सिपिएल टि-२० अन्तर्गत सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स बीच जारि खेल वर्षाले प्रभावित भएको छ। ट्रिनिडाड एन्ड टोबागो स्थित ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिंग गरेको सेन्ट किट्सले ५.४ ओभरमा विकेट नगुमाई ४६ रन बनाएको अवस्थामा भारि वर्षाले खेल रोकिएको छ।
खेल रोकिदा ओपनर इभिन लुइस २१ ( १९ बलमा २ चौका र १ छक्का ) तथा क्रिस लिन २३ रन ( १५ बलमा १ चौका र २ छक्का ) बनाएर अविजित रहेका थिए। लिनले मुजिब उर् रहमानले गरेको पाँचौ ओभरको अन्तिम २ बलमा छक्का प्रहार गरेका थिए। लिगकै सर्वाधिक विकेटकर्ता रहमानले २ ओभर बलिंग गर्दा २० रन खर्चेर विकेटविहिन छन्।
खेल अघिनै आजको खेल वर्षाले प्रभावित हुने अनुमान गरिएको थियो। अझै पनि वर्षा निरन्तर हुने सम्भावना रहेकोले दुवै टिमले १/१ अंक बाड्ने सम्भावना रहेको छ। आजको खेलमा जित हात पारे जमैकाको सेमीफाइनल यात्रा सहज हुनेछ।
Rain has stopped the game. Updates to come. #CPL20 #CricketPlayedLouder #JTvSKP pic.twitter.com/GmwxbwjQFA
— CPL T20 (@CPL) September 3, 2020
सेमीफाइनल पुग्न जमैकालाई जित महत्वपूर्ण
सेन्ट किट्स बिरुद्धको खेलमा जित हात पार्नु जमैकाको लागि सेमीफाइनल प्रवेश गर्न महत्वपूर्ण रहेको छ। ट्रिनबागो, गायना र सेन्ट लुसियाले सेमीफाइनलमा स्थान पक्का गरिसकेको र सेन्ट किट्स सेमीफाइनल रेसबाट बाहिरीसकेको हुँदा अब जमैका र बार्बेडोस मध्ये १ टिम सेमीफाइनल पुग्नेछ।
अब जमैकाले बाँकी ३ खेल सेन्ट किट्स, बार्बेडोस र सेन्ट लुसिया बिरुद्ध खेल्नेछ। जमैकाले ३ मध्ये २ खेलमा जित दर्ता गरे सेमीफाइनलमा स्थान बनाउनेछ। तर बार्बेडोसले आगामी दुवै खेलमा जित हात पार्ने र जमैकाले ३ मध्ये १ खेल मात्र जित हात पारेको खण्डमा जमैका रबार्बेडोस मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ। त्यसैले जमैकाले आजको खेल जित्ने हो र बार्बेडोसले बाँकी २ खेल मध्ये १ खेलमा हार बेहोर्ने हो भने जमैका सेमीफाइनल पुग्नेछ।
https://wicketnepal.com/jamaica-8th-mtc-pre-wn20/
https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/
https://wicketnepal.com/can-head-coach-10-pad-wn20/
https://wicketnepal.com/lpl-t20-in-november-announc-wn20/
https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/
https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/