सिपिएल टि-२० : कुन टिममा को-को छन् खेलाडीहरु

आठौँ सिजनको करेबियन प्रिमियर लिग १८ अगस्ट देखि १० सेप्टेम्बर सम्म ट्रिनिडाड एड टोबागोमा आयोजना हुँदैछ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्।

नेपाली लेगस्पिनर सन्दिप लामिछाने यो पटक फरक टिम जमैका तल्लावाजबाट खेल्नेछन्। उनलाई ९० हजार डलरमा ड्राफ्ट मार्फत टिमले समावेश गरेको थियो। अघिल्लो सिजन बार्बेडोसबाट खेलेका उनले पहिलो सिजन सेन्ट किट्सबाट खेलेका थिए।

प्रतियोगितामा सहभागी हुनु अघि ट्रिनिडाड एड टोबागो पुगेका खेलाडीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिएको छ। सहभागिता स्थल तर्फ यात्रा गर्ने १६२ जना खेलाडी तथा अफिसियल लगायतको कोरोना रिपोर्ट नेगेटिभ आएको सिपिएल आयोजकले बताएको छ। एक जना प्रशिक्षक र तिन जना खेलाडीलाई ( नाम नखुलाइएको ) भने यात्रा गर्न प्रतिवन्ध गरिएको सिपिएलले बताएको छ। एक जना खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनिसंग अभ्यास गरेका अन्य २ जनालाई पनि यात्रामा रोक लगाएको बताईएको छ।

सिपिएल टि-२० को खेल तालिका

प्रतियोगितामा कुल ३३ खेलहरु खेलिनेछ। सहभागी सबै टिमले एकअर्कासंग २/२ खेल खेलीसकेपछि अंक तालिकामा उत्कृस्ट ४ हुने टिमले सेमीफाइनलमा प्रतिस्पर्धा गरेछन्।

कुन टिममा को-को खेलाडी रहेका छन् 

सेन्ट लुसिया जुक्स :- रोस्टन चेज, मोहम्मद नबि, डेरेन सामी, नजीबुल्लाह जद्रान, आन्द्रे फ्लेचर, केसरिक् विलियम्स, स्कट कुगेलजिन, चेमार होल्डर, ओबेड म्यकोय, रखिम कर्नवाल, मार्क डेयाल, जाहिर खान, किमानी मेलियस, लेनिको बाउचर, काभेम हज, जाभेले ग्लेन

ट्रिनबागो नाइट राइडर्स :- ड्वेन ब्राभो, काइरन पोलार्ड, सुनिल नारायन, कोलिन मुनरो, फवाद एहमद, डेरेन ब्राभो, लेन्डल सिमोन्स, सिकन्दर राजा, खरी पिएरे, टिम सेफर्ट, एण्डरसन फिलिप, प्रभिन ताम्बे, जेडेन सिल्स, अमिर जन्गो, टाएन वेब्स्टर, अकिल होसेन, मोहम्मद अलि खान

सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स :- क्रिस लिन, बेन डंक, इभिन लुइस, निक केली, सोहेल तन्भिर, इश सोढ़ी, शेल्डन कटरेल, दिनेश राम्दीन, रायड इमृट, इमरान खान, अल्जारी योसेफ, जोसुवा डी सिल्भा, डोमिनिक ड्रेक्स, कोलिन अर्चीबाल्ड, जोन रस , जमार ह्यामिल्टन

बार्बेडोस ट्राइडेन्ट :- राशिद खान, जेसन होल्डर, कोरे एण्डरसन, शम्राह ब्रुक्स, मिचेल स्यान्टनर, जोन्सन चार्ल्स, शाइ होप, हेडन वाल्स, यसले नर्स, जोनाथन कार्टर, रेमन रिफर, कल मेयर्स, जोशुवा बिशप, नईम योंग, जस्टिन ग्रेभ्स, केन हार्रडिंग, शायाँ जहाँगिर

जमैका तल्लावाज :- आन्द्रे रसेल, सन्दिप लामिछाने, कार्लोस ब्राथवेट, रोभम्यान पावेल, मुजिब उर् रहमान, ग्लेन फिलिप्स, चाडविक विल्टन, ओशेन थोमस, आसिफ अलि, फिडेल एडवार्ड्स, प्रेस्टन म्याक्स्वेन, जर्माइन ब्ल्याकवुड, निकोक्लास किर्टन, रमाल लुइस, क्रुमाह बोनार, भिरास्वामी परमौल, रायन परसौद

गुएना एमेजन वारियर्स : इमरान ताहिर, निकोलस पुरन, ब्रेण्डन किंग, रस टेलर, सिमरन हेटमायार, क्रिस गरिन, किमो पौल, शरफेन रथरफोर्ड, रोमारियो शेफर्ड, नभिन उल हक, चन्द्रपौल महाराज, केभिन सिन्क्लेर, एहमद निड, ओडेन स्मिथ, एन्थोनी ब्राम्ब्ल, जस्दिप सिंह, किसोनदथ मगरम

धेरैले पढीरहेको :-

‘कोहली भएको भए सबैले चर्चा गर्थे तर उनि बाबर आजम हुन्, सब चुप छन्’ – नासिर हुसेन

फ्लाइट छुट्दा फाबियन एलेनले सिपिएल टि-२० नै गुमाए





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]