CPL T20 : जमैकालाई सहजै पराजित गर्दै ट्रिनबागो फाइनलमा, सन्दिप पहिलो पटक विकेट विहिन

जमैका तलावाजलाई ९ विकेटले सहजै पराजित गर्दै काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्स करेबियन प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ। लिगमा ११ औं खेलमा अपराजित यात्रा कायम गर्दै ट्रिनबागोले तेश्रो पटक फाइनल यात्रा तय गरेको हो। यस अघि २०१७ र १८ मा ट्रिनबागो फाइनल पुगेको थियो र दुवै संस्करणको उपाधि जित्न सफल भएको थियो।

ब्रायन लारा स्टेडियममा सम्पन्न सेमीफाइनलमा जमैकाले दिएको १०७ रनको लक्ष्य ट्रिनबागोले मात्र १ विकेट गुमाएर १५ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ४ रन बनाएका ओपनर सुनिल नारायणलाई दोश्रो ओभरमा मुजिब उर् रहमानले बोल्ड गरेता पनि त्यसपछि जमैका विकेट निकाल्न असफल रह्यो। अर्का ओपनर लेन्डल सिमोन्सले टाएन वेबस्टरसंग दोश्रो विकेटको लागि  अविजित ९७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। सिमोन्सले अविजित ५४ रन बनाए जुन क्रममा ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। वेबस्टरले अविजित ४४ रन बनाए जुन क्रममा ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

लेन्डल सिमोन्सले सर्वाधिक ५४ रन बनाए

जमैकाको लागि मुजिब उर् रहमानले १ मात्र विकेट लिए जुन क्रममा ३ ओभरमा १८ रन खर्चिए।

जमैकाको कमजोर ब्याटिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन मात्र बनाउन सकेको थियो।

जमैकाको लागि क्रुमाह बोनरले सर्वाधिक ४१ रन, कप्तान रोभम्यान पावेलले ३३ तथा कार्लोस ब्राथवेटले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अत्यन्त खराब सुरुवात गरेको जमैकाले पहिलो ४ विकेट २५ रनको योगफलमा गुमाएको थियो त्यसपछि पावेल र बोनरले ३८ रनको साझेदारी गरेका थिए। उत्कृस्ट लयमा रहेका ग्लेन फिलिप्स २ तथा आन्द्रे रसेल २ रन बनाएर आउट हुँदा जमैका सानो योगफलमै समेटिन पुग्यो।

खरी पीएरेले सर्वाधिक ३ विकेट लिए

ट्रिनबागोको बलिंगमा अकेल होसेनले सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन गर्दै १४ रन मात्र खर्चिए। खरी पीएरेले २ विकेट ( ४-०-२९-२ ) तथा सुनिल नारायण ( ४-१-१३-१ ) र फवाद एहमद ( ४-०-२९-१ ) ले समान १/१ विकेट लिए।

लिग अन्तर्गत दोश्रो सेमीफाइनल बुधबार बिहान सेन्ट लुसिया जुक्स र गायना अमेजन वारियर्स बीच खेलिनेछ जसको विजेताले बिहिबार फाइनलमा ट्रिनबागोको सामना गर्नेछ।

सन्दिप पहिलो पटक विकेटविहिन 

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछाने ट्रिनबागो नाइट राइडर्ससंगको सेमीफाइनल खेलमा पहिलो पटक विकेटविहिन भएका छन्। लिग अन्तर्गत यस अघि १० मध्ये ९ खेलमा बलिंग गरेका सन्दीपले सबै खेलमा विकेट लिने क्रममा १२ विकेट लिएका थिए। लिगको अन्तिम खेलमा जमैका पराजित भएपछि सन्दिपले सिपिएलमा कुल ११ खेलमा १० खेलमा बलिंग गर्दै ११ विकेट लिंदै यो वर्षको सिपिएल यात्रा समाप्त गरे। खेलमा जमैकाले दिएको १०८ रनको लक्ष्य ट्रिनबागोले

कस्तो रह्यो सन्दिपको बलिंग 

सन्दिपको पहिलो ओभर : ५ रन ( ४ , ० , ० , ० , ० , वाइड, ० )

लिगमा पहिलो पटक पावरप्लेको ओभरमा बलिंग गर्न आएका सन्दिपले पाँचौ ओभरमा ५ रन खर्चिए। ओभरको पहिलो बलमा लेन्डल सिमोन्सले चौका प्रहार गरेपछि सन्दिपले लगातार ४ बल डट फाले। त्यसपछि गुगलीमा वाइड फालेका सन्दिपले अर्को डट बल गर्दै ओभर समाप्त गरे।

