सेन्ट लुसिया बिरुद्ध सन्दिपको राम्रो बलिंग, लिए जद्रानको महत्वपूर्ण विकेट

२०७७ भाद्र ३, बुधबार २१:०४

ट्रिनिडाड एण्ड टोबागोमा जारि आठौँ सिजनको करेबियन प्रिमियर लिग अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले पहिलो खेलमा सेन्ट लुसिया जुक्ससंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर जमैका बलिंग गरिरहेको छ। यो समाचार तयार गर्दासम्म १६ औं ओभर चल्दै गर्दा सेन्ट लुसियाले १२२ रन बनाउदा ४ विकेट गुमाएको छ।

सन्दिपको बलिंग कस्तो रह्यो :-नेपाली स्पिनर सन्दिप लामिछानेले उत्कृस्ट बलिंग गर्दै आफ्नो स्पेल सकाउने क्रममा ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका छन्।  यस क्रममा उनले नजीबुल्लाह जद्रानको विकेट लिएका हुन्।

सन्दिपको पहिलो ओभर :- ८ रन (१, ० , ० , १ ,  ६ ,  ० )  खेलको नवौं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपलाई ओभरको पाँचौ बलमा नजिबुल्लाह जद्रानले स्लग स्विप गर्दै डिप-मिड विकेटमा छक्का प्रहार गरे। त्यस बाहेक सन्दिपले ओभरमा तिन वटा डट बल गरे भने २ पटक १/१ रन दिए।

सन्दिपको दोश्रो ओभर :- ३ रन ( २, ० , ० , ०, १, ० )  लगत्तै स्पेलमा ११ औं ओभर गर्ने क्रममा सन्दिपले किफायती बलिंग गरे। ओभरमा मात्र ३ रन खर्चने क्रममा उनले नजिबुल्लाह जद्रानलाई खुलेर रन बनाउन दिएनन्। ओभरमा उनले अधिकांश बल गुगली फालेका थिए।

सन्दिपको तेश्रो ओभर :- ८ रन ( १ , ४ , ० , ० , २ , १ )  लगत्तै स्पेलमा १३ औं ओभर बलिंग गर्ने क्रममा सन्दिपले दोश्रो बलमा दिएको अफस्टम्प भन्दा बाहिरको फुल टस बललाई रोस्टन चेजले चौका प्रहार गरे। तेश्रो बलमा सन्दिपले रोस्टन चेजलाई गुग्ली गर्दै गरेको एलबिडब्लु विकेट अपिल अम्पायरले आउट नदिंदा सन्दिप पहिलो विकेट लिन चुक्न पुगे। ओभरमा २ डट बल गरेका उनले ८ रन खर्चिए।

सन्दिपको चौथो ओभर :- ४ रन दिएर १ विकेट ( १, विकेट , १ , ० , ० , वाइड, १ ) खेलमा र सिजनमै पहिलो विकेट लिने क्रममा सन्दिपले दोश्रो बलमा नजीबुल्लाह जद्रानलाई क्याच आउट गराए। सन्दिपले गरेको गुगलीलाई ठुलो सट खेल्ने क्रममा उनि डिप-मिड विकेटमा कप्तान रभम्यान पावेलबाट समातिन पुगेका थिए। २५ रन बनाएका जद्रानको विकेट लिंदै सन्दिपले रोस्टन चेजसंगको ५२ रनको साझेदारी तोडे। ओभरमा उनले मात्र ४ रन खर्चेर स्पेल सकाए।

सीपीएलमा यो पटक जमैका तल्लावाहजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। यस अघि नेपाली स्पिनरले सिपिएलको पहिलो सिजन सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा दोश्रो सिजन बार्बेडोस ट्राइडेन्टबाट खेलेका थिए।

सेप्टेम्बर १० सम्म चल्ने लिगमा कुल ३३ वटा खेलहरु खेलिनेछन्। ब्रायन लारा क्रिकेट एकेडेमी र क्विन्स पार्क ओभल मैदान गरि २ वटा मैदानमा सबै खेलहरु दर्शक बिना खेलिनेछ।

प्रतियोगितामा सहभागी ६ टिम मध्ये डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्टको कप्तानी जेसन होल्डरले, गुएना एमेजन वारियर्सको कप्तानी क्रिस ग्रिनले, जमैका तल्लावाजको कप्तानी रभम्यान पावेलले, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको कप्तानी रायद इम्रीटले, सेन्ट लुसिया जुक्सको कप्तानी डेरेन स्यामीले तथा ट्रिनबागो नाइट राइडर्सको कप्तानी काइरन पोलार्डले गरिरहेका छन्।

यो पनि पढ्नुस :- 

https://wicketnepal.com/sandeep-cpl-1st-m-toss-wn20/

https://wicketnepal.com/cpl-sandeep-match-today-wn20/

https://wicketnepal.com/cpl-t20-m-1-report-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy