सिपिएल टि-२० : सन्दिप जमैकामा आवद्ध

२०७९ असार २२, बुधबार १२:१६

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले करेबियन प्रिमियर लिगको ( सिपिएल टि-२० ) आगामी दशौँ संस्करणमा जमैका तलावाजको प्रतिनिधित्व गर्ने भएका छन्।

सन्दिपले सिपिएल टि-२० को अघिल्लो संस्करण २०२० मा पनि जमैकाबाट खेलेका थिए। त्यसपछिको संस्करणमा भने सन्दिप सहभागी हुन् पाएका थिएनन्। २०२१ को संस्करणमा भने नेपालको ओमान र अमेरिकासंग को त्रिकोणात्मक सिरिजका कारण सन्दिपले गुमाएका थिए।

सन्दिपको एजेन्ट सय कर्पोरेसनले उनि जमैका तलावाजमा आवद्ध भएको र लंका प्रिमियर लिगमा दाम्बुला जायन्टसको लागि खेलेपछि उनि सिपिएल टि-२० खेल्न जाने बताएको छ। सिपिएलमा सन्दिप कति रकममा आवद्ध भएको भने खुलेको छैन। २०२० मा उनले एक करोड भन्दा बढी रकम पाएका थिए।

सन्दिपको टिम जमैकामा रोभम्यान पावेल, फाबियन एलेन, ब्रान्डन किंग, केनार लुइस र शमराह ब्रुक्स जस्ता खेलाडी छन्।

यो वर्ष जनवरीमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका लेग स्पिनर लामिछानेले अन्य विदेशी लिगमा सहभागिता जनाएका छैनन्।

सिपिएल टि-ट्वान्टी ३० अगस्ट देखि ३० सेप्टेम्बरसम्म सेन्ट किट्स एण्ड नेभिसमा आयोजना हुँदैछ। त्यस अघि सन्दिपले ३१ जुलाई देखि अगस्ट २१ सम्म लंका प्रिमियर लिग खेल्नेछन्।

सिपिएल २०२० मा सन्दिप लामिछाने सातौँ सर्वाधिक विकेटकर्ता रहेका थिए जुन क्रममा ११ खेलमा १२ विकेट लिएका थिए। प्रतियोगितामा उनले मात्र ५.२८ रन प्रति ओभर खर्चिएका थिए। सन्दिपले २०१८ देखि २०२० सम्म सिपिएल टि-२० को तिन वटा संस्करण प्रतिनिधित्व गरिसकेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy