सीपीएल ड्राफ्टमा एक मात्र भारतीय खेलाडी इरफान पठान

२०७६ जेष्ठ ३, शुक्रबार ०९:०६

  • विकेटनेपाल, जेठ-३ , शुक्रबार 

क्यारेबियन प्रिमियर लिग सीपीएल टि-२० को प्लेयर ड्राफ्टमा पर्ने इरफान पठान इतिहासकै पहिलो भारतीय क्रिकेटर बनेका छन्।

बिहिबार क्यारेबियन प्रिमियर लिगले सार्वजनिक गरेको ड्राफ्टको सुचीमा एक मात्र भारतीय खेलाडीको रुपमा भारतीय टिमका पुर्व स्टार पेस बलिंग अल-राउण्डर पठान रहेका छन्।

भारतीय क्रिकेट बोर्ड बिसीसीआईले भारतीय क्रिकेटरहरुलाई विश्वकप ठुला टि-२० लिगहरुमा खेल्न अनुमति दिने गरेको छैन। यस कारण यदी पठान क्यारेबियन प्रिमियर लिगमा छनौट भए उनि ठुलो बिदेशी टि-२० लिग खेल्ने पहिलो भारतीय राष्ट्रिय क्रिकेटर हुनेछन्।

बिसीसीआईले आईपीएल बाहेक आयोजना हुने बिग ब्यास, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग लगायत विश्वका ठुला लिगहरुमा खेलाडीहरुलाई खेल्न नदिने अडान लिंदै आएको छ।

इरफान पठान क्यारेबियन लिग ड्राफ्टमा रहेको बारे बिसीसीआईको अधिकारिक धारणा भने आएको छैन। बिदेशी लिग खेल्नको लागि भारतीय क्रिकेटरहरुलाई बिसीसीआईले नो अब्जेक्सन सर्टिफिकेट ( एनओसी ) दिनु पर्छ। पठानले एनओसी लेटर लिएका छन् वा छैनन् भने खुलेको छैन।

नेपालमा हुने टि-२० लिगहरुमा भारतीय क्रिकेटरहरु बिसीसीआईको अनुमति बिना लुकिछिपी खेल्दै आएका छन्। एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा भारतीय खेलाडीहरु नियमित खेलीरहेका छन्।

यदी पठान क्यारेबियन प्रिमियर लिगमा खेल्न छनौट भए अन्य भारतीय क्रिकेटरहरुलाई पनि विदेशी लिगमा बाटो खुल्न सक्छ।

क्यारेबियन प्रिमियर लिगको यो वर्ष ड्राफ्टमा विश्वभरका २० देशबाट कुल ५३६ जना खेलाडीहरु रहेका छन्।

अगस्ट २१ देखि सेप्टेम्बर ४ सम्म वेस्टइन्डिजमा आयोजना हुने प्रतियोगिताको खेलाडी छनौट गर्न ड्राफ्ट कार्यक्रम मे २२ तारिकको दिन लन्डनमा आयोजना हुँदैछ।

पठान क्यारेबियन लिग ड्राफ्टमा रहेको बारे बिसीसीआईको अधिकारिक धारणा भने आएको छैन।

३४ वर्षीय पठानले भारतको लागि २९ टेस्ट, १२० एकदिवसीय र २४ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन् जसमा उनले कुल ३०१ विकेट लिएका छन् भने २८०० रन पनि बनाएका छन्। सन् २००३ मा भारतीय टेस्ट टिममा डेब्यु गरेका उनले पछिल्लो पटक भारतको लागि पठनले सन् २०१२ मा दक्षिण अफ्रीका बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए भने त्यही वर्ष श्रीलंका बिरुद्ध एकदिवसीय पनि खेलेका थिए। टेस्ट क्रिकेट भने पठानले सन् २००८ मा अन्तिम पटक दक्षिण अफ्रीका बिरुद्ध खेलेका थिए।

पठान पछिल्लो २ वर्ष आईपीएल खेलेका छैनन् तर कमेन्टेटरको भूमिकामा भने पछिल्लो पटक देखिएका छन्। सन् २०१७ मा गुजरात लायन्सको लागि एकमात्र आईपीएलकोखेल खेलेका थिए।

घरेलु क्रिकेटमा पठानले बरोड़ा टिम छोड्दै जम्मु कास्मिरबाट खेलाडी र मेन्टरको भूमिका निभाएका थिए।

यो पनि पढ्नुस – एकदिवसीय विश्वकप विशेष – व्यक्तिगत उच्च रन बनाउने ५ खेलाडी

क्यारेबियन प्रिमियर लिगमा पहिलो पटक ४ जना नेपाली खेलाडीहरु समेत ड्राफ्टमा समावेस भएका छन्। पछिल्लो सिजन सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सबाट खेलेका सन्दिपसंगै दिपेन्द्र ऐरि , सोमपाल कामि र रोहित पौडेल पनि ड्राफ्टमा छन्।

सन्दिपले पछिल्लो सिजन सीपीएलमा ड्राफ्टबाट सन्दिप ५ हजार डलरमा छनौट भएका थिए। त्यस सिजन खेल्ने क्रममा नेपाली लेग स्पिनरले ५ खेलमा कुल ७ विकेट लिएका थिए।

सिपिएल ड्राफ्टमा नेपालसंगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, बर्मुडा, क्यानडा, इंग्ल्याण्ड, हंगकंग, भारत, आयरल्याण्ड, केन्या, न्युजिल्याण्ड, ओमान, पाकिस्तान, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, युएई, अमेरिका, जिम्बाबे र वेस्ट इन्डिजका खेलाडी रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy