CPL : जमैकाद्वारा सेन्ट लुसिया पराजित, राम्रो रह्यो सन्दिपको प्रदर्शन

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

लिग अन्तर्गत यस अघि प्रतियोगिता अन्तर्गत पहिलो दिन मंगलबार सम्पन्न खेलहरुमा बार्बेडोस र ट्रिनबागोले जित हाँसिल गरेका थिए।

ट्रिनिडाड एण्ड टोबागो स्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा सेन्ट लुसिया जुक्सले दिएको १५९ रनको लक्ष्य जमैकाले ५ विकेट गुमाएर १८.५ ओभरमा पुरा गरेको हो।

फिलिप र अलिको उत्कृस्ट ब्याटिंग 

१५९ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवात विकेट गुमाएता पनि जमैकालाई ओपनर ग्लेन फिलिप्सले आक्रामक ब्याटिंग गर्दै राम्रो स्थितिमा पुर्याए। चाडविक विल्टन २, निकोलस किर्टोन १ रन बनाएर आउट भएपछि फिलिप्सले तेश्रो विकेटको लागि कप्तान रभम्यान पावेलसंग ६३ रनको साझेदारी गरे।

ओपनर फिलिप्सले ४४ रन बनाए

१७ बलमा २ चौका र २ छक्का मद्दतले २६ रन बनाएका पावेललाई दशौँ ओभरमा रखिम कर्नवालले पेभेलियन फर्काउदै सेन्ट लुसियालाई खेलमा फर्काए। त्यस लगत्तै फिलिपलाई केस्रिक विलियम्सले क्याच आउट गराए। ४४ रन बनाउने क्रममा फिलिप्सले २९ बलमा ३ चौका र ३ छक्का हिर्काए।

८४/४ को अवस्थाबाट जमैकालाई आन्द्रे रसेल र आसिफ अलिले जिततर्फ डोर्याए। ४२ रनको साझेदारी गरेपछि रसेल १७ औं ओभरमा विलियम्सबाट विकेट पछि क्याच आउट भए। रसेलले १७ बलमा २ चौका प्रहार गर्दै १६ रन बनाए।

रसेलको विकेटपछि आसिफ अलि र कार्लोस ब्राथवेटले छैठौं विकेटको लागि ३४ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। अलिले २७ बलमा ५ चौका र २ छक्का मद्दतले ४७ रन बनाए। ब्राथवेटले ९ बलमा १ छक्का प्रहार गर्दै १८ रन बनाए।

सेन्ट लुसियाको बलिंगमा केस्रिक विलियम्सले २ विकेट , स्कट कुग्गलेजिन, ओबेद म्याकोय र रखिम कर्नवालले समान १/१ विकेट लिए।


सेन्ट लुसियाको ब्याटिंग 

टस हारेर ब्याटिंग गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो। उसको लागि चौथो नम्बरमा ब्याटिंग गरेका रोस्टन चेजले सर्वाधिक ५२ रन बनाए जुन क्रममा ४२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। नजिबुल्लाह जद्रानले २५ रन तथा आन्द्रे फ्लेचरले २२ रन बनाए। जमैकाको बलिंगमा मुजिब उर् रहमान ( ४-०-२५-२ ) र भिरास्वामी परमौलले ( ३-०-३४-२ ) ले समान २/२ विकेट लिए।

राम्रो रह्यो सन्दिपको बलिंग 

नेपाली स्पिनर सन्दिप लामिछानेले राम्रो किफायती बलिंग गर्दै ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। यस क्रममा उनले नजीबुल्लाह जद्रानको विकेट लिए।

सन्दिपको पहिलो ओभर :- ८ रन (१, ० , ० , १ , ६ , ० ) खेलको नवौं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपलाई ओभरको पाँचौ बलमा नजिबुल्लाह जद्रानले स्लग स्विप गर्दै डिप-मिड विकेटमा छक्का प्रहार गरे। त्यस बाहेक सन्दिपले ओभरमा तिन वटा डट बल गरे भने २ पटक १/१ रन दिए।

सन्दिपको दोश्रो ओभर :- ३ रन ( २, ० , ० , ०, १, ० ) लगत्तै स्पेलमा ११ औं ओभर गर्ने क्रममा सन्दिपले किफायती बलिंग गरे। ओभरमा मात्र ३ रन खर्चने क्रममा उनले नजिबुल्लाह जद्रानलाई खुलेर रन बनाउन दिएनन्। ओभरमा उनले अधिकांश बल गुगली फालेका थिए।

Sandeep Lamichhane

सन्दिपको तेश्रो ओभर :- ८ रन ( १ , ४ , ० , ० , २ , १ ) लगत्तै स्पेलमा १३ औं ओभर बलिंग गर्ने क्रममा सन्दिपले दोश्रो बलमा दिएको अफस्टम्प भन्दा बाहिरको फुल टस बललाई रोस्टन चेजले चौका प्रहार गरे। तेश्रो बलमा सन्दिपले रोस्टन चेजलाई गुग्ली गर्दै गरेको एलबिडब्लु विकेट अपिल अम्पायरले आउट नदिंदा सन्दिप पहिलो विकेट लिन चुक्न पुगे। ओभरमा २ डट बल गरेका उनले ८ रन खर्चिए।

सन्दिपको चौथो ओभर :- ४ रन दिएर १ विकेट ( १, विकेट , १ , ० , ० , वाइड, १ ) खेलमा र सिजनमै पहिलो विकेट लिने क्रममा सन्दिपले दोश्रो बलमा नजीबुल्लाह जद्रानलाई क्याच आउट गराए। सन्दिपले गरेको गुगलीलाई ठुलो सट खेल्ने क्रममा उनि डिप-मिड विकेटमा कप्तान रभम्यान पावेलबाट समातिन पुगेका थिए। २५ रन बनाएका जद्रानको विकेट लिंदै सन्दिपले रोस्टन चेजसंगको ५२ रनको साझेदारी तोडे। ओभरमा उनले मात्र ४ रन खर्चेर स्पेल सकाए।

सेप्टेम्बर १० सम्म चल्ने लिगमा कुल ३३ वटा खेलहरु खेलिनेछन्। ब्रायन लारा क्रिकेट एकेडेमी र क्विन्स पार्क ओभल मैदान गरि २ वटा मैदानमा सबै खेलहरु दर्शक बिना खेलिनेछ।

सन्दिपको आगामी खेल :-

अगस्ट २० : Vs ट्रिनबागो नाइट राइडर्स ( ३:१५ बजे बिहान )

अगस्ट २२ : Vs गुएना अमेजन वारियर्स ( ७:४५ बजे राती )

अगस्ट २५ : Vs गुएना अमेजन वारियर्स ( ३:१५ बजे बिहान )

अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट ( ३:१५ बजे बिहान )

अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस ( १२ बजे राति )

सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स ( ७:४५ बजे राती )

सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस ( ७:४५ बजे राती )

सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट ( १२ बजे राति )

सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स ( १२ बजे राति )

यो पनि पढ्नुस :-

‘२०२३ विश्वकपसम्म खेल्छु’ फिन्च

CPL : स्यान्टनर र राशिद खानले अलराउण्ड प्रदर्शनमा बार्बेडोसको जित

CPLT20 : ट्रिनबागोको जितमा सुनिल नारायणको आक्रामक अर्धशतक

आईपिएल : यो सिजन डेब्यु गर्न सक्ने ५ विदेशी खेलाडी

कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वर्ष पुरा, उनले बनाएका २० किर्तिमान





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]