CPL – हेटमायरको उत्कृस्ट ब्याटिंग : गुएनाद्वारा ट्रिनबागोलाई १४५ रनको लक्ष्य

२०७७ भाद्र २, मंगलवार २२:५६

आठौँ सिजनको करेबियन प्रिमियर लिग टि-२० ट्रिनिडाड एण्ड टोबागोमा सुरु भएको छ। लिगको उद्घाटन खेलमा क्रिस ग्रिन कप्तानीको गुएना अमेजन वारियर्स र गत सिजन तेश्रो स्थानमा रहेको टिम काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।

ब्रायन लारा क्रिकेट एकडेमीमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको गुएनाले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाउदै ट्रिनबागोलाई १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ। वर्षाका कारण खेल ढिला सुरु भएपछि १७ ओभरमा छोट्याइएको थियो।

गुएनाको सुरुवात राम्रो हुन सकेन जसको दुवै ओपनर २३ रनको योगफलमा पेभेलियन फर्किए। खाता नखोलेका ब्रेण्डन किंगलाई अलि खानले पहिलो ओभरमै तथा ३ रन बनाएका चन्द्रपौल हेमराजलाई सुनिल नारायणले चौथो ओभरमा पेभेलियन फर्काए।

तेश्रो विकेटको लागि शिमरन हेटमायर र रस टेलरले अर्धशतकीय साझेदारी गरे। ५० रनको साझेदारी पछि ३३ रन बनाएका टेलरलाई सुनिल नारायणले १० औं ओभरमा बोल्ड आउट गर्दै खेलमा फर्काए। टेलरले २१ बलमा २ चौका र २ छक्का प्रहार गरे। टेलर पछि विकेटकिपर ब्याट्सम्यान निकोलस पुरन १८ रन ( १६ बलमा २ चौका र १ छक्का ) तथा शरफेन रुथरफोर्ड खाता नखोली आउट भए।

सुनिल नारायणले १९ रन खर्चेर २ विकेट लिए। फाइल फोटो

अर्को किनारमा विकेट गुमेता पनि हेटमायरले एक किनार सम्हालीरहे। १४ औ ओभरमा जेडेन सिल्सलाई छक्का प्रहार गर्दै उनले ३८ बलमा अर्धशतक पुरा गरे। उनले छैठौं विकेटको लागि किमो पौलसंग २७ रनको साझेदारी गरे।

हेटमायरले अविजित ६३ रन बनाए जुन क्रममा ४४ बलमा २ चौका र २ छक्का प्रहार गरे। पौलले अविजित १५ रन बनाए।

ट्रिनबागो नाइट राइडर्सको बलिंगमा सुनिल नारायणले सर्वाधिक २ विकेट ( ४-०-१९-२ ) लिए भने अलि खान ( ३-०-२१-१ ) , जेडन सियल्स ( २-०-२४-१ ) र ड्वेन ब्राभो ( ४-०-४०-१ ) ले समान १/१ विकेट लिए।


लिग अन्तर्गत दोश्रो खेल डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्ट र सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बीच भोलि बुधबार बिहान ३:१५ बजे खेलिनेछ।

प्रतियोगिता सेप्टेम्बर १० सम्म चल्नेछ। प्रतियोगितामा सहभागी ६ टिम मध्ये डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्टको कप्तानी जेसन होल्डरले, गुएना एमेजन वारियर्सको कप्तानी क्रिस ग्रिनले, जमैका तल्लावाजको कप्तानी रभम्यान पावेलले, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको कप्तानी रायद इम्रीटले, सेन्ट लुसिया जुक्सको कप्तानी डेरेन स्यामीले तथा ट्रिनबागो नाइट राइडर्सको कप्तानी काइरन पोलार्डले गर्नेछन्। नेपाली लेग स्पिनर सन्दिप लामिछाने यो पटक जमैका तल्लावाजको लागि खेल्दैछन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-woakes-placement-sa-bow-wn20/

https://wicketnepal.com/ipl-5-player-to-debut-wn20/

https://wicketnepal.com/cpl-t20-2020-from-tom-all-det-wn20/

https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/

https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy