CPL FINAL : पोलार्डको उत्कृस्ट बलिंग, जुक्सद्वारा नाइटराइडर्सलाई १५५ रनको लक्ष्य

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० को आठौँ सिजनको उपाधिको लागि ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्सले प्रतिस्पर्धा गरिरहेका छन्।

ब्रायन लारा स्टेडियममा जारि खेलमा टस जितेर ट्रिनबागोले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको जुक्सले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाउदै ट्रिनबागोलाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जुक्सकको लागि विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरले सर्वाधिक ३९, मार्क डेयालले २९, नजिबुल्लाह जद्रानले २४ तथा रोस्टन चेजले २२ रन बनाए। रखिम कर्नवालले ८, मोहम्मद नाबीले २ तथा कप्तान डेरेन सामीले ८ रन मात्र बनाउन सके।

दोश्रो विकेटको लागि डेयाल र फ्लेचरले सर्वाधिक ६७ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी फवाद एहमदले नवौं ओभरमा तोडेपछि सेन्ट लुसियाले नियमित अन्तरालमा विकेट गुमाएको थियो।

ट्रिनबागोको बलिंगमा कप्तान काइरन पोलार्डले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। अलि खान र फवाद एहमदले समान २ विकेट लिए। ड्वेन ब्राभो खेलेता पनि बलिंग भने गरेनन्। सुनिल नारायण पनि आज खेलीरहेका छैनन्।

लिग अन्तर्गत पहिलो सेमीफाइनलमा नाइट राइडर्सले जमैका तलावाजलाई ९ विकेटले तथा दोश्रो सेमीफाइनलमा जुक्सले गायना अमेजन वारियर्सलाई १० विकेटले सहजै पराजित गर्दै फाइनामा स्थान पक्का गरेको थियो। यस अघि लिग चरणको अंकतालिकामा ट्रिनबागो सबै १० खेलमा जित पछि २० अंकका साथ शिर्ष स्थानमा रहँदै तथा सेन्ट लुसिया १० खेलमा ६ जित र ४ हार पछि १२ अंक बटुल्दै तेश्रो स्थानमा रहेर सेमीफाइनल पुगेको थियो।

लिग चरणमा ट्रिनबागोले दुवै खेलमा सेन्ट लुसियालाई पराजित गरेको थियो। पहिलो खेल ६ विकेटले तथा दोश्रो खेल २३ रनले ट्रिनबागोले जितेको थियो।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]