहिलो सिजनको अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा सन्दिप लामिछानेसंगै पारस खड्का र सोमपाल कामीको समेत नाम रहेपनि सन्दिप मात्र प्रतियोगिताका लागि छनोट भएका थिए।

ड्राफ्टमा यस अघि पनि अन्य नेपाली खेलाडी दर्ता भए पनि सन्दिप लामिछाने बाहेक हालसम्म अन्य नेपाली खेलाडी विदेशी लिगको रोजाईमा पर्ने गरेका छैनन्।

सिपिएल ड्राफ्टमा नेपालसंगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, बर्मुडा, क्यानडा, इंग्ल्याण्ड, हंगकंग, भारत, आयरल्याण्ड, केन्या, न्युजिल्याण्ड, ओमान, पाकिस्तान, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, युएई, अमेरिका, जिम्बाबे र वेस्ट इन्डिजका खेलाडी रहेका छन्।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]