CPL FINAL : ट्रिनबागोको तेश्रो उपाधि लक्ष्यमा सेन्ट लुसिया बन्ला बाधा

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत आठौँ सिजनको उपाधिको लागि काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्स र डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सले बिहिबार प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय बेलुका ७:४५ बजे ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एण्ड टोबागोमा खेलिनेछ।

लिग अन्तर्गत पहिलो सेमीफाइनलमा नाइट राइडर्सले जमैका तलावाजलाई ९ विकेटले तथा दोश्रो सेमीफाइनलमा जुक्सले गायना अमेजन वारियर्सलाई १० विकेटले सहजै पराजित गर्दै फाइनामा स्थान पक्का गरेको थियो। यस अघि लिग चरणको अंकतालिकामा ट्रिनबागो सबै १० खेलमा जित पछि २० अंकका साथ शिर्ष स्थानमा रहँदै तथा सेन्ट लुसिया १० खेलमा ६ जित र ४ हार पछि १२ अंक बटुल्दै तेश्रो स्थानमा रहेर सेमीफाइनल पुगेको थियो।

लिग चरणमा ट्रिनबागोले दुवै खेलमा सेन्ट लुसियालाई पराजित गरेको थियो। पहिलो खेल ६ विकेटले तथा दोश्रो खेल २३ रनले ट्रिनबागोले जितेको थियो।

कस्तो छ ट्रिनबागो 

लिगको पाँचौ  र छैठौं संस्करणको उपाधि जितेको ट्रिनबागोले फाइनल खेल हारेको रेकर्ड छैन। ११ खेलसम्म अपराजित टिम शानदार लयमा रहेको छ र जस्तो सुकै परिस्थितिलाई पनि जितमा परिवर्तन गरिरहेको छ।

ट्रिनबागोको सफलतामा कप्तान काइरन पोलार्डले उत्कृस्ट प्रदर्शन गरिरहेका छन्। उनले १० खेलमा ७ इनिंग ब्याटिंग गर्ने क्रममा ५१.७५ को औशत र २०४.९५ को शानदार औशतले २०७ रन बनाएका छन्। असम्भव जस्तो जितलाई पनि पोलार्डले ब्याटिंग गर्दा सम्भव बनाइदिएका छन्। यस्तै टिमका ओपनर लेन्डल सिमोन्स, डेरेन ब्राभो, कोलिन मुनरो, सुनिल नारायण, टायन वेब्स्टर जस्ता ब्याट्सम्यानहरुले लिगमा राम्रो लय देखाईरहेका छन्। १० खेलमा २७२ रन बनाएका सिमोन्स लिगकै दोश्रो सर्वाधिक रनकर्ता हुन्। डेरेन ब्राभो पनि पाँचौ सर्वाधिक रनकर्ता हुन् जसले २३९ रन बनाएका छन्।

डेरेन ब्राभो र काइरन पोलार्ड

ट्रिनबागोको बलिंगतर्फ सुनिल नारायण, फवाद एहमद, अकेल होसेन, खरी पीएरे, ड्वेन ब्राभो, जेडन सिल्स, प्रभिन ताम्बे, सिकन्दर राजा जस्ता बलर छन् जसले निकै राम्रो प्रदर्शन गरिरहेका छन्। सुनिल नारायण र प्रभिन ताम्बे प्रतियोगिताकै किफायती बलर हुन् जसले लिगमा ५ भन्दा कम रन प्रतिओभर खर्चेका छन्। सेमीफाइनलमा उत्कृस्ट प्रदर्शन गरेका बायाँ हाते स्पिनर अकेल होसेन पनि किफायती हुनुको साथै ६ खेलमा ९ विकेट पनि लिएका छन्। टिमको सर्वाधिक विकेटकर्ता लेग स्पिनर फवाद एहमदले १० खेलमा ११ विकेट लिईसकेका छन्। ड्वेन ब्राभोको अनुभवले ट्रिनबागोको बलिंगलाई अझ मजबुत बनाउने गर्छ।

ट्रिनबागो नाइट राइडर्स टिम : काइरन पोलार्ड ( कप्तान ) , ड्वेन ब्राभो, सुनिल नारायन, कोलिन मुनरो, फवाद एहमद, डेरेन ब्राभो, लेन्डल सिमोन्स, सिकन्दर राजा, खरी पिएरे, टिम सेफर्ट, एण्डरसन फिलिप, प्रभिन ताम्बे, जेडेन सिल्स, अमिर जन्गो, टाएन वेब्स्टर, अकेल होसेन, मोहम्मद अलि खान

कस्तो छ सेन्ट लुसिया 

वेस्टइन्डिजलाई २ पटक टि-२० विश्वकप जिताएका कप्तान डेरेन सामीको कप्तानी अनुभवकै कारण टिमले फाइनलमा स्थान बनाउन सेकको छ।

जुक्सको सफलतामा मोहम्मद नाबीको अलराउन्ड प्रदर्शनले महत्वपूर्ण भूमिका खेलेको छ। विश्वकै नम्बर-१ टि-२० अलराउण्डर अफगान क्रिकेटले ब्याटबाट १५४ रन तथा बलिंगमा १२ विकेट लिएका छन् र सन्दिप लामिछानेसंगै चौथो सर्वाधिक विकेटकर्ता हुन्। यस्तै अर्का अलराउण्डर रोस्टन तथा मध्यक्रम ब्याट्सम्यान रोस्टन चेजले पनि अलराउण्ड प्रदर्शन गरिरहेका छन्। टिमको सर्वाधिक रनकर्ता चेजले ४०.६० को औशतमा २०३ रन बनाएका छन् भने ८ विकेट पनि लिएका छन्।

स्कट कग्लाइन र मोहम्मद नाबी

टिमको सफलतामा ठूलो योगदान दिने अर्का क्रिकेटर हुन् किवी फास्ट बलर स्कट कग्लाइन। शानदार बलिंग गरिरहेका  दायाँ हाते बलर १६ विकेट लिंदै मुजिब उर् रहमानसंगै लिगको सर्वाधिक विकेटकर्ता हुन्। कग्लाइनले प्रत्येक ११.३ बलमा विकेट दिलाएका छन् जुन लिगमा १५ ओभर भन्दा बढी बलिंग गर्ने बलर मध्ये उत्कृस्ट स्ट्राइक रेट हो। तिब्र गति बलर केसरिक विलियम्सले पनि लगातार राम्रो बलिंग गरिरहेका छन् र १३ विकेट लिंदै तेश्रो सर्वाधिक विकेटकर्ता हुन्।

जुक्सको ब्याटिंगमा अर्का अफगानिस्तान क्रिकेटर नजिबुल्लाह जद्रानले ४०.६ को औशतमा २०० रन बनाएका छन्। यस्तै ओपनर रखिम कर्नवालले आक्रामक सुरुवात दिलाईरहेका छन्। आन्द्रे फ्लेचरले पनि ठिक ठाक प्रदर्शन गरिरहेका छन्।

सेन्ट लुसिया जुक्स टिम : डेरेन सामी ( कप्तान ), रोस्टन चेज, मोहम्मद नबि , नजीबुल्लाह जद्रान, आन्द्रे फ्लेचर, केसरिक् विलियम्स, स्कट कुगेलजिन, चेमार होल्डर, ओबेड म्यकोय, रखिम कर्नवाल, मार्क डेयाल, जाहिर खान, किमानी मेलियस, लेनिको बाउचर, काभेम हज, जाभेले ग्लेन





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]