CPL T20 : सन्दिप सम्मिलित जमैकाको तेश्रो खेल आज क्रिस ग्रिन कप्तानीको गायना बिरुद्ध

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम जमैका तलावाजले शनिवार राति क्रिस ग्रिन कप्तानीको गायना अमेजन वारियर्ससंग तेश्रो खेल खेल्दैछ। लिग अन्तर्गत पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको जमैकाले शुक्रबार बिहान ट्रिनबागो नाइट राइडर्ससंग भने ७ विकेट हार बेहोरेको थियो। लिग अंकतालिकामा गायना २ खेलमा १ जित र १ हार सहित दोश्रो तथा समान जित हार सहित नेट रन रेटमा पछि पर्दै जमैका चौथो स्थानमा रहेको छ।

खेल : जमैका तलावाज VS गायना अमेजन वारियर्स

मिति र समय : अगस्ट २२, राति १२ बजे ( नेपाली समय ) , २:१५ बजे दिउसो ( स्थानीय समय )

मैदान : ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एन्ड टोबागो

अन्तिम ५ खेल : जमैका १ – ४ गायना

लाइभ कहाँ हेर्ने : नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले ( Star Sports ) प्रत्यक्ष प्रशारण गर्नेछ। फेसबुकमा सीपीएल टि-२० को Faebook र Youtube मा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, भिरास्यामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

गायना अमेजन वारियार्स टिम : इमरान ताहिर, निकोलस पुरन, ब्रेण्डन किंग, रस टेलर, सिमरन हेटमायार, क्रिस ग्रिन, किमो पौल, शरफेन रथरफोर्ड, रोमारियो शेफर्ड, नभिन उल हक, चन्द्रपौल महाराज, केभिन सिन्क्लेर, एहमद निड, ओडेन स्मिथ, एन्थोनी ब्राम्ब्ल, जस्दिप सिंह, किसोनदथ मगरम

कस्तो छ टिम गायना 

गत सिजन लिगको उप-विजेता टिम गायनाले लिगमा हालसम्म २ खेल खेल्दा १ जित र १ हार बेहोरेको छ। पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्ससंग ४ विकेटले पराजित भएपछि दोश्रो खेलमा गायनाले सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई ३ विकेटले पराजित गरेको थियो।

गायनाका ब्याट्सम्यान हेटमायर उत्कृस्ट लयमा रहेका छन्

चन्द्रपौल हेमराज, ब्रेन्डन किंग, शिमरन हेटमायर, रस टेलर जस्ता ब्याट्सम्यानहरु रहेको गुएनाको ब्याटिंग लगातार सिपिएलमा राम्रो प्रदर्शन गर्दै आएका निकोलस पुरनको उपस्थितिले अझै बलियो छ। अल-राउन्डर किमो पौल, शरफेन रथरफोर्ड रहेको टिमलाई अस्ट्रेलियन स्पिनर क्रिस ग्रिन र दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिरको उपस्थितिले बलियो बनाउछ।

फर्ममा रहेका खेलाडीहरु :- गायनाका ब्याट्सम्यान शिमरन हेटमायर उच्च लयमा रहेका छन्। बायाँ हाते ब्याट्सम्यानले दुवै खेलमा अर्धशतक बनाउने क्रममा ट्रिनबागो बिरुद्ध अविजित ६३ तथा सेन्ट किट्स बिरुद्ध ७१ रन बनाएका थिए। यस्तै फास्ट बलर किमो पौलले २ खेलमा ५ विकेट लिंदै उत्कृस्ट सावित गरेका छन् जसले सेन्ट किट्स बिरुद्ध जितमा १९ रन खर्चेर ४ विकेट लिएका थिए। त्यस बाहेक अनुभवी लेग स्पिनर इमरान ताहिरले २ खेलमा ४ विकेट लिईसकेका छन्।

कस्तो छ जमैका तलावाज 

पहिलो खेलमा सेन्ट लुसियालाई १५९ रनको लक्ष्य पछ्याउदै जितेको जमैकाले दोश्रो खेलमा भने सोहि लय दोहोर्याउन नसक्दा ट्रिनबागोसग ७ विकेटको हार बेहोर्यो। अब गायना बिरुद्ध जित हात पार्दै पुनः सोहि लयमा जमैका फर्कन चाहन्छ।

