CPL T20 : सन्दिपको पहिलो खेल आज ( सम्पूर्ण जानकारी )

करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले आज सेन्ट लुसिया जुक्स बिरुद्ध पहिलो खेल खेल्दैछ। प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न २ वटा खेलहरुमा बार्बेडोसट्रिनबागोले जित हाँसिल गरेका छन्।

खेल : जमैका तलावाज VS सेन्ट लुसिया जुक्स

मिति र समय : अगस्ट १९, राति ७:४५ बजे ( नेपाली समय ) , १० बजे ( स्थानीय समय )

मैदान : ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एण्ड टोबागो

अन्तिम ५ खेलको नतिजा : जमैका ३ – २ सेन्ट लुसिया

लाइभ कहाँ हेर्ने :  नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले ( Star Sports ) प्रत्यक्ष प्रशारण गर्नेछ। यस्तै अनलाइनमा लाइभ, Fancode.com नामक वेबसाइटले गर्नेछ भने Fancode App. डाउनलोड गरेर पनि प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ। उक्त यापमा लाइभ हेर्न पैसा भने तिर्नुपर्छ।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, विरासामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

सेन्ट लुसिया जुक्स टिम : डेरेन सामी ( कप्तान ), रोस्टन चेज, मोहम्मद नबि , नजीबुल्लाह जद्रान, आन्द्रे फ्लेचर, केसरिक् विलियम्स, स्कट कुगेलजिन, चेमार होल्डर, ओबेड म्यकोय, रखिम कर्नवाल, मार्क डेयाल, जाहिर खान, किमानी मेलियस, लेनिको बाउचर, काभेम हज, जाभेले ग्लेन

कस्तो छ सन्दिपको टिम जमैका 

जमैका तलावाजले २०१३ र २०१६ मा सिपिएल टि-२० को उपाधी आफ्नो नाम गरेको थियो। जमैकाले पछिल्लो सिजन भने खराब प्रदर्शन गरेको जमैकाले १० खेलमा मात्र २ जित र ८ हार बेहोर्दै छैठौं स्थानमा रहेको थियो। आन्द्रे रसेल, कार्लोस ब्रेथवेट र ओसेन थोमस जस्ता ठूला नामहरु सम्मिलित जमैका यस सिजन सन्तुलित देखिन्छ र तेश्रो उपाधी जित्ने दाउमा रहने छ।

सन्दिप र मुजिबले जमैकाको स्पिन पक्ष सम्हाल्ने

जमैकाले ठूलो रकममा नेपाली लेग स्पिनर सन्दिप लामिछाने र दक्षिण अफ्रिकी स्पिनर तवरेज शाम्सीलाई आफ्नो टिममा भित्र्याएको थियो । तर, कोभिड-१९ का कारण शाम्सी दक्षिण अफ्रीकाबाट वेस्टइन्डिज यात्रा गर्न नपाउदा सन्दिपको काँधमा जिम्मेवारी थपिएको छ। शाम्सीको स्थानमा तलावाजले अफगानिस्तानका युवा अफ स्पिनर मुजिब उर् रहमानलाई टिममा भित्र्याएको छ।

मुजिब र सन्दिपले जमैकाको स्पिन आक्रमणको नेत्रित्व गर्दा स्पिन पक्ष टिमको बलियो देखिन्छ। सन्दिपसंग सिपिएल फरक टिमको लागि दुइ सिजन खेलेको अनुभव रहेको छ भने विश्वभरका उत्कृस्ट टि-२० लिगको अनुभवले उनलाई महत्वपूर्ण खेलाडीको रुपमा उभ्याएको छ। सिपिएल टि-२० मा दुइ सिजन खेल्दा सन्दिपले ११ खेलमा १५ विकेट लिईसकेका छन्।

अर्कोतर्फ १९ वर्षिय मुजिबसंग अफगानिस्तानको लागि अन्तर्राष्ट्रिय क्रिकेट तथा आईपीएल, बिग ब्यास लिगमा किंग्स-११ पन्जाब, ब्रिसबेन हिट्स जस्तो टिमको लागि खेलेको अनुभव रहेको छ।

जमैकाको बलियो पक्ष

ठुला नाम रहेको जमैका टिम निकै सन्तुलित देखिन्छ जहाँ आफ्नै हैसियतमा खेल जिताउने क्षमता भएका खेलाडीहरु छन् । जमैकाको ब्याटिङ क्रममा टि-२० क्रिकेटका विस्फोटक मध्येका ब्याट्सम्यान आन्द्रे रसल र कार्लोस ब्रेथवेट जस्ता विस्फोट ब्याट्सम्यानहरु छन् छन्। आन्द्रे रसेल ब्याटिंग, बलिंग र फिल्डिंग सबै बिभागमा योगदान दिन सक्षम छन् तर उनले आफ्नो फिटनेसलाई भने जोगाउनु पर्नेछ।

वेस्टइन्डिज क्रिकेटर रोभम्यान पावेल तथा पाकिस्तान क्रिकेटर असिफ अलिले ब्याटिंग क्रमलाई थप मजबुत बनाउनेछन्। विकेटकिपरको भूमिका ग्लेन फिलिप्सले निर्वाह गर्नेछन् जसको पनि लिगमा रेकर्ड राम्रो रहेको छ। चाडविक वाल्टनको पनि प्रदर्शन लिगमा राम्रो रहेको छ।

