सिपिएल टि-२० : कस्तो छ सन्दिपको टिम जमैका

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आठौँ संस्करणको करेबियन प्रिमियर लिग (सिपिएल टि-२०) मा जमैका तलावाजको प्रतिनिधित्व गर्दै छन् । लिग  जमैकाले सन्दिपलाई ड्राफ्टमा ९० हजार डलर (नेपाली रुपैयाँ १ करोड ७ लाख ) खर्च गरेर आठौं संस्करणको सिपिएलको लागि आफ्नो टिममा भित्र्याएको थियो । प्रतियोगिता खेल्न जुलाई ३० मा चार्टर्ड फ्लाइट मार्फत सेन्ट लुसिया प्रस्थान गरेका सन्दिपको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र सिपिएलमा तेश्रो सिजन प्रतिनिधित्व गर्न तयार छन्।

जमैका तलावाजले २०१३ र २०१६ मा सिपिएल टि-२० को उपाधी आफ्नो नाम गरेको थियो। दुइ पटक उपधि जिते पनि जमैकाले पछिल्लो सिजन भने खराब प्रदर्शन गरेको जमैकाले १० खेलमा मात्र २ जित र ८ हार बेहोर्दै छैठौं स्थानमा रहेको थियो। आन्द्रे रसेल, कार्लोस ब्रेथवेट र ओसेन थोमस जस्ता ठूला नामहरु सम्मिलित जमैका यस सिजन सन्तुलित देखिन्छ र तेश्रो उपाधी जित्ने दाउमा रहने छ।

सन्दिप र मुजिबले जमैकाको स्पिन पक्ष सम्हाल्ने 

जमैकाले ठूलो रकममा नेपाली लेग स्पिनर सन्दिप लामिछाने र दक्षिण अफ्रिकी स्पिनर तवरेज शाम्सीलाई आफ्नो टिममा भित्र्याएको थियो । तर, कोभिड-१९ का कारण शाम्सी दक्षिण अफ्रीकाबाट वेस्टइन्डिज यात्रा गर्न नपाउदा सन्दिपको काँधमा जिम्मेवारी थपिएको छ। शाम्सीको स्थानमा तलावाजले अफगानिस्तानका युवा अफ स्पिनर मुजिब उर् रहमानलाई टिममा भित्र्याएको छ।

मुजिब उर् रहमान र सन्दिप लामिछाने हुँदा जमैकाको स्पिन पक्ष बलियो रहेको छ

मुजिब र सन्दिपले जमैकाको स्पिन आक्रमणको नेत्रित्व गर्दा स्पिन पक्ष टिमको बलियो देखिन्छ। सन्दिपसंग सिपिएल फरक टिमको लागि दुइ सिजन खेलेको अनुभव रहेको छ भने विश्वभरका उत्कृस्ट टि-२० लिगको अनुभवले उनलाई महत्वपूर्ण खेलाडीको रुपमा उभ्याएको छ। सिपिएल टि-२० मा दुइ सिजन खेल्दा सन्दिपले ११ खेलमा १५ विकेट लिईसकेका छन्।

अर्कोतर्फ १९ वर्षिय मुजिबसंग अफगानिस्तानको लागि अन्तर्राष्ट्रिय क्रिकेट तथा आईपीएल, बिग ब्यास लिगमा किंग्स-११ पन्जाब, ब्रिसबेन हिट्स जस्तो टिमको लागि खेलेको अनुभव रहेको छ।

जमैकाको बलियो पक्ष

ठुला नाम रहेको जमैका टिम निकै सन्तुलित देखिन्छ जहाँ आफ्नै हैसियतमा खेल जिताउने क्षमता भएका खेलाडीहरु छन् । जमैकाको ब्याटिङ क्रममा टि-२० क्रिकेटका विस्फोटक मध्येका ब्याट्सम्यान आन्द्रे रसल र कार्लोस ब्रेथवेट जस्ता विस्फोट ब्याट्सम्यानहरु छन् छन्। आन्द्रे रसेल ब्याटिंग, बलिंग र फिल्डिंग सबै बिभागमा योगदान दिन सक्षम छन् तर उनले आफ्नो फिटनेसलाई भने जोगाउनु पर्नेछ।

वेस्टइन्डिज क्रिकेटर रोभम्यान पावेल तथा पाकिस्तान क्रिकेटर असिफ अलिले ब्याटिंग क्रमलाई थप मजबुत बनाउनेछन्। विकेटकिपरको भूमिका ग्लेन फिलिप्सले निर्वाह गर्नेछन् जसको पनि लिगमा रेकर्ड राम्रो रहेको छ। चाडविक वाल्टनको पनि प्रदर्शन लिगमा राम्रो रहेको छ।