टिमको हिसाबले हेर्दा जमैका सन्तुलित देखिन्छ।  आन्द्रे रसेल, कार्लोस ब्राथवेट, असिफ अलि, चाडविक वाल्टन, ग्लेन फिलिप्स, रोभम्यान पावेल जस्ता ब्याट्सम्यानहरुले ब्याटिंग क्रम मजबुत छ। यस्तै बलिंगमा स्पिनरद्वारा सन्दिप लामिछाने र मुजिब उर् रहमानको तथा फिडेल एडवार्ड्सको उपस्थिति रहेको छ। ब्राथवेट, रसेल जस्ता खेलाडीहरुको अलराउण्ड क्षमताले टिममा सन्तुलन दिएको छ।

जमैकाका ओपनर ग्लेन फिलिप्स राम्रो लयमा छन्

फर्ममा रहेका खेलाडीहरु :- सेन्ट लुसिया बिरुद्ध ४४ तथा ट्रिनबागो बिरुद्ध ५९ रन बनाएका ओपनर ग्लेन फिलिप्स उच्च लयमा देखिएका छन्। मध्यक्रममा आसिफ अलिले सेन्ट लुसिया बिरुद्ध जितमा ४७ रन बनाउदै अहम योगदान दिएका थिए भने दोश्रो खेलमा पनि २२ रन बनाएका थिए। त्यस बाहेक बलिंगमा मुजिब उरर रहमानले दुइ खेलमा ३ विकेट लिने क्रममा मात्र ४.७५ प्रतिओभर रन खर्चेका छन्। २ खेलमा २ विकेट लिएका सन्दिपले पनि राम्रो लय देखाइरहेका छन्।

सन्दिपको हालसम्मको प्रदर्शन र आशा 

लिग अन्तर्गत पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध २३ रन खर्चेर १ विकेट लिएका सन्दिपले दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध ३० रन खर्चेर १ विकेट लिए। मध्यम ओभरमा बलिंग गरिरहेका सन्दिपले सहजै रन दिईरहेका छैनन् र साझेदारी तोड्ने काम राम्रो संग गरिरहेका छन्। निश्चित देखिएको एलबिडब्लु तथा क्याच छुट्दा विकेट कम लिएता पनि सन्दिपले लिगमा राम्रो लय देखाइरहेका छन् भने बलिंगमा आत्मविश्वास पनि देखिएको छ।

पहिलो खेल ( सेन्ट लुसिया बिरुद्ध, ४-०-२३-१ )  खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए।२५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

दोश्रो खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-३०-१ ) सन्दिपले दोश्रो खेलमा पनि १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे। १५ औ ओभरमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउदा उनि दोश्रो विकेट लिन चुकेका थिए।

लिगमा सन्दिपको खेल तालिका :-

अगस्ट २२ : Vs गायना अमेजन वारियर्स ( १२ बजे राति )

अगस्ट २५ : Vs गायना अमेजन वारियर्स ( ३:१५ बजे बिहान )

अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट ( ३:१५ बजे बिहान )

अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस ( १२ बजे राति )

सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स ( ७:४५ बजे राती )

सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस ( ७:४५ बजे राती )

सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट ( १२ बजे राति )

सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स ( १२ बजे राति )

यो पनि पढ्नुस :-

खेलाडीको तलब निकासा गर्न क्यानले आईसीसीलाई खेलाडीहरुको सुची पठायो

सुनिल नारायण चम्किदा ट्रिनबागोको दोश्रो जित, १ विकेट लिएका सन्दिपको यस्तो रह्यो बलिंग प्रदर्शन

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो

आईपिएल : यो सिजन डेब्यु गर्न सक्ने ५ विदेशी खेलाडी

शोयब अख्तरको दावी, यस कारण बुम्राहको क्रिकेट करियर धेरै लामो चल्ने छैन

कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वर्ष पुरा, उनले बनाएका २० किर्तिमान

संगाकाराको नजरमा दुइ वेस्टइन्डिज ब्याट्सम्यान सर्वोत्कृष्ट





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]