सिपिएल टि-२० : खेल समय र तालिका, लाइभ कहाँ हेर्ने, सबै जानकारी एकै ठाउँमा

करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) को आठौँ संस्करण अगस्ट १८ मंगलबार देखि ट्रिनिडाड एण्ड टोबागोमा सुरु हुँदैछ। ६ वटा टिम सहभागी हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म चल्नेछ। लिगमा कुल ३३ वटा खेलहरु खेलिनेछन्। ब्रायन लारा क्रिकेट एकेडेमी र क्विन्स पार्क ओभल मैदान गरि २ वटा मैदानमा सबै खेलहरु दर्शक बिना खेलिनेछ।

प्रतियोगिता बारे सम्पूर्ण जानकारी एकै ठाउँमा :-

सिपिएल टि-२० कहिले देखि सुरु हुँदैछ र कहिले सकिन्छ ? 

सिपिएल टि-२० अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म चल्नेछ।

लिगमा कति वटा टिम सहभागी हुनेछन् ? 

लिगमा ६ वटा टिम खेल्नेछन् जुन यस प्रकार रहेका छन्-  १.बार्बेडोस ट्राइडेन्ट २. गुएना एमेजन वारियर्स ३. जमैका तल्लावाज ४. सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, ५. सेन्ट लुसिया जुक्स . ट्रिनबागो नाइट राइडर्स

उद्घाटन खेलमा को-को खेल्नेछन् र कति बजे सुरु हुने छ ? 

उद्घाटन खेल मंगलबार ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारियर्स बीच खेलिनेछ। खेल नेपाली समय ७:४५ बजे राति सुरु हुनेछ।

लाइभ कहाँ हेर्ने ? 

नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ। यस्तै अनलाइनमा लाइभ,  Fancode.com नामक वेबसाइटले गर्नेछ भने Fancode App. डाउनलोड गरेर पनि प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।

सन्दिप लामिछाने जमैका तल्लावाजबाट खेल्दैछन्।

सन्दिप लामिछाने कुन टिमबाट खेल्दैछन् ? 

सन्दिप यो पटक जमैका तल्लावाजबाट खेल्दैछन्। उनलाई ९० हजार डलर खर्चेर टिमले लिएको थियो। पढ्नुसकस्तो छ सन्दिपको टिम जमैका

सन्दिपको टिम जमैकाको पहिलो खेल कहिले छ ? 

जमैकाको पहिलो खेल सेन्ट लुसिया जुक्स बिरुद्ध अगस्ट १९ तारिक बुधबार रहेको छ। खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ।

सन्दिपको टिमको खेलको मिति र नेपाली समय कहिले छ ? 

अगस्ट १९ : Vs सेन्ट लुसिया जुक्स ( ७:४५ बजे राती ) , अगस्ट २० : Vs ट्रिनबागो नाइट राइडर्स ( ३:१५ बजे बिहान )

अगस्ट २२ : Vs गुएना अमेजन वारियर्स ( ७:४५ बजे राती ) , अगस्ट २५ : Vs गुएना अमेजन वारियर्स ( ३:१५ बजे बिहान )

अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट ( ३:१५ बजे बिहान ) , अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस ( १२ बजे राति )

सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स ( ७:४५ बजे राती ) , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस ( ७:४५ बजे राती )

सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट ( १२ बजे राति )  , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स ( १२ बजे राति )

कुन टिममा को-को खेलाडीहरु छन् ? 

