CPL : फाइनल पुग्न जमैकाले ट्रिनबागो र सेन्ट लुसियाले गायनासंग प्रतिस्पर्धा गर्ने

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० को आठौँ सिजनको लिग चरणको सम्पूर्ण ३० खेलहरु सोमबार बिहान समाप्त भएका छन्। लिग चरणको अन्त्यमा सबै टिमले एकअर्का संग २/२ खेल तथा एक टिमले कूल १० खेल खेलेका थिए।

लिग चरणको अन्त्यमा काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राईडर्स एक मात्र अपराजित टोलि रह्यो जसले १० वटै खेलमा जित दर्ता गर्दै २० अंक बटुल्यो। यस्तै क्रिस ग्रिन कप्तानीको गायना अमेजन वारियर्स र  डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सले १० खेल मध्ये समान ६ जित र ४ हार बेहोर्यो र समान १२ अंक रहेता पनि नेट रन रेटको आधारमा अंकतालिकामा गायना दोश्रो र सेन्ट लुसिया तेश्रो स्थानमा रह्यो।

लिगको चौथो स्थानमा सन्दिप लामिछाने सम्मिलित तथा रोभम्यान पावेल कप्तानीको जमैका तलावाज १० खेलमा ३ जित, ६ हार र १ नतिजाविहिन खेलपछि ७ अंक सहित चौथो स्थानमा रह्यो। गत सिजनको विजेता जेसन होल्डर कप्तानीको टिम बार्बेडोस ट्राइडेन्ट ६ अंक सहित पाचौ र रायद इम्रिट ३ अंक सहित पुछारमा रह्यो।

जमैकाको प्रदर्शन

मुजिब उर् रहमान, आन्द्रे रसेल, सन्दिप लामिछाने , ग्लेन फिलिप्स जस्ता खेलाडीहरुले राम्रो प्रदर्शन गरेता पनि टिमको रुपमा भने लिगमा जमैकाको प्रदर्शन कमजोर रह्यो। १ अंकले बार्बेडोसलाई पछि पार्दै जमैकाले सेमीफाइनल यात्रा गर्न सफल रह्यो।

जमैकाका ओपनर ग्लेन फिलिप्स ३९.२५ को औशतले ३१४ रन बनाउदै लिगको सर्वाधिक रनकर्ता हुन् भने १३.२७ को औशतले १५ विकट लिएका मुजिब उर् रहमान सर्वाधिक विकेटकर्ता। यस्तै सन्दिप लामिछाने सर्वाधिक विकेटकर्ताको सूचीमा १२ विकेट सहित चौथो स्थानमा रहे भने आन्द्रे रसेल ५५को औशतले २२० रन बनाउदै सातौँ सर्वाधिक रनकर्ता रहे। व्यक्तिगत प्रदर्शनले मात्र टिमले खेल जित्दैन टिम एकजुट हुनु पर्छ भन्ने प्रस्ट उदाहरण जमैकाले देखायो।

लिगमा मुजिब सर्वाधिक विकेटकर्ता तथा फिलिप्स सर्वाधिक रनकर्ता रहे

जमैकाले पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले, चौथो खेलमा गायनालाई ५ विकेटले तथा छैठौं खेलमा सेन्ट किट्सलाई ३७ रनले पराजित गर्यो। सेन्ट किट्ससंगको अर्को खेल वर्षाले नतिजाविहिन हुँदा पाएको १ अंकका कारण जमैकाले बार्बेडोसलाई पछि पार्न सक्यो।

सेमीफाइनल समीकरण 

लिग चरणको खेल समाप्तिमा अंकतालिकामा उत्कृस्ट ४ टिम ट्रिनबागो, गायना, सेन्ट लुसिया र जमैका सेमीफाइनल प्रवेश गरेका हुन्। सेमीफाइनल खेलहरु सेप्टेम्बर ८ तारिख मंगलबार सुरु हुनेछ जस अन्तर्गत पहिलो सेमीफाइनलमा अंकतालिकामा शिर्ष स्थानको टिम ट्रिनबागोले चौथो स्थानको टिम जमैकासंग प्रतिस्पर्धा गर्नेछ। दोश्रो सेमीफाइनल खेल अंकतालिकामा दोश्रो टिम गायना र तेश्रो सेन्ट लुसिया जुक्स बीच बुधबार बिहान खेलिनेछ। उपाधिको लागि खेल सेप्टेम्बर १० मा खेलिनेछ।

पहिलो सेमीफाइनल : ट्रिनबागो VS जमैका ( सेप्टेम्बर ८, मंगलबार – ७:४५ बजे राति )

दोश्रो सेमीफाइनल : गायना VS सेन्ट लुसिया ( सेप्टेम्बर ९ , बुधबार – ३:१५ बजे बिहान )

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-orange-cap-9-players/

https://wicketnepal.com/cpl-m10-jam-vs-st-lucia-mr-wn20/

https://wicketnepal.com/eng-vs-aus-t20-mr-wn20/

https://wicketnepal.com/ipl-kheltalika-sarbajani-wn20/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

https://wicketnepal.com/harbhajan-singh-nakhelne-ipl-w20/





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]