सन्दिपको दोश्रो ओभर : ८ रन ( १ , ० , १ , ० , ० , ६ )

लगत्तै स्पेलमा सातौँ ओभर बलिंग गर्न आएका सन्दिपलाई ओभरको अन्तिम बलमा टायन वेब्स्टरले स्लग स्विप गर्दै छक्का प्रहार गरे। त्यस अघि ओभरमा उनले ३ डट बल गरे भने २ वटा १/१ रन दिए।

सन्दिपको तेश्रो ओभर : ९ रन ( २ , १ , ० , वाइड, ३ वाइड, ० , १ , १ )

नवौं ओभर बलिंग गर्ने क्रममा सन्दिपले ९ रन खर्चिए। अन्य बल राम्रो गरेता पनि उनले चौथो बलमा लगातार वाइड बल गरेका थिए। सन्दिपको गुगली लेग स्टम्प भन्दा बाहिर गएपह्चि दोश्रो पटक वाइडमा २ रन अतिरिक्त पनि दिए। तर ओभरमा विकेटको मौका सिर्जना गर्न भने सन्दिप असफल रहे। सिमोन्स र वेब्स्टरलेले जोखिमपूर्ण सट खेलेनन्।

सन्दिपको चौथो ओभर : ७ रन ( ० , ० , १ , ४ , १ , १ )

नवौं ओभर पछि १४ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले लिगमा पहिलो पटक लगातार ४ ओभर बलिंग गर्न पाएनन्। स्पेलको अन्तिम ओभरमा सन्दिपले ७ रन खर्चिए र विकेटविहिन रहे। ओभरको चौथो बलमा वेबस्टरले चौका हिर्काएका थिए। सहजै जिततर्फ अघि बढेको ट्रिनबागोले सन्दिपको बलमा रिस्क लिन जरुरि ठानेन।

४ ओभरको स्पेलमा लिगमै पहिलो पटक विकेटविहिन भएका सन्दीपले २९ रन खर्चिए। लिगमा सन्दिपको यो दोश्रो महँगो स्पेल हो। यस अघि ट्रिनबागो बिरुद्ध पहिलो खेलमा सन्दिपले ३० रन खर्चेर १ विकेट लिएका थिए।

लिगमा सन्दिपको बलिंग प्रदर्शन :-

११ खेलमा १० इनिंग बलिंग गर्दै १२ विकेट लिएका सन्दिप लिगको सर्वाधिक विकेटकर्ताको सूचीमा पाँचौ स्थानमा रहेका छन्। मुजिब उर् रहमान १६ विकेट सहित पहिलो स्थानमा रहेका छन्। इमरान ताहिर ( १५ विकेट ) दोश्रो, स्कट कग्लेजिन ( १४ विकेट ) तेश्रो , तथा केसरिक् विलियम्स ( १३ विकेट ) चौथो स्थानमा रहेका छन्।

पहिलो खेल Vs सेन्ट लुसिया : १ विकेट ( ४-०-२३-१ )

दोश्रो खेल Vs ट्रिनिबागो : १ विकेट ( ४-०-३०-१ )

तेश्रो खेल Vs गायना : २ विकेट ( ४-०-८-२ )

चौथो खेल Vs गायना : १ विकेट ( ४-०-२१-१ )

पाँचौ खेल Vs बार्बेडोस : २ विकेट ( ४-०-१६-२ )

छैठौं खेल Vs सेन्ट किट्स : २ विकेट ( ४-०-२७-२ )

सातौँ खेल Vs ट्रिनबागो : १ विकेट ( ४-०-२०-१ )

आठौँ खेल Vs सेन्ट किट्स : बलिंग गरेनन्

नवौं खेल Vs बार्बेडोस : १ विकेट ( ४-०-२६-१ )

दशौँ खेल Vs सेन्ट लुसिया : १ विकेट ( ४-०-२०-१ )

एघारौँ खेल Vs ट्रिनबागो : ४-०-२९-०

यो पनि पढ्नुस :-

https://wicketnepal.com/2nd-low-total-cpl-history-w20/

https://wicketnepal.com/yuvraj-might-play-big-bash-wn20/

https://wicketnepal.com/10-players-ipl-orange-cap-wn20/

https://wicketnepal.com/ipl-orange-cap-9-players/

https://wicketnepal.com/ipl-kheltalika-sarbajani-wn20/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]