सेन्ट लुसिया जुक्स :- डेरेन सामी ( कप्तान ), रोस्टन चेज, मोहम्मद नबि , नजीबुल्लाह जद्रान, आन्द्रे फ्लेचर, केसरिक् विलियम्स, स्कट कुगेलजिन, चेमार होल्डर, ओबेड म्यकोय, रखिम कर्नवाल, मार्क डेयाल, जाहिर खान, किमानी मेलियस, लेनिको बाउचर, काभेम हज, जाभेले ग्लेन

ट्रिनबागो नाइट राइडर्स :- काइरन पोलार्ड ( कप्तान ), ड्वेन ब्राभो, सुनिल नारायन, कोलिन मुनरो, फवाद एहमद, डेरेन ब्राभो, लेन्डल सिमोन्स, सिकन्दर राजा, खरी पिएरे, टिम सेफर्ट, एण्डरसन फिलिप, प्रभिन ताम्बे, जेडेन सिल्स, अमिर जन्गो, टाएन वेब्स्टर, अकिल होसेन, मोहम्मद अलि खान

सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स :- रायड इमृट ( कप्तान ), क्रिस लिन, बेन डंक, इभिन लुइस, निक केली, सोहेल तन्भिर, इश सोढ़ी, शेल्डन कटरेल, दिनेश राम्दीन, , इमरान खान, अल्जारी योसेफ, जोसुवा डी सिल्भा, डोमिनिक ड्रेक्स, कोलिन अर्चीबाल्ड, जोन रस , जमार ह्यामिल्टन

बार्बेडोस ट्राइडेन्ट :- जेसन होल्डर ( कप्तान ), राशिद खान , कोरे एण्डरसन, शम्राह ब्रुक्स, मिचेल स्यान्टनर, जोन्सन चार्ल्स, शाइ होप, हेडन वाल्स, यसले नर्स, जोनाथन कार्टर, रेमन रिफर, कल मेयर्स, जोशुवा बिशप, नईम योंग, जस्टिन ग्रेभ्स, केन हार्रडिंग, शायाँ जहाँगिर

जमैका तल्लावाज :- रोभम्यान पावेल ( कप्तान ) ,आन्द्रे रसेल, सन्दिप लामिछाने, कार्लोस ब्राथवेट, मुजिब उर् रहमान, ग्लेन फिलिप्स, चाडविक विल्टन, ओशेन थोमस, आसिफ अलि, फिडेल एडवार्ड्स, प्रेस्टन म्याक्स्वेन, जर्माइन ब्ल्याकवुड, निकोक्लास किर्टन, रमाल लुइस, क्रुमाह बोनार, भिरास्वामी परमौल, रायन परसौद

गुएना एमेजन वारियर्स :- क्रिस ग्रिन ( कप्तान ) , इमरान ताहिर, निकोलस पुरन, ब्रेण्डन किंग, रस टेलर, सिमरन हेटमायार, , किमो पौल, शरफेन रथरफोर्ड, रोमारियो शेफर्ड, नभिन उल हक, चन्द्रपौल महाराज, केभिन सिन्क्लेर, एहमद निड, ओडेन स्मिथ, एन्थोनी ब्राम्ब्ल, जस्दिप सिंह, किसोनदथ मगरम

सिपिएल टि-२० को खेल तालिका

गत सिजनको र अहिलेसम्मको विजेता टिमहरु को-को हुन् ? 

गत सिजन सन्दिप लामिछानेले प्रतिनिधित्व गरेको टिम बार्बेडोस ट्राइडेन्टले प्रतियोगिता जितेको थियो। अहिलेसम्मको विजेताहरु यस प्रकार रहेका छन् –

२०१९ : विजेता – बार्बेडोस ट्राइडेन्ट, उपविजेता – गुएना अमेजन वारियार्स

२०१८ : विजेता – ट्रिनबागो नाइट राइडर्स, उपविजेता – गुएना

२०१७ : विजेता – ट्रिनबागो नाइट राइडर्स, उपविजेता – सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स

२०१६ : विजेता – जमैका तलावाज, उपविजेता – गुएना

२०१५ : विजेता – ट्रिनबागो नाइट राइडर्स , उपविजेता – बार्बेडोस

२०१४ : विजेता – बार्बेडोस ट्राइडेन्ट , उपविजेता – गुएना

२०१३ : विजेता – जमैका तलावाज , उपविजेता – गुएना

यो पनि पढ्नुस :-

https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/

https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/

https://wicketnepal.com/dhoni-5-decesion-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/

https://wicketnepal.com/4-ball-4-wicket-new-wc-wn20/





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]