रसेल र ब्रेथवेटले ४-४ ओभर गर्न सक्ने हुनाले कप्तान पावेलसँग धेरै बलरहरुको विकल्प छन्। मुजिब र सन्दिपले जमैकाको स्पिन आक्रमण सम्हाल्ने छन्। जमैकाको स्पिन आक्रमण बिरोधि टिमलाई निकै घातक सावित हुनसक्छ । यस्तै २३ वर्षीय वेस्टइन्डिज क्रिकेटर ओशेन थोमस र अनुभवी फिडेल एडवार्ड्सको तिब्र गति बलिंगमा उपस्थितिले टिमलाई सन्तुलन प्रदान गर्छ।

जमैकाको कमजोर पक्ष

सिपिएल ड्राफ्ट हुनुअघि जैमाकाको पछिल्लो सिजनका कप्तान तथा विस्फोटक ब्याट्सम्यान क्रिस गेलले नाम झिकेपछि तलावाजलाई ठूलो झड्का लागेको थियो । क्रिस गेलले यस सिजनको सिपिएल खेल्ने छैनन् । अनुभवी ३० वर्षीय दक्षिण अफ्रिकी चाइनाम्यान बलर तवरेज शाम्सीको पनि कमि जमैकाले महसुस गर्नेछ ।

जमैकाको ब्याटिङ आन्द्रे रसल र कार्लोस ब्राथवेटमा धेरै निर्भर रहेको छ। तर रसेलको कमजोर फिटनेसले भने टिमलाई सताउन सक्छ। ब्याटिङ क्रम नम्बर ७ मा समाप्त भएको कारण उनीहरुको ब्याटिङ गहिराई देखिदैन। बेञ्चमा राम्रा विकल्पहरु नहुनुका कारण ब्याटिङ ब्याकअप पनि छैन ।

कागजमा हेर्दा तलावाज टिम सन्तुलित देखिन्छ जो पछिल्लो वर्षको खराब प्रदर्शन भुलाउन चाहन्छ।

जमैकाको सम्भावित ११: चाडविक वाल्टन, ग्लेन फिलिप्स, आन्द्रे रसेल, असिफ अलि, जर्माइन ब्ल्याकवुड, रोभम्यान पावेल, कार्लोस ब्राथवेट, सन्दिप लामिछाने, मुजिब उर रहमान, फिडेल एडवार्ड्स, ओशेन थोमस

कस्तो छ सेन्ट लुसिया जुक्स 

गत सिजन बिर्सनयोग्य प्रदर्शन गरेको सेन्ट लुसियाले खेलेको ६ खेलमा मात्र १ खेल जित्न सकेको थियो। त्यसमाथि पनि हारको अन्तर निकै ठुलो थियो।

डेरन सामी कप्तानीको टिममा मोहम्मद नबि, स्कट कुग्लेगिन, नजीबुल्लाह जद्रान, साद बिन जफर र जाहिर खान जस्ता विदेही खेलाडीहरु रहेका छन्। यस्तै आन्द्रे फ्लेचर, रखिम कर्नवाल, रोस्टन चेज, केमार होल्डर, केसरिक विलियम्स जस्ता स्थानीय खेलाडीहरु टिममा छन्।

कप्तान डेरन सामी, मोहम्मद नबि, रोस्टन चेज, रखिम कर्नवाल जस्ता अल-राउण्डरले जसले ब्याट र बल दुवैबाट खेल जिताउन सक्छन्।  यस्तै केमार होल्डर, केसरिक विलियम्स जस्ता तिब्र गति बलरबाट टिमले राम्रो प्रदर्शनको आशा गरेको छ। ब्याटिंगमा अन्य ठुलो नाम नहुँदा आन्द्रे फ्लेचर, नजीबुल्लाह जद्रानले जिम्मेवारी सम्हाल्नु पर्नेछ। बिग ब्यास लिग खेलीसकेका अफगानिस्तान चाइनाम्यान बलर जाहिर खानबाट पनि टिमले ठुलो आशा राखेको छ।

सेन्ट लुसियाको सम्भावित ११ : डेरेन स्यामी ( कप्तान ) ,  आन्द्रे फ्लेचर, रखिम कर्नवाल, नजीबुल्लाह जद्रान, मोहम्मद नबि, रोस्टन चेज, स्कट कुग्लेगिन, केमार होल्डर, केस्रिक विलियम्स, ओबेड म्याकोय, जाहिर खान

सन्दिपको टिमको खेलको मिति र नेपाली समय कहिले छ ?

अगस्ट २२ : Vs गुएना अमेजन वारियर्स ( १२ बजे राति )

अगस्ट २५ : Vs  गायना अमेजन वारियर्स ( ३:१५ बजे बिहान )

अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट ( ३:१५ बजे बिहान )

अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस ( १२ बजे राति )

सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स ( ७:४५ बजे राती )

सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस ( ७:४५ बजे राती )

सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट ( १२ बजे राति )

सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स ( १२ बजे राति )

सम्बन्धित :-

https://wicketnepal.com/rashi-santner-perf-barbados-win-2ndm-wn20/

https://wicketnepal.com/cpl-t20-m-1-report-wn20/

https://wicketnepal.com/cpl-t20-2020-from-tom-all-det-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/

https://wicketnepal.com/sandeep-cpl-utsahit-wn20/

https://wicketnepal.com/sandeep-best-9-spell-in-foreign-t20-league/

https://wicketnepal.com/cricketers-salary-can-wn20/

https://wicketnepal.com/ipl-dream-11-sponsor-wn20/

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]