पोलर्ड, मुनरो र ब्राभोले आक्रामक ब्याटिंग गर्दा ट्रिनबागोद्वारा बार्बेडोसलाई १८६ रनको लक्ष्य

करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) अन्तर्गत नवौं खेलमा काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्स र जेसन होल्डर कप्तानीको बार्बेडोस ट्राइडेन्टस प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको ट्रिनबागोले २० ओभरमा ३ विकेट गुमाएर १८५ रनको विशाल योगफल तयार गरेको छ।

ट्रिनबागोको ब्याटिंगमा कोलिन मुनरो, डेरेन ब्राभो र कप्तान काइरन पोलार्डले आक्रामक इनिंग खेले। मुनरोले ३० बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए। ब्राभो ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रनमा तथा पोलार्ड १७ बलमा ४ छक्का र १ चौका मद्दतले ४१ रन बनाउदै अविजित रहे।

ब्राभोले ५४ रन तथा मुनरोले ५० रन बनाए

ओपनर लेन्डल सिमोन्स २१ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि सुनिल नारायण र मुनरो बीच ४१ रनको साझेदारी भएको थियो। अघिल्लो २ खेलमा अर्धशतक बनाएका नारायण १६ बलमा ८ रन बनाएर आउट भए। त्यसपछि मुनरो १३ औं ओभरमा ५० रन पुरा गरे लगत्तै आउट भए।

चौथो विकेटको लागि पोलार्ड र ब्राभोले अविजित ९८ रनको साझेदारी गरे। मात्र ४२ बलमा दुइ ब्याट्सम्यानले ८ छक्का र ५ चौका प्रहार गरे। यस क्रममा दुइ ब्याट्सम्यानले १७ औं ओभरमा १९ रन, १८ औं ओभरमा २० रन तथा १९ औं ओभरमा १७ रन बनाएका थिए। अन्तिम ४ ओभरमा ट्रिनबागोको योगफल ११६  बाट १८५ पुगेको थियो।

बार्बेडोसको बलिंगमा कप्तान जेसन होल्डर ( ४-०-३७-१ ) , एशले नर्स ( ४-०-२०-१ ) र रेमन रेफर ( ४-०-४७-१ ) ले समान १/१ विकेट लिए।

लिगको अंकतालिकामा ट्रिनबागो एक मात्र अपराजित टिमको रुपमा दुवै जितका साथ ४ अंक बटुल्दै दोश्रो स्थानमा रहेको छ। नेट रन रेटमा अधि रहँदै गायना समान अंक रहे पनि पहिलो स्थानमा रहेको छ। ट्रिनबागोले गायनालाई ४ विकेटले तथा जमैकालाई ७ विकेटले पराजित गरेको थियो।

अर्कोतर्फ बार्बेडोस २ खेलमा १ जित र १ हार पछि २ अंकका साथ चौथो स्थानमा रहेको छ। पहिलो खेलमा सेन्ट किट्सलाई ६ विकेटले पराजित गरेको बार्बेडोस दोश्रो खेलमा सेन्ट लुसियासंग ७ विकेटले पराजित भएको थियो।

लिगमा नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले आगामी खेल अगस्ट २६ तारिक बिहान ३:१५ बजे गायना अमेजन वारियर्ससंग खेल्नेछ।

यो पनि पढ्नुस :- 

https://wicketnepal.com/jamaica-2nd-loss-wn20-3rd-mtch/

https://wicketnepal.com/aus-team-to-eng-wn20-odi-t20-ser/

https://wicketnepal.com/icc-hall-of-fame-2020-wn20/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/sandeep-credit-to-mujeeb-wn20/

https://wicketnepal.com/stuart-broad-inhaler-wn20/

https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/

https://wicketnepal.com/ipl-5-player-to-debut-wn20/





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]