CPL T20 : सेन्ट किट्सको लगातार तेश्रो हार, नाबीको अलराउण्ड प्रदर्शन

करेबियन प्रिमियर लिग टि-२० अन्तर्गत सातौँ खेलमा डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सले सेन्ट किट्स एण्ड एण्ड नेभिस पेट्रिएट्सलाई १० रनले पराजित गरेको छ।

लगातार तेश्रो खेलमा हार बेहोर्दै रायद इम्रीट कप्तानीको सेन्ट किट्स अंकतालिकाको पुछारमा रहेको छ। तेश्रो खेलमा दोश्रो जित हात पार्दै ४ अंक सहित जुक्स लिगको पहिलो स्थानमा उक्लेको छ।  लिग अन्तर्गत आठौँ खेलमा आज राति १२ बजे सन्दिप लामिछाने सम्मिलित टिम जमैका र गायना अमेजन वारियर्स बीच प्रतिस्पर्धा हुनेछ।

कग्लेजाइन र चेजको उत्कृस्ट बलिंग 

ट्रिनिडाड एन्ड टोबागो स्थित ब्रायन लारा क्रिकेट एकडेमीमा सम्पन्न खेलमा जुक्सले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा पेट्रिएट्सले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाउन सक्यो।

सेन्ट किट्सको ब्याटिंगमा दिनेश रामदिनले सर्वाधिक ४६ रन बनाएता पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्। इनिंगको अन्त्यमा शेल्डन कटरेलले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै टिमलाई जित नजिक पुर्याएका थिए। त्यस क्रममा उनले अन्तिम ओभरमा २ छक्का र १ चौका प्रहार गर्दै १७ रन बनाएका थिए।

जुक्सको बलिंगमा न्युजिल्यान्डका फास्ट बलर स्कट कग्लेजाइनले ४ विकेट ( ४-०-३३-४ ) तथा अफ स्पिनर रोस्टन चेजले ३ विकेट ( ४-०-१२-३ ) लिए। चेजले किफायती बलिंग गर्ने क्रममा माथिल्लो क्रमका इभिन लुइस, जोशुवा डी सिल्भा, बेन डंकको विकेट लिएका थिए।  मोहम्मद नाबीले १ विकेट लिने क्रममा ४ ओभरमा मात्र १७ रन खर्चिए।


सेन्ट लुसियाको ब्याटिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो।

सेन्ट लुसियाको लागि ओपनिंग ब्याट्सम्यान आन्द्रे फ्लेचरले सर्वाधिक ४६ रन बनाए। उनले ३३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै मोहम्माब नाबीले अविजित ३५, मार्क डेयालले ३०, नजिबुल्लाह जद्रानले २८ तथा रखिम कर्नवालले १६ रन बनाए।

आन्द्रे फ्लेचर फ्लेचरले ४६ रन बनाए

१३७/६ को अवस्थाबाट नाबीले इनिंगको अन्तिम २ ओभरमा ३ छक्का र १ चौका प्रहार गर्दै सेन्ट लुसियालाई ठुलो योगफलतर्फ डोर्याएका थिए।

सेन्ट किट्सको बलिंगमा सोहेल तन्भिर ( ४०-४१-२ ) र जोन रस जागेसर ( ४-०-२९-२ ) समान २/२ विकेट तथा कप्तान रायद इमृटले १ विकेट ( ४-१-१४-१ ) लिए।

अल-राउण्ड योगदान दिएका मोहम्मद नाबी खेलको प्लेयर अफ द म्याच चुनिए।

यो पनि पढ्नुस :- 

https://wicketnepal.com/irfan-pathan-farewell-wn20/

https://wicketnepal.com/200-zak-new-record-wn20/

https://wicketnepal.com/can-50-players-corona-wn20/

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/

https://wicketnepal.com/19-mahina-dekhi-talab-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/aaron-finch-target-2023-wc-wn20/





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]