सिपिएल टि-२० को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ

कोरोना भाइरसका कारण प्रभावित भएको विश्व क्रिकेट पुनः सक्रिय हुन थालेको छ। इंग्ल्यान्ड र वेस्टइन्डिज बीच टेस्ट सिरिज जारि रहेको छ भने यही बीचमा आईपीएल आयोजना हुने खबर आएको छ। अर्को तर्फ नेपाली स्पिनर सन्दिप लामिछाने सहभागी हुने टि-२० लिग करेबियन प्रिमियर लिगको ( सीपीएल टि-२० ) पनि खेल तालिका सार्वजनिक भएको छ।

सोमबार राति सार्वजनिक भएको खेल तालिका अनुसार सिपिएल टि-२० १८ अगस्ट देखि सुरु हुनेछ जसको फाइनल १० सेप्टेम्बरमा खेलिनेछ। लिगमा कुल ३३ वटा खेल खेलिनेछन्। सबै खेलहरु ट्रिनिडाड एण्ड टोबागोको स्टेडियमहरुमा खेलिनेछ।

कोरोनाको कारण प्रतियोगितामा खेलाडीहरुको स्वास्थ्यमा ध्यान राख्न सजिलो हुनाले मात्र दुइ वटा स्टेडियममा खेलहरु खेलिने निर्णय लिईएको हो। खेलहरु दर्शक विहिन स्टेडियममा खेलिनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा गत सिजनको उपविजेता टिम गायना अमेजन वारियर्स र ट्रिनबागो नाइटराइडर्स बीच खेलिनेछ। यस्तै दोश्रो खेल डिफेन्डिङ च्याम्पियन  बार्बेडोस ट्राइडेन्ट र सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बीच हुनेछ।

सिपिएल टि-२० सकिएको ९ दिन पछि अर्थात् १९ सेप्टेम्बरबाट इन्डियन प्रिमियर लिग ( आईपीएल ) पनि युएईमा सुरु हुनेछ। 

सन्दिप लामिछानेको टिम जमैकाको खेल तालिका 

नेपाली लेग स्पिनर सन्दिप लामिछाने यो पटक जमैका तल्लावाजबाट खेल्नेछन्। उनलाई ९० हजार डलरमा ड्राफ्टमार्फत जमैकाले भित्र्याएको थियो।

जमैकाले लिगमा आफ्नो पहिलो खेल अगस्ट १९ ( बुधबार ) सेन्ट लुसिया जुक्ससंग खेल्नेछ। त्यसपछि दोश्रो खेल ट्रिनबागो नाइट राइडर्ससंग अगस्ट २० मा, अगस्ट २२ मा गुएना अमेजन वारियर्ससंग खेल्ने तालिका रहेको छ।

सिपिएल टि-२० को खेल तालिका

जमैकाको खेल तालिका 

अगस्ट १९ : Vs सेन्ट लुसिया जुक्स , अगस्ट २० : Vs ट्रिनबागो नाइट राइडर्स

अगस्ट २२ : Vs गुएना अमेजन वारियर्स , अगस्ट २५ : Vs गुएना अमेजन वारियर्स

अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट , अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स

सहभागी सबै ६ वटा टिमले एक अर्का बिरुद्ध १-१ खेल खेलीसकेपछि अंकतालिकामा शिर्ष-४ हुने टिमले सेमीफाइनल खेल्नेछन्।

सन्दिप लामिछाने सिपिएल खेल्न जाने सम्भावना 

कोरोनाका कारण अन्तर्राष्ट्रिय फ्लाइटहरु नेपालमा नखुल्दा सन्दिप लामिछाने सिपिएल टि-२० खेल्न जानेमा अन्योलता अझै रहेको छ।

विकेटनेपाललाई प्राप्त पछिल्लो जानकारी अनुसार सन्दिपलाई चार्टर फ्लाइटबाट लैजान प्रयास भइरहेको जुन सकरात्मक दिशामा अघि बढेको छ। सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले मंगलबारसम्म सन्दिप जान पाउने नपाउने थाहा हुने बताएका छन्।

यो पनि पढ्नुस :- गत सिजन सिपिएलमा किन रोएका थिए सन्दिप, वेस्टइन्डिज पुर्व क्रिकेटर ड्यारेन गंगाको खुलासा

वेस्टइन्डिज पुगे पछि पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने हुँदा छिटो त्यहाँ पुग्नु परेको हो। अगस्ट १-२ सम्म वेस्टइन्डिज नपुगेको खण्डमा सन्दिप नपुगे प्रतियोगिता गुमाउन सक्नेछन्। सन्दिपलाई वेस्टइन्डिज पुर्याउन सरकारी स्तरबाटै पहल भइरहेको शिवाकोटीले बताएका छन्।

९० हजार डलरमा बिक्रि भएका थिए सन्दिप

सन्दीप यो सिजन सिपिएल जमैका तल्लावाहजबाट खेल्नेछन् । नेपाली स्पिनरलाई जमैकाले ९० हजार डलर ( नेपाली रु. १ करोड ७ लाख ४६ हजार ) खर्चेर टिममा भित्र्याएको हो।

सन्दिपको टिममा आन्द्रे रसेल, कार्लोस ब्राथवेट, चाडविक विल्टन, आसिफ अलि, ओशेन थोमस, फिडेल एडवर्ड्स जस्ता खेलाडीहरु रहेका छन्।

सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्।

यो पनि :- आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा, पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो

सन्दिपले यस अघि सिपिएल टि-२० को दुइ वटा संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा बार्बेडोस ट्राइडेन्टबाट खेलेका थिए। सेन्ट किट्सको लागि खेल्दा ५ हजार डलर पाएका सन्दिपले त्यसपछि बार्बेडोसको लागि खेल्दा ७० हजार डलर पाएका थिए।

करेबियन प्रिमियर लिगमा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाज , सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि बार्बेडोस ट्राइडेन्टले गुएनालाई फाइनलमा पराजित गर्दै जितेको थियो।

अन्य ताजा खबर :-

– ऐतिहासिक किर्तिमानबाट ब्रड मात्र १ विकेट टाढा

– १९ सेप्टेम्बर देखि युएईमा आयोजना हुनेछ आईपीएल

– राखेप सदस्य सचिवमा पुनः सिलवाल नियुक्त





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]