क्यारेबियन प्रिमियर लिग ड्राफ्टमा नेपाली खेलाडी

२०७४ फाल्गुन १२, शनिबार ०८:३०

  • विकेटनेपाल, फाल्गुन १२ – शनिबार

वेस्ट इन्डिजमा आयोजनामा हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी- २० प्रतियोगिताको पहिलो ड्राफ्टमा नेपाली खेलाडी पनि परेका छन्।

सन् २०१३ देखि सुरु भएको सीपीएल टि-२० को पाँचौ संस्करण अगस्टमा आयोजना हुँदैछ जसमा बिश्वभरका उत्कृस्ट अन्तर्राष्ट्रिय क्रिकेटरहरु खेल्ने गर्छन्। ६ वटा फ़्रेन्चाइज् टिम सहभागी हुने प्रतियोगिताको गत सिजनको बिजेता त्रिन्बागो नाइट राइडर्स रहेको थियो।

प्रतियोगिताको आधिकारिक वेबसाइटका अनुसार यसपाली २२७ जना बिदेशी खेलाडीहरुको नाम ड्राफ्टमा राखिएको छ। पहिलो ड्राफ्टमा सबैभन्दा धेरै ५३ जना पाकिस्तानी खेलाडीहरु रहेका छन् । यस्तै श्रीलंकाबाट २३ जना खेलाडीहरुको नाम सुचिमा रहेको छ । अन्य टेस्ट खेल्ने देशहरुका खेलाडीहरुमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका,  न्युजिल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, जिम्बाबे, आयरल्याण्डबाट रहेका छन्।

एसोसिएट रास्ट्रहरु क्यानाडा, ओमान, अमेरिका, हंगकंग, स्कटल्याण्ड, नेपाल, युएई र केन्याबाट खेलाडीहरु रहेका छन्। प्रतियोगिताको अक्सन मार्च १ तारिखमा लन्डनमा आयोजना हुनेछ।

sandeep lamichhane
Sandeep Lamichhane

अक्सनमा रहने नेपाली खेलाडी सन्दिप लामिछाने रहने अनुमान सहजै लगाउन सकिन्छ। सन्दिप आईपीएल ड्राफ्टमा पर्दै आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् भने बंगलादेश प्रिमियर लिग र पाकिस्तान प्रिमियर लिगको ड्राफ्टमा समेत रहीसकेका छन्।

अन्तर्राष्ट्रिय लिगहरु खेल्न एजेन्ट मार्फत खेलाडीको नाम दर्ता हुनेगर्छ र सन्दिप लामिछाने एजेन्टकै मार्फत पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा परेका थिए। आईपीएलमा भने सन्दिपलाई ड्राफ्टमा राख्न नेपाली क्रिकेटकै उच्च तहबाट पहल भएको थियो।

सन्दिपको हालै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन र आईपीएलमा छनौट भएका कारण अन्तर्राष्ट्रिय क्रिकेटका अन्य चर्चित लिगमा छनौट हुने सम्भावना बढेको छ। त्यसमाथि रिस्ट स्पिनरहरुको बढ्दो मागले सन्दिप जस्ता बलरको माग झनै बढेको छ।

क्यारेबियन प्रिमियर लिगमा बिश्वभरका १८ देशका खेलाडीहरु ड्राफ्टमा रहेका छन् जसमा टेस्ट रास्ट्रहरु पछि अमेरिका, ओमान, हंगकंग, स्कटल्याण्ड, युएई र केन्याका खेलाडी समेत रहेको सीपीएलले बताएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy