सिपिएल टि-२० : सन्दिप जमैकामा आवद्ध

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले करेबियन प्रिमियर लिगको ( सिपिएल टि-२० ) आगामी दशौँ संस्करणमा जमैका तलावाजको प्रतिनिधित्व गर्ने भएका छन्।

सन्दिपले सिपिएल टि-२० को अघिल्लो संस्करण २०२० मा पनि जमैकाबाट खेलेका थिए। त्यसपछिको संस्करणमा भने सन्दिप सहभागी हुन् पाएका थिएनन्। २०२१ को संस्करणमा भने नेपालको ओमान र अमेरिकासंग को त्रिकोणात्मक सिरिजका कारण सन्दिपले गुमाएका थिए।

सन्दिपको एजेन्ट सय कर्पोरेसनले उनि जमैका तलावाजमा आवद्ध भएको र लंका प्रिमियर लिगमा दाम्बुला जायन्टसको लागि खेलेपछि उनि सिपिएल टि-२० खेल्न जाने बताएको छ। सिपिएलमा सन्दिप कति रकममा आवद्ध भएको भने खुलेको छैन। २०२० मा उनले एक करोड भन्दा बढी रकम पाएका थिए।

सन्दिपको टिम जमैकामा रोभम्यान पावेल, फाबियन एलेन, ब्रान्डन किंग, केनार लुइस र शमराह ब्रुक्स जस्ता खेलाडी छन्।

यो वर्ष जनवरीमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका लेग स्पिनर लामिछानेले अन्य विदेशी लिगमा सहभागिता जनाएका छैनन्।

सिपिएल टि-ट्वान्टी ३० अगस्ट देखि ३० सेप्टेम्बरसम्म सेन्ट किट्स एण्ड नेभिसमा आयोजना हुँदैछ। त्यस अघि सन्दिपले ३१ जुलाई देखि अगस्ट २१ सम्म लंका प्रिमियर लिग खेल्नेछन्।

सिपिएल २०२० मा सन्दिप लामिछाने सातौँ सर्वाधिक विकेटकर्ता रहेका थिए जुन क्रममा ११ खेलमा १२ विकेट लिएका थिए। प्रतियोगितामा उनले मात्र ५.२८ रन प्रति ओभर खर्चिएका थिए। सन्दिपले २०१८ देखि २०२० सम्म सिपिएल टि-२० को तिन वटा संस्करण प्रतिनिधित्व गरिसकेका छन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]