मुनरो र पोलार्ड चम्किदा जमैकालाई चुनौतिपूर्ण लक्ष्य, सन्दिपले लिए १ विकेट

करेबियन प्रिमियर लिग अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम जमैका तलावाजले सातौँ खेलमा ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गरिरहेको छ। लिग अन्तर्गत ट्रिनबागो अंकतालिकामा शीर्षस्थानमा रहंदा खेलेको ६ वटै खेलमा जित हाँसिल गरेको छ। जमैका भने ६ खेलमा ३ जित र ३ हार सहित चौथो स्थानमा रहेको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको ट्रिनबागोले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाउदै जमैकालाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओपनर सुनिल नारायण २९ रन ( ११ बलमा ५ चौका र १ छक्का ) बनाएर आउट भएपछि दोश्रो विकेटको लागि मुनरो र सिमोन्सले ४६ रनको साझेदारी गरे। सिमोन्सलाई १० औं ओभरमा सन्दिपले क्याच आउट गराए जसले २५ रन बनाए। त्यसपछि पनि मुनरोले एक किनार सम्हालीरहे र टिम सेफर्टसंग ४३ रनको साझेदारी गरे। १५ औं ओभरमा सेफर्टलाई फिडेल एडवार्ड्सले सन्दिप लामिछानेबाट क्याच आउट गराए।

मुनरोले सर्वाधिक ६५ रन बनाए र पोलार्डसंग ७३ रनको साझेदारी गरे

छैठौं नम्बरमा ब्याटिंग गर्न आएका काइरन पोलार्डले अन्तिममा आक्रामक ब्याटिंग गरे। दुवैले चौथो विकेटको लागि ३४ बलमा ७३ रनको साझेदारी गरे।

अन्तिम बलमा आउट हुनु अघि कोलिन मुनरोए ६५ रन बनाए जुन क्रममा ५४ बलमा १० चौका र १ छक्का प्रहार गरे। अविजित रहेका पोलार्डले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाए।

जमैकाको बलिंगमा कार्लोस ब्राथवेटले २ विकेट लिंदा सन्दिप लामिछाने र फिडेल एडवार्ड्सले १/१ विकेट लिए। मुजिब उर् रहमान पहिलो पटक विकेट विहिन रहे। सबैभन्दा किफायती बलिंग गरेका सन्दिपले ४ ओभरमा २० रन मात्र खर्चिए। कप्तान रोभम्यान पावेल र एड्वार्ड्सले ४ ओभरमा समान ४८ रन खर्चिए।

यस्तो रह्यो सन्दिपको बलिंग प्रदर्शन : 

सन्दिपको पहिलो ओभर : ३ रन ( ० , ० , १ , ० , १ , १ )

आठौँ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले लगातार बनिरहेको रनमा अंकुश लगाउदै ओभरमा मात्र ३ रन खर्चिए। ३ डट बल तथा ३ वटा १/१ रन दिएका सन्दिपलाई क्रिजमा जमेका कोलिन मुनरो र लेन्डल सिमोन्सले आक्रामक सट खेलेनन्।

सन्दिपको दोश्रो ओभर : ८ रन खर्चेर १ विकेट ( २ , १ , विकेट , १ , ० ४ )

लगत्तै स्पेलमा १० औं ओभर बलिंग गरेका सन्दिपले ओभरको दोश्रो बलमै ठुलो सफलता दिलाए। यस क्रममा उनले ओपनर लेन्डल सिमोन्सलाई क्याच आउट गराए। २५ रन बनाएका सिमोन्सले सन्दिपको अफ स्टम्प बाहिर रहेको लेग स्पिन बललाई अनसाइडमा ठुलो सट खेल्न खोज्दा ब्याकवार्ड पोइन्टमा क्याच आउट भए। मुनरो र सिमोन्स बीचको ४६ रनको महत्वपूर्ण साझेदारी तोड्दै सन्दिपले टिमलाई खेलमा फर्काए। ओभरको अन्तिम बलमा सन्दिपले गरेको लेग स्पिन मुनरोको ब्याटको भित्रि किनारा लागेर किपर पछाडी चौका गएको थियो। थोरै अन्तरले सन्दिपले मुनरोको विकेट ढाल्न चुके।

सिमोन्सको विकेट पछि सन्दिपको खुसि

सन्दिपको तेश्रो ओभर : २ रन ( ० , ० , ० , ० , १  , १ )

१२ औं ओभरमा सन्दिपले अझ उत्कृस्ट बलिंग गरे र मुनरोलाई बाँधेर राख्न सफल भए। तेश्रो बलमा सन्दिपले गरेको एलबिडब्लु अपिललाई अम्पायरले नकारे। ओभरमा सन्दिपले मात्र २ रन खर्चिए जुन क्रममा पहिलो ४ बल डट फालेका थिए।

सन्दिपको चौथो ओभर : ७ रन ( २ , ४, ० , १ , ० , ० )

१४ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्न आएका सन्दिलाई ओभरको दोश्रो बलमा टिम सेफर्टले चौका प्रहार गरे। त्यसबाहेक ओभरमा सन्दिपले राम्रो बलिंग गरे र ३ वटा डट बल फाले। स्पेलमा सन्दिपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए।

सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप तेश्रो नम्बरमा 

१ विकेट लिएसंगै सन्दिप ७ खेलमा १० विकेट लिंदै सर्वाधिक विकेटकर्ताको सुचीमा मोहम्मद नाबी, रायद इम्रिट र केस्रिक विलियम्ससंगै संयुक्तरुपमा तेश्रो स्थानमा उक्लेका छन्। ११ विकेट सहित स्कट कग्लेजिन र इमरान ताहिर संयुक्तरुपमा दोश्रो स्थानमा रहेका छन्। १३ विकेट लिएका मुजिब उर् रहमान पहिलो स्थानमा छन्।

लिग अन्तर्गत सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध १ विकेट, तेश्रो खेलमा गायना अमेजन वारियर्स बिरुद्ध २ विकेट, चौथो खेलमा गायना बिरुद्धनै १ विकेट, पाँचौ खेलमा बार्बेडोस बिरुद्ध २ विकेट तथा छैठौं खेलमा सेन्ट किट्स बिरुद्ध २ विकेट लिएका थिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/sandeep-bowling-wn20-2nd-m-vs-tnr-1st-in/

https://wicketnepal.com/pradeep-airee-best-perf-wn20/

https://wicketnepal.com/dhoni-batting-line-up-gambhir-ipl-wn20/

https://wicketnepal.com/engl-leave-out-joe-root-for-australia-t20is/

https://wicketnepal.com/babar-kohli-t20-avrg-wn20/

https://wicketnepal.com/sandeep-bowling-wn20-2nd-m-vs-tnr-1st-in/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy