सिपिएल टि-२० : पहिलो खेलमा पोलार्डको ट्रिनबागो र क्रिस ग्रिनको गुएना बीच प्रतिस्पर्धा

आठौँ संस्करणको करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) आज देखि ट्रिनिडाड एण्ड टोबागोमा सुरु हुँदैछ। प्रतियोगिता सेप्टेम्बर १० सम्म चल्नेछ।

प्रतियोगितामा सहभागी ६ टिम मध्ये डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्टको कप्तानी जेसन होल्डरले, गुएना एमेजन वारियर्सको कप्तानी क्रिस ग्रिनले, जमैका तल्लावाजको कप्तानी रभम्यान पावेलले, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको कप्तानी रायद इम्रीटले, सेन्ट लुसिया जुक्सको कप्तानी डेरेन स्यामीले तथा ट्रिनबागो नाइट राइडर्सको कप्तानी काइरन पोलार्डले गर्नेछन्। नेपाली लेग स्पिनर सन्दिप लामिछाने यो पटक जमैका तल्लावाजको लागि खेल्दैछन्। 

गत सिजनको उप-विजेता टिम गुएना अमेजन वारियर्स र गत सिजन तेश्रो स्थानमा रहेको टिम ट्रिनबागो नाइट राइडर्स सिपिएल टि-२० को उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछन्। दुवै टिममा स्टार खेलाडीहरुको उपस्थिति रहेको छ र पहिलो खेल जित्दै लिगमा उत्कृस्ट खेल देखाउन चाहन्छन्।

खेल सम्बन्धि सम्पूर्ण जानकारी एकै ठाउँमा  : 

खेल : ट्रिनबागो नाइट राइडर्स Vs गुएना अमेजन वारियर्स

सुरु हुने समय : १८ अगस्ट, मंगलबार –  ७:४५ बजे राति ( नेपाल ) , १० बजे बिहान ( स्थानीय समय )

मैदान : ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एण्ड टोबागो

अन्तिम ५ खेल : ट्रिनबागो १ – ४ गुएना

लाइभ कहाँ हेर्ने ?  नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ। यस्तै अनलाइनमा लाइभ,  Fancode.com नामक वेबसाइटले गर्नेछ भने Fancode App डाउनलोड गरेर पनि प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।

ट्रिनबागो नाइट राइडर्स :- काइरन पोलार्ड ( कप्तान ), ड्वेन ब्राभो, सुनिल नारायन, कोलिन मुनरो, फवाद एहमद, डेरेन ब्राभो, लेन्डल सिमोन्स, सिकन्दर राजा, खरी पिएरे, टिम सेफर्ट, एण्डरसन फिलिप, प्रभिन ताम्बे, जेडेन सिल्स, अमिर जन्गो, टाएन वेब्स्टर, अकिल होसेन, मोहम्मद अलि खान

काइरन पोलार्ड कप्तानीको टिममा डीजे ब्राभो जस्तो उत्कृस्ट अल-राउण्डरको उपस्थिति रहेको छ। लिगमा सधै उत्कृस्ट प्रदर्शन गर्दै आएको ट्रिनबागोमा लेन्डल सिमोन्स, कोलिन मुनरो, सुनिल नारायन, प्रभिन ताम्बे जस्ता अनुभवी खेलाडीहरुको उपस्थिति रहेको छ। लेन्डल सिमोन्स गत सिजन सिपिएलमा १२ खेलमा ४३० रन बनाउदै दोश्रो सर्वाधिक रनकर्ता रहेका थिए। यस्तै पोलार्डले गत सिजन पाँचौ सर्वाधिक ३४९ रन बनाएका थिए।

गुएना एमेजन वारियर्स :- क्रिस ग्रिन ( कप्तान ) , इमरान ताहिर, निकोलस पुरन, ब्रेण्डन किंग, रस टेलर, सिमरन हेटमायार, , किमो पौल, शरफेन रथरफोर्ड, रोमारियो शेफर्ड, नभिन उल हक, चन्द्रपौल हेमराज, केभिन सिन्क्लेर, एहमद निड, ओडेन स्मिथ, एन्थोनी ब्राम्ब्ल, जस्दिप सिंह, किसोनदथ मगरम

चन्द्रपौल हेमराज, ब्रेन्डन किंग, शिमरन हेटमायर, रस टेलर जस्ता ब्याट्सम्यानहरु रहेको गुएनाको ब्याटिंग लगातार सिपिएलमा राम्रो प्रदर्शन गर्दै आएका निकोलस पुरनको उपस्थितिले अझै बलियो छ। अल-राउन्डर किमो पौल, शरफेन रथरफोर्ड रहेको टिमलाई अस्ट्रेलियन स्पिनर क्रिस ग्रिन र दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिरको उपस्थितिले बलियो बनाउछ।

ताहिर गत सिजन सिपिएलमा ९ खेलमा १६ विकेट लिंदै दोश्रो सर्वाधिक विकेट लिने बलर थिए। अर्को तर्फ ब्रेन्डन किंग गत सिजन १२ खेलमा ४९६ रन बनाउदै सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए।

Predicted Playing XI ( Source – Insidesport.co) 

Guyana Amazon Warriors : Chris Green (Captain), Brandon King, Chanderpaul Hemraj, Ross Taylor, Shimron Hetmyer, Nicholas Pooran (wk), Odean Smith, Keemo Paul, Sherfane Rutherford, Imran Tahir, Romario Shepherd.

Trinbago Knight Riders: Kieron Pollard (Captain), Lendl Simmons, Colin Munro, Darren Bravo, Tim Seifert (wk), Dwayne Bravo, Sunil Narine, Khary Pierre, Jayden Seales, Pravin Tambe, Anderson Phillip.

यो पनि पढ्नुस :- 

सिपिएल टि-२० : खेल समय र तालिका, लाइभ कहाँ हेर्ने, सबै जानकारी एकै ठाउँमा

सिपिएल टि-२० : कस्तो छ सन्दिपको टिम जमैका

कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वर्ष पुरा, उनले बनाएका २० किर्तिमान

धोनीका सबैभन्दा ठुला पाकिस्तानी फ्यान ‘चाचा शिकागो’ ले पनि लिए सन्यास, घनिष्ट थियो सम्बन्ध

११ चर्चित भारतीय क्रिकेटर जसले विदाई खेल नखेली सन्यास लिए

आईपीएल : यी ठुला खेलाडीहरु जसले सुरुवाती खेलहरु गुमाउनेछन्





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]