CPL : अन्तिम लिग खेलमा जमैका पराजित, सन्दिपको राम्रो बलिंग

करेबियन प्रिमियर लिग टि-२० अन्तर्गत लिग चरणको अन्तिम खेलमा जमैका तलावाजलाई सेन्ट लुसिया जुक्सले ११ रनले पराजित गरेको छ।खेलमा पहिले ब्याटिंग गर्दै सेन्ट लुसियाले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।

जाहिर खानको उत्कृस्ट बलिंगमा जमैका उत्कृस्ट सुरुवातको बाबजुद चुक्यो 

लक्ष्य पछ्याउने क्रममा जमैकाको लागि ओपनर ग्लेन फिलिप्सले उत्कृस्ट लय कायमै राख्ने क्रममा सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३६ बलमा उनले ४ चौका र १ छक्का हिर्काए। पहिलो विकेटको लागि उनले जर्माइन ब्ल्याकवुडअंग ८४ रनको साझेदारी गरे। ब्ल्याकवुडले २५ रन बनाए।

अफगानिस्तानका चाइनाम्यान बलर जाहिर खानले फिलिप्सलाई १२ औं ओभरमा तथा १४ औं ओभरमा रोभम्यान पावेल र आन्द्रे रसेललाई लगातार बलमा आउट गरेपछि सेन्ट लुसिया खेलमा फर्केको थियो। रसेल खाता नखोली पहिलो बलमै आउट भए।  ८४/० बाट जमैका १०३/७ को अवस्थामा पुगेको थियो।

जाहिर खानले ३ विकेट लिए

त्यसपछि निकोलस किर्टोनले तल्लो क्रममा २५ रन ( १५ बलमा १ चौका र २ छक्का ) बनाउनु बाहेक अन्य जमैका ब्याट्सम्यान क्रिजमा जम्न सकेनन्। सन्दिप लामिछाने पहिलो बलमा खाता नखोली केसरिक् विलियम्सबाट क्याच आउट भए।

सेन्ट लुसियाको बलिंगमा जाहिर खान ( ४-०-२५-३ ) र जाभेले ग्रिनले ( ४-०-१६-३ )  समान ३ विकेट तथा केसरिक् विलियम्सले २ विकेट ( ४-०-२७-२ ) लिए।

सेन्ट लुसियाको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको सेन्ट लुसियाले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। उसको लागि नाजिबुल्लाह जद्रानले सर्वाधिक ३५ रन बनाए जुन क्रममा २५ बलमा १ चौका र ३ छक्का प्रहार गरे। ओपनर रखिम कर्नवाल र रोस्टन चेजले ३२ रन बनाए। कर्नवालले २९ बलमा २ चौका र ३ छक्का तथा चेजले अविजित रहँदै ३६ बलमा १ चौका र १ छक्का हिर्काए।

मुजिब उर् रहमानले २ विकेट लिए

जमैकाको बलिंगमा मुजिब उर् रहमानले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। फिडेल एड्वार्ड्स, भिरासामी पर्मल, कार्लोस ब्राथवेट र सन्दिप लामिछानेले समान १/१ विकेट लिए। सन्दिपले ४ ओभरमा १ मेडन ओभर गर्दै २० रन खर्चिए।

लिग चरणको समाप्तिमा अंकतालिका 

दुवै टिमलाई यो खेलको नतिजाले भने कुनै फरक पारेन। दुवै टिम यस अघिनै सेमीफाइनलमा स्थान बनाईसकेका छन्। लिगको पहिलो सेमीफाइनामा सेप्टेम्बर ८ तारिख मंगलबार ट्रिनबागो र जमैका तलावाजले प्रतिस्पर्धा गर्नेछ। यस्तै दोश्रो सेमीफाइनलमा बुधबार बिहान गायनाले सेन्ट लुसियासंग प्रतिस्पर्धा गर्नेछ।

यो संगै प्रतियोगिताको लिग चरणको खेलहरु सकिएको छ।  जमैकाले १० खेल खेल्दा मात्र ३ जित हात पार्न सकेता पनि अंकतालिकामा चौथो रहँदै सेमीफाइनलमा भने पुग्न सफल भयो। नतिजाविहिन रहेको १ खेलबाट प्राप्त गरेको १ अंक जमैकाको लागि फाइदाजनक रह्यो। उक्त अंक नभएको भए पाँचौ स्थानमा रहेको बार्बेडोससंग जमैकाको बराबर ६ अंक हुने थियो।

सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप चौथो स्थानमा 

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले लिगमा आफ्नो उत्कृस्ट लयलाई कायमै राखेका छन्। सेन्ट लुसिया जुक्स बिरुद्ध सन्दिपले १ विकेट लिंदै ४ ओभरमा मात्र २० रन खर्चिए। यस क्रममा उनले लिगमै पहिलो पटक मेडन ओभर पनि गरे। उनले खेलमा आक्रामक ब्याटिंग गरिरहेका रखिम कर्नवालको महत्वपूर्ण विकेट पनि लिए। उनले अन्य बलर भन्दा किफायती बलिंग पनि गरे र मात्र ५ रन प्रतिओभर खर्चिए। १ विकेट लिंदै उनले लिगमा विकेट संख्या १२ पुर्याए।

