CPL – हेटमायरको उत्कृस्ट ब्याटिंग : गुएनाद्वारा ट्रिनबागोलाई १४५ रनको लक्ष्य

आठौँ सिजनको करेबियन प्रिमियर लिग टि-२० ट्रिनिडाड एण्ड टोबागोमा सुरु भएको छ। लिगको उद्घाटन खेलमा क्रिस ग्रिन कप्तानीको गुएना अमेजन वारियर्स र गत सिजन तेश्रो स्थानमा रहेको टिम काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।

ब्रायन लारा क्रिकेट एकडेमीमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको गुएनाले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाउदै ट्रिनबागोलाई १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ। वर्षाका कारण खेल ढिला सुरु भएपछि १७ ओभरमा छोट्याइएको थियो।

गुएनाको सुरुवात राम्रो हुन सकेन जसको दुवै ओपनर २३ रनको योगफलमा पेभेलियन फर्किए। खाता नखोलेका ब्रेण्डन किंगलाई अलि खानले पहिलो ओभरमै तथा ३ रन बनाएका चन्द्रपौल हेमराजलाई सुनिल नारायणले चौथो ओभरमा पेभेलियन फर्काए।

तेश्रो विकेटको लागि शिमरन हेटमायर र रस टेलरले अर्धशतकीय साझेदारी गरे। ५० रनको साझेदारी पछि ३३ रन बनाएका टेलरलाई सुनिल नारायणले १० औं ओभरमा बोल्ड आउट गर्दै खेलमा फर्काए। टेलरले २१ बलमा २ चौका र २ छक्का प्रहार गरे। टेलर पछि विकेटकिपर ब्याट्सम्यान निकोलस पुरन १८ रन ( १६ बलमा २ चौका र १ छक्का ) तथा शरफेन रुथरफोर्ड खाता नखोली आउट भए।

सुनिल नारायणले १९ रन खर्चेर २ विकेट लिए। फाइल फोटो

अर्को किनारमा विकेट गुमेता पनि हेटमायरले एक किनार सम्हालीरहे। १४ औ ओभरमा जेडेन सिल्सलाई छक्का प्रहार गर्दै उनले ३८ बलमा अर्धशतक पुरा गरे। उनले छैठौं विकेटको लागि किमो पौलसंग २७ रनको साझेदारी गरे।

हेटमायरले अविजित ६३ रन बनाए जुन क्रममा ४४ बलमा २ चौका र २ छक्का प्रहार गरे। पौलले अविजित १५ रन बनाए।

ट्रिनबागो नाइट राइडर्सको बलिंगमा सुनिल नारायणले सर्वाधिक २ विकेट ( ४-०-१९-२ ) लिए भने अलि खान ( ३-०-२१-१ ) , जेडन सियल्स ( २-०-२४-१ ) र ड्वेन ब्राभो ( ४-०-४०-१ ) ले समान १/१ विकेट लिए।


लिग अन्तर्गत दोश्रो खेल डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्ट र सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बीच भोलि बुधबार बिहान ३:१५ बजे खेलिनेछ।

प्रतियोगिता सेप्टेम्बर १० सम्म चल्नेछ। प्रतियोगितामा सहभागी ६ टिम मध्ये डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्टको कप्तानी जेसन होल्डरले, गुएना एमेजन वारियर्सको कप्तानी क्रिस ग्रिनले, जमैका तल्लावाजको कप्तानी रभम्यान पावेलले, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको कप्तानी रायद इम्रीटले, सेन्ट लुसिया जुक्सको कप्तानी डेरेन स्यामीले तथा ट्रिनबागो नाइट राइडर्सको कप्तानी काइरन पोलार्डले गर्नेछन्। नेपाली लेग स्पिनर सन्दिप लामिछाने यो पटक जमैका तल्लावाजको लागि खेल्दैछन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-woakes-placement-sa-bow-wn20/

https://wicketnepal.com/ipl-5-player-to-debut-wn20/

https://wicketnepal.com/cpl-t20-2020-from-tom-all-det-wn20/

https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/

https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]