करेबियन प्रिमियर लिग टि-२० मा काइरन पोलार्ड कप्तानीको टिम ट्रिनबागो नाइट राइडर्सले सातौँ खेलसम्म पनि अपराजित यात्रा कायमै राख्दै जमैका तलावाजलाई १९ रनले पराजित गरेको छ।
जितपछि १४ अंकसहित ट्रिनबागो अंकतालिकाको शिर्षस्थानमा कायमै रहेको छ। अर्कोतर्फ जमैका तलावाज ७ खेलमा ३ जित र चौथो हार पछि ६ अंक सहित चौथो स्थानमा यथावत रहेको छ। समान ७ खेल खेलेको गायनाको पनि ६ अंकनै रहेको छ तर नेट रन रेटमा अघि रहँदै तेश्रो स्थानमा रहेको छ।
ब्रायन लारा स्टेडियममा सम्पन्न खेलमा ट्रिनबागोले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा जमैकाको लागि आन्द्रे रसेलले आक्रामक अर्धशतक प्रहार गरेता पनि जित दिलाउन सकेनन्। अविजित ५० रन बनाएका रसेलले अन्तिम बलमा छक्का प्रहार गर्दै २३ बलमा अर्धशतक पुरा गरेका थिए। यस क्रममा रसेलले ५ चौका र ४ छक्का प्रहार गरे। कार्लोस ब्राथवेटले अविजित २१ रन बनाए जसले १६ बलमा २ चौका र १ छक्का हिर्काए। ओपनर ग्लेन फिलिप्सले ४१ , क्रुमाह बोनरले २६ तथा जर्माइन ब्ल्याकवुडले १२ रन बनाए।
ट्रिनबागोको बलिंगमा फवाद एहमदले २ विकेट तथा अकिल होसन, खरी पिएरे, सुनिल नारायण र ड्वेन ब्राभोले समान १ विकेट लिए।

मुनरो र पोलार्डको उत्कृस्ट साझेदारी
यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा ट्रिनबागोले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो।
ट्रिनबागोको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका कोलिन मुनरोले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ५४ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान काइरन पोलार्डले अविजित ३३ रन बनाए जुन क्रममा १६ बलमा १ चौका र ३ छक्का प्रहार गरे। पोलार्ड र मुनरोले चौथो विकेटको लागि ३४ बलमा ७३ रनको साझेदारी गरेका थिए।

जमैकाको बलिंगमा कार्लोस ब्राथवेटले २ विकेट लिंदा सन्दिप लामिछाने र फिडेल एडवार्ड्सले १/१ विकेट लिए। लिगको सर्वाधिक विकेटकर्ता मुजिब उर् रहमान लिगमा पहिलो पटक विकेट विहिन रहे। सबैभन्दा किफायती बलिंग गरेका सन्दिपले ४ ओभरमा २० रन मात्र खर्चिए। कप्तान रोभम्यान पावेल र एड्वार्ड्सले ४ ओभरमा समान ४८ रन खर्चिए।
यस्तो रह्यो सन्दिपको बलिंग प्रदर्शन :
सन्दिपको पहिलो ओभर : ३ रन ( ० , ० , १ , ० , १ , १ )
आठौँ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले लगातार बनिरहेको रनमा अंकुश लगाउदै ओभरमा मात्र ३ रन खर्चिए। ३ डट बल तथा ३ वटा १/१ रन दिएका सन्दिपलाई क्रिजमा जमेका कोलिन मुनरो र लेन्डल सिमोन्सले आक्रामक सट खेलेनन्।
सन्दिपको दोश्रो ओभर : ८ रन खर्चेर १ विकेट ( २ , १ , विकेट , १ , ० ४ )
लगत्तै स्पेलमा १० औं ओभर बलिंग गरेका सन्दिपले ओभरको दोश्रो बलमै ठुलो सफलता दिलाए। यस क्रममा उनले ओपनर लेन्डल सिमोन्सलाई क्याच आउट गराए। २५ रन बनाएका सिमोन्सले सन्दिपको अफ स्टम्प बाहिर रहेको लेग स्पिन बललाई अनसाइडमा ठुलो सट खेल्न खोज्दा ब्याकवार्ड पोइन्टमा क्याच आउट भए। मुनरो र सिमोन्स बीचको ४६ रनको महत्वपूर्ण साझेदारी तोड्दै सन्दिपले टिमलाई खेलमा फर्काए। ओभरको अन्तिम बलमा सन्दिपले गरेको लेग स्पिन मुनरोको ब्याटको भित्रि किनारा लागेर किपर पछाडी चौका गएको थियो। थोरै अन्तरले सन्दिपले मुनरोको विकेट ढाल्न चुके।

सन्दिपको तेश्रो ओभर : २ रन ( ० , ० , ० , ० , १ , १ )
१२ औं ओभरमा सन्दिपले अझ उत्कृस्ट बलिंग गरे र मुनरोलाई बाँधेर राख्न सफल भए। तेश्रो बलमा सन्दिपले गरेको एलबिडब्लु अपिललाई अम्पायरले नकारे। ओभरमा सन्दिपले मात्र २ रन खर्चिए जुन क्रममा पहिलो ४ बल डट फालेका थिए।
सन्दिपको चौथो ओभर : ७ रन ( २ , ४, ० , १ , ० , ० )
१४ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्न आएका सन्दिलाई ओभरको दोश्रो बलमा टिम सेफर्टले चौका प्रहार गरे। त्यसबाहेक ओभरमा सन्दिपले राम्रो बलिंग गरे र ३ वटा डट बल फाले। स्पेलमा सन्दिपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए।
सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप तेश्रो नम्बरमा
१ विकेट लिएसंगै सन्दिप ७ खेलमा १० विकेट लिंदै सर्वाधिक विकेटकर्ताको सुचीमा मोहम्मद नाबी, रायद इम्रिट र केस्रिक विलियम्ससंगै संयुक्तरुपमा तेश्रो स्थानमा उक्लेका छन्। ११ विकेट सहित स्कट कग्लेजिन र इमरान ताहिर संयुक्तरुपमा दोश्रो स्थानमा रहेका छन्। १३ विकेट लिएका मुजिब उर् रहमान पहिलो स्थानमा छन्।
सिपिएल टि-२० – सर्वाधिक विकेट लिने खेलाडीहरु
१. मुजिब उर् रहमान – १३ विकेट
२. स्कट कग्लेजिन र इमरान ताहिर – ११ विकेट
३. मोहम्मद नाबी, सन्दिप लामिछाने, केसरिक विलियम्स र रायद इम्रिट – १० विकेट
४. कार्लोस ब्राथवेट र राशिद खान – ९ विकेट
५. फिडेल एड्वार्ड्स – ८ विकेट
लिग अन्तर्गत सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध १ विकेट, तेश्रो खेलमा गायना अमेजन वारियर्स बिरुद्ध २ विकेट, चौथो खेलमा गायना बिरुद्धनै १ विकेट, पाँचौ खेलमा बार्बेडोस बिरुद्ध २ विकेट तथा छैठौं खेलमा सेन्ट किट्स बिरुद्ध २ विकेट लिएका थिए।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/cpl-sandeep-bowling-7th-m-1st-in-wn20/
https://wicketnepal.com/sandeep-bowling-wn20-2nd-m-vs-tnr-1st-in/
https://wicketnepal.com/pradeep-airee-best-perf-wn20/
https://wicketnepal.com/dhoni-batting-line-up-gambhir-ipl-wn20/
https://wicketnepal.com/engl-leave-out-joe-root-for-australia-t20is/
https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/
https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/