CPL T20 : सन्दिपको जमैकाको पाँचौ खेल बार्बेडोस बिरुद्ध

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम जमैका तलावाजले पाँचौ खेल जेसन होल्डर कप्तानीको बार्बेडोस ट्राइडेन्ट्स बिरुद्ध बिहिबार खेल्दैछ।

बुधबार बिहान सम्पन्न खेलमा गायना अमेजन वारियार्सलाई ५ विकेटले पराजित गरेको जमैका अर्को जितसाथ अंक तालिकामा उकालो लाग्दै सेमीफाइनल यात्रा सुरक्षित गर्न चाहन्छ। अर्कोतर्फ पहिलो खेलमा सेन्ट किट्सलाई ६ रनले पराजित गरेपछि लगातार ३ खेलमा पराजित बार्बेडोस जितको लय भेटाउन चाहन्छ। एक अर्का बिरुद्ध २/२ खेल खेलीसकेपछि अंकतालिकामा चौथो हुने टिम सेमीफाइनल पुग्नेछ।

डिफेन्डिङ च्याम्पियन बार्बेडोस यो सिजन कमजोर प्रदर्शन गर्दै ४ खेलमा १ जित र ३ हार पछि अंकतालिकाको पाँचौ स्थानमा रहेको छ। जमैका भने ४ खेलमा समान २/२ जित र हार सहित चौथो स्थानमा छ।

खेल : जमैका तलावाज VS बार्बेडोस  बार्बेडोस ट्राइडेन्ट्स

मिति र समय : अगस्ट २७, बिहान ३:१५ बजे ( नेपाली समय ) , ५:३० बजे बेलुका ( स्थानीय समय )

मैदान : क्विन्स पार्क ओभल, स्टेडियम, ट्रिनिडाड एन्ड टोबागो

अन्तिम ५ खेल : जमैका ४ – १ बार्बेडोस

लाइभ कहाँ हेर्ने : नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले ( Star Sports ) प्रत्यक्ष प्रशारण गरिरहेको छ। फेसबुकमा सीपीएल टि-२० को Faebook र Youtube मा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।

जमैकाको हालसम्मको प्रदर्शन  ( ४ खेलमा २ जित र २ हार )

पहिलो खेल Vs सेन्ट लुसिया – ५ विकेटले विजयी 

दोश्रो खेल Vs ट्रिनबागो – ७ विकेटले पराजित

तेश्रो खेल Vs गायना – १४ रनले पराजित

चौथो खेल Vs गायना – ५ विकेटले विजयी 

जमैकाको लयमा रहेका २ खेलाडी :- 

१. मुजिब उर् रहमान : ४ खेलमा ९ विकेट लिईसकेका अफगानी अफ स्पिनर मुजिब बिपक्षी टिमको लागि निकै मुस्किल बलर सावित भइरहेका छन्। विकेट मात्र हैन उनले ४ खेलमा १६ ओभर बलिंग गर्दा मात्र ४.१८ को उत्कृस्ट इकोनोमिले बलिंग गरिरहेका छन्। गायना बिरुद्ध बुधबारको जितमा मुजिबले  मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। त्यस अघि गायना बिरुद्धनै १८ रन खर्चेर ३ विकेट लिएका उनले ट्रिनबागो बिरुद्ध १३ रन खर्चेर १ विकेट तथा सेन्ट लुसिया बिरुद्ध २५ रन खर्चेर २ विकेट लिएका थिए।

आन्द्रे रसेल पछिल्लो २ खेलमा लयमा देखिएका छन्

२. आन्द्रे रसेल : रसेलले ब्याटिंग र बलिंग दुवैबाट जमैकालाई योगदान दिईरहेका छन्। पछिल्लो २ खेलमा ब्याटिंगमा उत्कृस्ट योगदान दिएका रसेलले गायना बिरुद्ध क्रमशः अविजित ५२ रन र अविजित २३ रन बनाएका थिए। अर्धशतक बनाएको खेलमा पराजित भएता पनि बुधबार बिहान सम्पन खेलमा मुस्किल अवस्थामा उनको अविजित २३ रनले खेल जिताउन अहम योगदान दिएको थियो। उनले सेन्ट लुसिया बिरुद्ध १६ तथा ट्रिनबागो बिरुद्ध २५ रन बनाएका थिए। यस्तै बलिंगमा पनि रसेलले ३ विकेट लिईसकेका छन्। प्रतियोगिताको धेरै रन ब्याट्सम्यानको सुचीमा रसेल छैठौं नम्बरमा छन् जसले ४ खेलमा ५८ को औशतले ११६ रन बनाएका छन्।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, भिरास्यामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

बार्बेडोसको हालसम्मको प्रदर्शन ( ४ खेलमा १ जित र ३ हार )

पहिलो खेल Vs सेन्ट किट्स – ६ रनले विजयी 

दोश्रो खेल Vs सेन्ट लुसिया – ७ विकेटले पराजित

तेश्रो खेल Vs ट्रिनबागो – १९ रनले पराजित 

चौथो खेल Vs सेन्ट किट्स – ६ विकेटले पराजित 

बार्बेडोसको लयमा रहेका २ खेलाडी :-

१. राशिद खान : प्रतियोगिताको ४ खेलमा ५ विकेट हात पारेका राशिदले पहिलो खेलमा सेन्ट किट्स बिरुद्धको जितमा बलिंगमा २ तथा ब्याटिंगमा पनि अविजित २६ रन बनाउदै महत्वपूर्ण योगदान दिएका थिए। त्यसपछि सेन्ट लुसिया बिरुद्ध २४ रन दिएर २ विकेट लिएका अफगानीस्तान लेग स्पिनर ट्रिनबागो बिरुद्ध विकेटविहिन रहेका थिए भने सेन्ट किट्स बिरुद्ध चौथो खेलमा २४ रन खर्चेर १ विकेट लिएका थिए। धेरै विकेट लिने बलरको सुचीमा पाँचौ स्थानमा रहेका राशिदले ४.८० को शानदार इकोनोमिमा बलिंग गरेका छन्।

राशिद खानले सेन्ट किट्स बिरुद्ध २ विकेट लिनुको साथै ब्याटिंगमा पनि २६ रन बनाएका थिए

२. जोन्सन चार्ल्स : बार्बेडोसका कम खेलाडीले मात्र नियमित राम्रो प्रदर्शन गर्दा दायाँ हाते ओपनिंग ब्याट्सम्यान जोन्सन चार्ल्स नियमित रन बनाइरहेका छन्। पहिलो खेलमासेन्ट किट्ससंग ४ रन बनाएका चार्ल्सले त्यसपछि सेन्ट लुसियासंग ३५, ट्रिनबागोसंग ५२ तथा सेन्ट किट्ससंग २४ रन बनाएका थिए। ४ खेलमा ११५ रन बनाएका चार्ल्सले १४०.२४ को स्ट्राइकले रन बनाइरहेका छन्।

बार्बेडोस ट्राइडेन्ट्स टिम :  राशिद खान, जेसन होल्डर, कोरे एण्डरसन, शम्राह ब्रुक्स, मिचेल स्यान्टनर, जोन्सन चार्ल्स, शाइ होप, हेडन वाल्स, यसले नर्स, जोनाथन कार्टर, रेमन रिफर, कल मेयर्स, जोशुवा बिशप, नईम योंग, जस्टिन ग्रेभ्स, केन हार्रडिंग, शायाँ जहाँगिर

सन्दिप लामिछानेको हालसम्मको प्रदर्शन 

प्रतियोगिता अन्तर्गत ४ खेलमा नेपाली स्पिनरले १६ ओभर बलिंग गर्ने क्रममा मात्र ७३ रन खर्चेर ५ विकेट लिएका छन्। यस क्रममा सन्दिपले मात्र ४.५६ प्रतिओभर रन खर्चेका छन्। पछिल्लो २ खेलको कुरा गर्दा सन्दिपले ८ ओभरमा मात्र २० रन खर्चेर ३ विकेट लिएका छन् र दुवै खेलमा सन्दिपले एउटा पनि बाउन्ड्री दिएका छैनन्।

पहिलो खेल ( सेन्ट लुसिया बिरुद्ध, ४-०-२३-१ )  खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएका थिए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। २५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

दोश्रो खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-३०-१ ) सन्दिपले दोश्रो खेलमा पनि मात्र १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे। १५ औ ओभरमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउदा उनि दोश्रो विकेट लिन चुकेका थिए।

सन्दिप लामिछाने लगातार किफायती बलिंग गर्दै महत्वपूर्ण विकेट पनि दिलाइरहेका छन्

तेश्रो खेल ( गायना बिरुद्ध , ४-०-८-२ ) मुजिब उर् रहमानले लगातार विकेट लिएपछि दबाबमा रहेको गायनालाई सन्दिपले नवौं ओभरमा मात्र २ रन खर्चेर झनै दबाब थपेका थिए। त्यसपछि दोश्रो ओभरको दोश्रो बलमा शरफेन रथरफोर्डको विकेट लिएका उनले मात्र १ रन खर्चिए। तेश्रो ओभरमा रस टेलर र किमो पौललाई रन बनाउन रोक्ने क्रममा ३ रन खर्चिएपछि स्पेलको अन्तिम ओभरमा सन्दिपले कप्तान क्रिस ग्रिनलाई बोल्ड गर्दै दोश्रो विकेट लिए। चौथो ओभरमा पनि उनले २ रन मात्र खर्चे।

चौथो खेल ( गायना बिरुद्ध, ४-०-१२-१ ) लगातार दोश्रो खेल गायना बिरुद्ध खेल्ने क्रममा सन्दिपले पुनः कन्जुस्याइँपूर्ण बलिंग गरे। ४ ओभरमा १२ रन खर्चेका सन्दिपले दोश्रो खेलमा पनि शरफेन रथरफोर्डलाई क्याच आउट गराए। १० औं ओभरमा बलिंग सुरु गरेका सन्दिपले पहिलो ओभरमा ३ रन, दोश्रो ओभरमा ४ रन , तेश्रो ओभरमा १ रन तथा चौथो ओभरमा ४ रन खर्चे। यस क्रममा १६ वटा डट बल फालेका सन्दिपले दोश्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए।

लिगमा जमैकाको खेल तालिका :- अगस्ट २७ : Vs बार्बेडोस ट्राइडेन्ट ( ३:१५ बजे बिहान ) , अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस ( १२ बजे राति ) , सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स ( ७:४५ बजे राती ) , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस ( ७:४५ बजे राती ) , सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट ( १२ बजे राति ) , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स ( १२ बजे राति )

यो पनि पढ्नुस :-

https://wicketnepal.com/jamaica-4th-m-rep-wn20-cpl/

https://wicketnepal.com/dhoni-saqlain-chetawani-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/aus-team-to-eng-wn20-odi-t20-ser/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/sandeep-best-9-spell-in-foreign-t20-league/





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]