रसेल र ब्रेथवेटले ४-४ ओभर गर्न सक्ने हुनाले कप्तान पावेलसँग धेरै बलरहरुको विकल्प छन्। मुजिब र सन्दिपले जमैकाको स्पिन आक्रमण सम्हाल्ने छन्। जमैकाको स्पिन आक्रमण बिरोधि टिमलाई निकै घातक सावित हुनसक्छ । यस्तै २३ वर्षीय वेस्टइन्डिज क्रिकेटर ओशेन थोमस र अनुभवी फिडेल एडवार्ड्सको तिब्र गति बलिंगमा उपस्थितिले टिमलाई सन्तुलन प्रदान गर्छ।

आन्द्रे रसेल

जमैकाको कमजोर पक्ष

सिपिएल ड्राफ्ट हुनुअघि जैमाकाको पछिल्लो सिजनका कप्तान तथा विस्फोटक ब्याट्सम्यान क्रिस गेलले नाम झिकेपछि तलावाजलाई ठूलो झड्का लागेको थियो । क्रिस गेलले यस सिजनको सिपिएल खेल्ने छैनन् । अनुभवी ३० वर्षीय दक्षिण अफ्रिकी चाइनाम्यान बलर तवरेज शाम्सीको पनि कमि जमैकाले महसुस गर्नेछ ।

जमैकाको ब्याटिङ आन्द्रे रसल र कार्लोस ब्राथवेटमा धेरै निर्भर रहेको छ। तर रसेलको कमजोर फिटनेसले भने टिमलाई सताउन सक्छ।  ब्याटिङ क्रम नम्बर ७ मा समाप्त भएको कारण उनीहरुको ब्याटिङ गहिराई देखिदैन। बेञ्चमा राम्रा विकल्पहरु नहुनुका कारण ब्याटिङ ब्याकअप पनि छैन ।

कागजमा हेर्दा तलावाज टिम सन्तुलित देखिन्छ जो पछिल्लो वर्षको खराब प्रदर्शन भुलाउन चाहन्छ।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, विरासामी परमल, रायन परसाउद , विदेशी खेलाडीहरु :-सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

जमैकाको सम्भावित एघार: चाडविक वाल्टन, ग्लेन फिलिप्स, आन्द्रे रसेल, असिफ अलि, जर्माइन ब्ल्याकवुड, रोभम्यान पावेल, कार्लोस ब्राथवेट, सन्दिप लामिछाने, मुजिब उर रहमान, फिडेल एडवार्ड्स, ओशेन थोमस

सिपिएलको आठौँ सिजन १८ अगस्ट देखि सुरु भएर १० सेप्टेम्बरमा सकिने छ । दुबै सिजनमा पूरा प्रतियोगिता खेल्न नपाएका नेपाली स्पिनर सन्दिपले यस सिजन भने पुरा खेल्न पाउनेछन्।

सिपिएल टि-२० मा जमैकाको खेल तालिका :-

अगस्ट १९ : Vs सेन्ट लुसिया जुक्स , अगस्ट २० : Vs ट्रिनबागो नाइट राइडर्स

अगस्ट २२ : Vs गुएना अमेजन वारियर्स , अगस्ट २५ : Vs गुएना अमेजन वारियर्स

अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट , अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स

सम्बन्धित :-

सिपिएल टि-२० : कुन टिममा को-को छन् खेलाडीहरु

फ्लाइट छुट्दा फाबियन एलेनले सिपिएल टि-२० नै गुमाए

गत सिजन सिपिएलमा किन रोएका थिए सन्दिप, वेस्टइन्डिज पुर्व क्रिकेटर ड्यारेन गंगाको खुलासा

“लकडाउनमा मानसिक रुपमा आफुलाई बलियो बनाएँ” सन्दिप लामिछाने ( अन्तर्वार्ता )

यो पनि पढ्नुस :-

आईपीएलको मुख्य प्रायोजन गर्न ५ कम्पनि बीच प्रतिस्पर्धा

४ बलमा ४ विकेट लिंदै यी महिला क्रिकेटरले बनाइन् नयाँ वर्ल्डरेकर्ड

मेस्सीलाई सोधियो, संगै खेल्नुभयो भने रोनाल्डोलाई बल पास गर्नुहुन्छ ?





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]