सेन्ट लुसिया बिरुद्ध १ विकेट लिंदै सन्दिपले जारि सिपिएलमा विकेट संख्या १२ पुर्याएका छन्। लिगको धेरै विकेट लिने बलरको सूचीमा सन्दिप चौथो स्थानमा रहेका छन्। पहिलो स्थानमा जमैकाकै मुजिब उर् रहमान र इमरान ताहिर संयुक्तरुपमा रहेका छन् जसले १५ विकेट लिएका छन्। दोश्रो स्थानमा सेन्ट लुसियाका स्कट कग्लाइन रहेका छन् जसले १४ विकेट लिएका छन्। तेश्रो स्थानमा सेन्ट लुसियाका केसरिक विलियम्स रहेका छन् जसले १३ विकेट लिएका छन्। सन्दिपले १० खेल खेल्दै ९ खेलमा बलिंग गर्ने क्रममा ३६ ओभरमा १ मेडन ओभर गर्दै १८२ रन खर्चेर १२ विकेट लिएका हुन्। यस क्रममा उनले प्रत्येक १८ बलमा १ विकेट लिएका छन्। यस्तै उनले लिगमै १० ओभर भन्दा बढी बलिंग गर्न बलरहरु मध्ये पाँचौ किफायती बलिंग पनि गरेका छन्। उनले प्रतिओभर ५.०५ रन मात्र खर्चीरहेका छन्।

कस्तो रह्यो सन्दिपको बलिंग  

सन्दिपको पहिलो ओभर : ७ रन खर्चेर १ विकेट ( ० , ४ बाई , ० , १ , ६, विकेट )

इनिंगको आठौँ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले गुग्ली गरेको दोश्रो बलमा विकेटकिपरले रोक्न नसक्दा बाइको रुपमा सेन्ट लुसियाले ४ रन पायो। त्यसपछि ओभरको पाँचौ बलमा रखिम कर्नवालले सन्दिपले गरेको लेग स्पिनलाई लंगअफ माथि छक्का हिर्काए। २ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन बनाएका कर्नवाललाईलाई सन्दिपले त्यसै छाडेनन्। ओभरको अन्तिम बलमा उनले गुग्ली गर्दै कर्नवालको स्टम्प उडाए। बल रोक्न खोजेपनि कर्नवालकै अगाडीबाट बलले स्टम्प चुम्न पुगेको थियो। महत्वपूर्ण विकेट लिएका सन्दिपले ७ रन दिएर १ विकेट लिए।

सन्दिपले २० रन खर्चेर १ विकेट लिए

सन्दिपको दोश्रो ओभर : १ रन ( १ , ० , ० , ० , ० , ० )

११ औं ओभरमा दोश्रो ओभर बलिंग गर्ने क्रममा सन्दिपले शानदार बलिंग गरे र ओभरमा ५ बल डट गरे। पहिलो बलमा रोस्टन चेजले १ रन लिएपछि लगातार ५ बलमा नजीबुल्लाह जद्रानले रन बनाउन सकेनन्। यस क्रममा सन्दिपले गुगली र लेग स्पिनको गजब मिश्रण गरे।

सन्दिपको तेश्रो ओभर : मेडन ओभर ( ०, ० , ० , ० , ० )

लिगमा आफ्नो पहिलो मेडन ओभर गर्ने क्रममा सन्दिपले रोस्टन चेजलाई १३ आउँ ओभरमा कुनै पनि रन दिएनन्। ओभरको पहिलो बलमा क्याचको लागि ठूलो अपिल गरेता पनि अम्पायरले नकारे। पुनः तेश्रो बलमा गुग्लीमा एलबिडब्लु चेज फसे पनि अम्पायरले आउट दिएनन्। ओभरमा चेजले सन्दिप बल बुझ्ने सकेनन्।

सन्दिपको चौथो ओभर : १२ रन ( ० , १ , ४ , ० , ६ , १ )

१५ औं ओभरमा बलिंग गर्ने क्रममा सन्दिपलाई नजीबुल्लाह जद्रानले ओभरको तेश्रो बलमा चौका प्रहार गरे।अफगानिस्तान ब्याट्सम्यानले सन्दिपको गुग्लीलाई रिभर्स स्विप गर्दा ब्याटको भित्रि किनारा लागेर विकेटकिपरको मुनिबाट चौका गयो। त्यसपछि पाँचौ बलमा जद्रानले पुनः रिभर्स स्विप गर्दै डिप-प्वाइन्टमा छक्का प्रहार गरे। १२ रन दिनु सन्दिपको जारि सिजनमै सबैभन्दा महँगो ओभरमा। यस अघि उनले ट्रिनबागोसंगको खेलमा एकै ओभरमा ११ रन खर्चेका थिए।

लिगमा हालसम्म सन्दिपको बलिंग प्रदर्शन :-

पहिलो खेल Vs सेन्ट लुसिया : १ विकेट ( ४-०-२३-१ )

दोश्रो खेल Vs ट्रिनिबागो : १ विकेट ( ४-०-३०-१ )

तेश्रो खेल Vs गायना : २ विकेट ( ४-०-८-२ )

चौथो खेल Vs गायना : १ विकेट ( ४-०-२१-१ )

पाँचौ खेल Vs बार्बेडोस : २ विकेट ( ४-०-१६-२ )

छैठौं खेल Vs सेन्ट किट्स : २ विकेट ( ४-०-२७-२ )

सातौँ खेल Vs ट्रिनबागो : १ विकेट ( ४-०-२०-१ )

आठौँ खेल Vs सेन्ट किट्स : बलिंग गरेनन्

नवौं खेल Vs बार्बेडोस : १ विकेट ( ४-०-२६-१ )

दशौँ खेल Vs सेन्ट लुसिया : १ विकेट ( ४-०-२०-१ )

यो पनि पढ्नुस :-

https://wicketnepal.com/eng-vs-aus-t20-mr-wn20/

https://wicketnepal.com/trinbago-10th-win-vs-st-kitts-wn20/

https://wicketnepal.com/ipl-kheltalika-sarbajani-wn20/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]