CPL : सेन्ट लुसियाको रोमान्चक जित, पोलार्डको ट्रिनिडाडको अपराजित यात्रा

ट्रिनिडाड एन्ड टोबागोमा जारि करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत नवौं र दशौँ खेलमा ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्सले जित हाँसिल गरेका छन्।

जितसंगै काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्स एक मात्र अपराजित टोलिको रुपमा ३ वटै खेलमा जितको साथ अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। सेन्ट लुसिया जुक्सले पनि ४ खेलमा तेश्रो जित र १ हार पछि समान ६ अंक बटुल्दै नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा रहेको छ। ६ टिम मध्ये उत्कृस्ट ४ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

ट्रिनबागोको जितमा मुनरो, ब्राभो र पोलार्डको आक्रामक ब्याटिंग 

अपराजित यात्रा कायम राख्ने क्रममा ट्रिनबागोले जेसन होल्डर कप्तानीको बार्बेडोस ट्राइडेन्टलाई १९ रनले पराजित गर्यो।

आइतबार राति सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको ट्रिनबागोले २० ओभरमा ३ विकेट गुमाएर १८५ रन बनाएको थियो। १८६ रनको लक्ष्य पछ्याउने क्रममा बार्बेडोसले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

ओपनर जोन्सन चार्ल्स र शाइ होपले पहिलो विकेटको लागि ६८ रनको साझेदारी गरेता पनि त्यसपछि लगातार विकेट गुमाउदा बार्बेडोस जितसम्म पुग्न सकेन। ओपनर चार्ल्सले ३३ बलमा ४ चौका र ३ छक्का मद्दतले ५२ तथा होपले ३८ बलमा २ चौका र १ छक्का मद्दतले ३६ रन बने। इनिंगको अन्तिममा कप्तान जेसन होल्डरले अविजित ३४ ( १९ बलमा २ चौका र ३ छक्का ) तथा यसले नर्सले २१ रन ( १२ बलमा १ चौका र १ छक्का ) प्रहार गरेता पनि टिम जितसम्म पुग्न सकेन।

ट्रिनबागोको बलिंगमा अलि खान, खरी पीएरे, जेडन सिलस, फवाद एहमद र सुनिल नारायणले १/१ विकेट लिए।

मुनरो र ब्राभोले अर्धशतक बनाए

यस अघि ट्रिनबागोले २० ओभरमा ३ विकेट गुमाएर १८५ रनको विशाल योगफल तयार गरेको थियो जसको लागि  कोलिन मुनरो, डेरेन ब्राभो र कप्तान काइरन पोलार्डले आक्रामक इनिंग खेले।

मुनरोले ३० बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए। ब्राभो ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रनमा तथा पोलार्ड १७ बलमा ४ छक्का र १ चौका मद्दतले ४१ रन बनाउदै अविजित रहे।

चौथो विकेटको लागि पोलार्ड र ब्राभोले अविजित ९८ रनको साझेदारी गरे। मात्र ४२ बलमा दुइ ब्याट्सम्यानले ८ छक्का र ५ चौका प्रहार गरे। यस क्रममा दुइ ब्याट्सम्यानले १७ औं ओभरमा १९ रन, १८ औं ओभरमा २० रन तथा १९ औं ओभरमा १७ रन बनाएका थिए। अन्तिम ४ ओभरमा ट्रिनबागोको योगफल ११६ बाट १८५ पुगेको थियो।

बार्बेडोसको बलिंगमा कप्तान जेसन होल्डर ( ४-०-३७-१ ) , एशले नर्स ( ४-०-२०-१ ) र रेमन रेफर ( ४-०-४७-१ ) ले समान १/१ विकेट लिए।

सेन्ट लुसियाको रोमान्चक जित 

रोमान्चक खेलमा डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सले गायनालाई १० रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग गर्दै जुक्सले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा गायनाले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।

अन्तिम ३ ओभरमा जितको लागि गायनालाई ३० रन आवस्यक थियो र ६ विकेट सुरक्षित थियो। १८ औं ओभरमा बलिंग गरेको स्कट कग्लेजिनले ९ रन खर्चदै २० रन बनाएका किमो पौलको विकेट लिए। त्यसपछि २ ओभरमा २१ रन आवस्यक थियो र क्रिजमा निकोलस पुरन ६८ रन बनाएर ब्याटिंग गरिरहेका थिए। १९ औं ओभरको पहिलो बलमै केस्रिक विलियम्सले पुरनलाई बोल्ड गरे। ४९ बलमा १ छक्का र ७ चौका बनाएका पुरनको विकेट पछि सेन्ट लुसिया खेलमा हावी बन्यो। उक्त ओभरमा विलियम्सले ८ रन खर्चिए।

अन्तिम ओभरमा जितको लागि १३ रन आवस्यक थियो। तर चेमार होल्डरले ओभरमा क्रिस ग्रिन र शेन रुथरफोर्डको विकेट लिंदा मात्र २ रन खर्चिए र टिमलाई जित दिलाए।

सेन्ट लुसियाको लागि स्कट कग्लेजिनले सर्वाधिक ३ विकेट ( ४-१-२४-३ ) लिए भने चेमार होल्डर ( ४-०-३२-२ ) र केस्रिक विलियम्स ( ४-०-३२-२ ) ले समान २ विकेट तथा मोहम्मद नाबी ( ४-०-१७-१ ) ले १ विकेट लिए।

चेजको उत्कृस्ट इनिंग 

पहिले ब्याटिंग गर्ने क्रममा लगातार विकेट गुमाएको सेन्ट लुसिया ४२/४ को अवस्थामा थियो। चौथो नम्बरमा ब्याटिंग गरेका रोस्ट चेजले तेश्रो ओभर देखि अन्तिम ओभरसम्म ब्याटिंग गर्दै टिमलाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। अन्तिम ओभरमा ओडेन स्मिथबाट आउट हुनु अघि चेजले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६६ रन बनाए। यस क्रममा उनले मोहम्माब नाबीसंग पाँचौ विकेटको लागि ४२ ५७ रनको तथा जेभेले ग्लेनसंग छैठौं विकेटको लागि ४३ रनको साझेदारी गरे। नाबिले २७ तथा ग्लेनले १९ रन बनाए।

गायनाको बलिंगमा लेग स्पिनर इमरान ताहिरले २२ रन खर्चेर ३ विकेट लिए। ओडेन स्मिथले २ ( ४-०-३३-२ ) विकेट लिए।

लिग अन्तर्गत भोलि सेन्ट किट्स र बार्बेडोस ट्राइडेन्ट ( राति ७:४५ बजे ) तथा पर्सि बिहान सन्दिपको टिम जमैकाले गायनासंग ( बिहान ३:१५ बजे ) प्रतिस्पर्धा गर्नेछ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/aus-team-to-eng-wn20-odi-t20-ser/

https://wicketnepal.com/icc-hall-of-fame-2020-wn20/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/sandeep-n-rec-in-int-t20-leag-wn20/

https://wicketnepal.com/irfan-pathan-farewell-wn20/

https://wicketnepal.com/ipl-5-player-to-debut-wn20/





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]