CPL FINAL : पोलार्डको उत्कृस्ट बलिंग, जुक्सद्वारा नाइटराइडर्सलाई १५५ रनको लक्ष्य

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० को आठौँ सिजनको उपाधिको लागि ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्सले प्रतिस्पर्धा गरिरहेका छन्।

ब्रायन लारा स्टेडियममा जारि खेलमा टस जितेर ट्रिनबागोले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको जुक्सले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाउदै ट्रिनबागोलाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जुक्सकको लागि विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरले सर्वाधिक ३९, मार्क डेयालले २९, नजिबुल्लाह जद्रानले २४ तथा रोस्टन चेजले २२ रन बनाए। रखिम कर्नवालले ८, मोहम्मद नाबीले २ तथा कप्तान डेरेन सामीले ८ रन मात्र बनाउन सके।

दोश्रो विकेटको लागि डेयाल र फ्लेचरले सर्वाधिक ६७ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी फवाद एहमदले नवौं ओभरमा तोडेपछि सेन्ट लुसियाले नियमित अन्तरालमा विकेट गुमाएको थियो।

ट्रिनबागोको बलिंगमा कप्तान काइरन पोलार्डले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। अलि खान र फवाद एहमदले समान २ विकेट लिए। ड्वेन ब्राभो खेलेता पनि बलिंग भने गरेनन्। सुनिल नारायण पनि आज खेलीरहेका छैनन्।

लिग अन्तर्गत पहिलो सेमीफाइनलमा नाइट राइडर्सले जमैका तलावाजलाई ९ विकेटले तथा दोश्रो सेमीफाइनलमा जुक्सले गायना अमेजन वारियर्सलाई १० विकेटले सहजै पराजित गर्दै फाइनामा स्थान पक्का गरेको थियो। यस अघि लिग चरणको अंकतालिकामा ट्रिनबागो सबै १० खेलमा जित पछि २० अंकका साथ शिर्ष स्थानमा रहँदै तथा सेन्ट लुसिया १० खेलमा ६ जित र ४ हार पछि १२ अंक बटुल्दै तेश्रो स्थानमा रहेर सेमीफाइनल पुगेको थियो।

लिग चरणमा ट्रिनबागोले दुवै खेलमा सेन्ट लुसियालाई पराजित गरेको थियो। पहिलो खेल ६ विकेटले तथा दोश्रो खेल २३ रनले ट्रिनबागोले जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy